गजल पाइन्ट ला’को छु जिन्को मैले राकेश कार्की लस् एन्जेलस् पाइन्ट ला’को छु जिन्’को मैले दोबाटो ढुक्या’ छु तिन्’को मैले स्टाइल त दिनै पर्यो ‘नि ब्रो’ दाँतले च्याप्या’ छु सिन्को मैले क्रेडिट कार्ड छ घोट्नलाई वास्ता गर्या’ छैन ऋन्’को मैले घाम जुन नभनि कमाएँ बचाको छु सातै दिन्’को मैले हलिउड् सप्पै घुमाई दिन्थे साथ पाए एकै छिन्’को मैले
rakeshkarki · Feb 15, 2010 3:29 PM · 12,556 views
Good one dude!!
rajankoirala · Feb 17, 2010 2:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion