गाँजा प्रति'स्टिक' दश रुपैयाँ शुक्रवार, 12 फेब्रुअरी 2010 14:47 भोलेको प्रसाद !? मृगस्थली डाँडोमा बेच्न राखिएको गाँजा। तस्विरः कृष्ण ढुंगाना ऋषिकेश दाहाल, काठमाडौं माघ २९- भाउ कति? छेउमै एक थाली गाँजा र केही खिल्ली चुरोट सुकाइरहेका सन्यासी राजेश्वर भारतीले भने, 'भोलेको प्रसाद हो भाउको के कुरा, लिइहाल्नूस्।' अघिल्लो वर्षको शिवरात्रीमा लुकेर शिवबुटी गाँजा बिक्री गर्ने सन्यासी र जोगीहरु यसपाला निर्धक्क छन् । चुरोटमा रहेको सुर्तीलाई गाँजाको धुलोले विस्थापित गर्दै भारतीले थपे- 'कति लिने ?' मृगस्थलीमा चिसोसँगै गाँजाको गन्ध उत्तिकै बाफिँदै छ । खिल्लीको १० रुपैयाँ प्याकेटमा राखिएको भए ५० रुपैयाँ । अरु मात्रा हेरी-हेरी । सरकारको कानुनले प्रतिबन्ध लगाएको लागू औषधको कारोबार भइरहँदा प्रहरी आफैँ साक्षी बसेजस्तो देखिन्छ । 'खाएर हल्ला गरेको भेटे ठटाउनु भन्नेमात्र आदेश छ'- सञ्चारसेट घुमाउँदै यताउती गर्दै गरेका प्रहरी असई श्याम बहादुर थापाले भने। डाँडाको एकफन्को लगाएर फर्किंदा उनको कमान्डका प्रहरी नै गाँजाको भाउ सोधिरहेका भेटिए । शिवरात्री बाहेकका दिन यहाँ गाँजा खान आउने र तिनलाई खेद्न दौडने पुलिसको चर्तिकला यो पटक देखिएको छैन। शिवरात्रीमा 'शिवबुटी' छ्यासछ्यास्ती छ । शिवकै शैलीमा यसलाई तान्नेहरु पनि उत्तिकै छन् । कति दिन सक्नुहुन्छ ? 'जितना चाहते हो उतना मिलेगा'- भारतीकै छेउमा रहेका एक अर्का जोगीले थपे । पैसा नभए नि चिलिममा गाँजा भर्दै उनले भने- 'शिवका प्रसाद हो । लिनुस्।' मथुराबाट आएका उद्योदाश नेपाल भित्रिँदा गाँजासँगै भित्रिएको नागरिकन्युजलाई बताए । राममन्दिरको परिसरमा गाँजा र भाङसँगै उनी चुरोटका खिल्लीलाई ताप्केमा तताइरहेका थिए । 'ओस्सिएकाले सुकाएको'- उनले सुनाए । त्यतिखेरै कुर्ता पहिरिएका दुई युवतीले खुसुक्क सोधे 'कति हो ?' हातमा रहेको दुईवटा डाँठ देखाउँदै उद्योदाशले भने 'बीस रुपैयाँ।' तपाईले पनि शिव बुटी तान्ने संवाददाताको प्रश्नमा लजाउँदै एकले जवाफ फर्काइन 'हैन बुढालाई लग्देको।' यति जवाफपछि उनीहरु गफ गर्न संकोच मान्दै अघि बढे सलले मुख छोपेर हाँस्दै । छेउमै रहेको अर्को खैरो धुलो देखाउँदै उद्योदाशले भने, 'यो भाङ । यसमा पावर्तीले दूध र वदाम हालेर घोट्नुहुन्थ्यो।' अनि शिव के गर्थे त ? 'शिव गाँजा सुक्र्याउथे'- उनले भने । राममन्दिर परिसरमा गाँजा बेच्नेहरु आफै सुक्याइरहेका छन् । कठ्याङ्ग्रिदो जाडोमा कैलाशमा बेग्लै गन्ध छ । ७० दशकको हिप्पी युगलाई बिर्साउनेगरी यो पटक शिवरात्रीमा पशुपति लठ्ठिँदैछ- गाँजामा ।
shirish · Feb 12, 2010 11:53 AM · 7,065 views
herda gaja ma maal chaina jasto cha..paat paat jasto cha ta!
wai_wai · Feb 12, 2010 12:39 PM
Ask someone who is a Pro - I would not know wai-wai Bro
shirish · Feb 12, 2010 12:45 PM
lol...
wai_wai · Feb 14, 2010 12:04 AM
charsi kabhi na marsi.........gaanja is a medicine its a herb it not a drug....... LEGALIZE TODAY GET HIGH TONIGHT.........our freakin society is ruled and been ruled by hypocrites for a long time that is the reason this herb falls in drugs,if u take the fact it is far more better than alcohol which is ironically legall, no one has ever died from smoking ganja and nobody has ever proven that it is harmful to health......but i am not saying everyone should start smoking it but what i mean to say is if some people prefer it then let them smoke it,they are not harming anyone,theyare just HIGH HUNGRY MELLOW guys cummon WAKE UP PEOPLE, in effect of ganja u dont go n break a fight or do stupid things like what you do when u consume alcohol,u r actually creative in the effects of ganja........i am a big supporter of ganja and wil always bejai sambho
shantasamundra · Feb 14, 2010 12:22 AM
Likes SHANTASAMUNDRA Comment
wai_wai · Feb 14, 2010 12:26 AM
Shanta: What ever the truths are, should not recommend it to any body. If you like it and enjoy it, go for it. No matter where you are, the weeder will find you.
syanjali · Feb 14, 2010 7:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion