यो मन एक्लै छ। तिमीलाई सजाई राख्ने मनको धोको मेरो बेग्लै छ। कति पिर सजाइ बसे तिम्रो पर्खाइमा कति आँसु रित्याइ सके तिम्रो भर खाइ म फुल भनी सजाइ राखे माया तिमीलाई कति पोखौ मनको धोको ब्यर्थै मलाई। यो मन एक्लै छ......... खुशी दिन्छु भन्नेले केवल आँसु दिएछ। जिवन भरिको बाचा मेरो सागर भएछ। आफ्नै सम्झि कल्पनामा आधार परेको मनको पिडा जे भएनि सबै सँग हास्नु परेको। यो मन एक्लै छ......... कालेदाइ Last edited: 10-Feb-10 01:21 PM
KAledai · Feb 10, 2010 1:14 PM · 17,730 views
वहाँ वहाँ वहाँ काले दाई <<खुशी दिन्छु भन्नेले केवल आँसु दिएछ। जिवन भरिको बाचा मेरो सागर भएछ। >> पहीले त्यो आँशु पनि मिठो लाग्थ्यो अब त्यही आँशु को सागर भए पछि आफै डुबेको थाहा नै भएन
बैरे · Feb 10, 2010 1:58 PM
बैरे ज्यु, कमेन्टको लागि धन्यवाद छ। जिन्दगी यस्तै छ, चलिरहेछ। जहाँ सम्मन पुगिन्छ हिडिन्छ। यहाँ सागरमा डुबाएर खुशी हुनेहरु कति छन् कति समुन्द्रको पानी अनि बिशाल ब्र्म्हान्ड जती मन दुखेको छकी भनि सोच्दैनन एक रति दया माया कहाँ सोच्छन बिग्रे पछी मती। कालेदाइ
kaledai · Feb 19, 2010 2:18 PM
माने कालेदै माने !!!!!!!!
santosh1984 · Feb 19, 2010 5:09 PM
सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ आँसु रित्याइ पिर सजाइ यो मन एक्लै छ । पोखौ आज मनको धोको यो मन एक्लै छ सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ | सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ आँसु रित्याइ पिर सजाइ यो मन एक्लै छ । सागरमा गहिराई नबुझ्नाले सागरमा गहिराई नबुझ्नाले सागरमा गहिराई नबुझ्नाले ... सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ Modified Version. CopyRight if Violated, deleted. KeTa [SimpLe_KeTa] Last edited: 22-Feb-10 11:57 AM
SimpLe_KeTa · Feb 22, 2010 11:15 AM
सिम्पल जि, यो गीत मैले २०४९ मा लेखेको थिए, धेरै पहिले त्यसैले ओल्ड vsn बाट न्यू vsn मा ल्याउनु त जरुरी थियो। तर यहाँ अप्ग्रेट भएर पनि अप्ग्रेटेड् जस्तो मलाई लाग्दैन। "मलाई लाग्छ ओल्ड इज गोल्ड" अनि त्यसै ताका (२०५०) मा लेखेको थिए। संगीतबद्ध भै पनि मैले रेकर्ड गराउन असमर्थ थिए किनकी त्यो समयमा स्टुडियो अनि कौडिको अभाब थियो। भो प्रिय, तिम्रो मायाको भकारी सिध्धिएला नदेउ मलाई तिम्रो माया अब म एक्लै जिउन चाहान्छु अब म एक्लै पिउन चाहान्छु। थाहै थिएन जिन्दगी यस्तो हुन्छ भनेर सधैं - सधैं निरस जीबन तिमी मलाई छाडिदेउ, म पागल लड्न चाहन्छु ढल्न देउ तिमी बाचिरह अझ फुल नझर्दै सङी चिनिहाल साँझ नपर्दै पुरै जिएन जिन्दगी कस्तो हुन्छ भनेर आँसु नै आँसु पिएको जीबन तिमी मलाई तोडिदेउ, म कायर खस्न चाहन्छु खस्न देउ तिमी नाचिरह गीत बजिरहदै माया गासिरह यौबन नसक्दै कालेदाइ
KAledai · Mar 5, 2010 5:12 AM
Kaledai कालेदाई अप्ग्रेट होइन, अनि तपाई भन्दा म जान्ने हो भनेर देखाउन खोजेको पनि होइन | मलाई कविता लेख्न आउँदैन, मैले सिर्फ तपाईको सब्द हरुलाई तयारी फोर्मुला मा राख्नु खोजेको मात्रै हो र मन परेकोले, मैले आफ्नो भावना पोखेर व्यक्त गरेको हो | धन्येबाद साधारण केटो |
SimpLe_KeTa · Mar 6, 2010 9:53 AM
सिम्पल जि, माइन्ड् गर्नु पर्ने कुनै जरुरी छैन, यसको लागि म क्षमा चाहन्छु। कबिता मन पराइ दिनु भएकोमा धन्यवाद। मैले तपाईंलाई नजान्ने भन्न खोजेको होइन, न त म नै जान्नि छु। स्रिफ धेरै पुरानो आफ्नो मनको भावनाहरु जानी - नजानी पोखेको मात्रा हुं। धन्यवाद कालेदाइ
Kaledai · Mar 6, 2010 12:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion