एउटा गजल तिम्रो नाममा !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

          आफु तड़किएको देख्छु!!  आफ्नो आत्मा आफैसंग भड्किएको देख्छु  मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !  तिम्रो नजर पवित्र छ, सधै चोखो कुरा गर्छौ  पापी मेरो मन सधैं, मात्र पड्किएको देख्छु !  मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !  नचाहिदों शंका गरें, माफ़ी पनि मागेकै हूँ  मौनतामा हाम्रो प्रेम, बेकार कड़किएको देख्छु !  मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !  कोमल ह्रदय भाकि तिमी, बिन्ती अतीत बिर्सिदेउ  विनासित्ति हाम्रो नाता, आज खड्किएको देख्छु.!  मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !  आफ्नो आत्मा आफैसंग भड्किएको देख्छु  मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !

rajankoirala · Feb 13, 2010 3:26 AM · 12,447 views

1 Reply

waah waaah...   kasto hunchha aba chal paaye, timi binako yo sansar sharad mausamma pani, aakash chadkieko dekhchhu

ganapati · Feb 14, 2010 7:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all