अमेरिकी उत्पादनबारे नेपाली मुश्लीमको आपत्ती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This news is published in nepal samachar patra website. But i found that the issue is decade old and nike recalled those shoes. I don't understand why to protest now. I also don't see resemblance in words. Anyways its personal perspectives. नेपालगञ्ज,(नेस), इश्लामिक धर्माबलम्बीहरुलाई आघात पुग्ने गरि अमेरिकास्थित बहुराष्ट्रिय कम्पनी नाइक र प्युमाले जुत्ताको पैताला र पछाडी अल्लाहको छाप राखेको भन्दै त्यसविरुद्ध नेपालगञ्जमा विरोध गरिएको छ । सोमवार नेपालगञ्जस्थित धार्मिक गुरुहरु, नागरिक समाज, अधिकारकर्मीहरु तथा सञ्चारकर्मीहरुले त्यसले धार्मिक भावनामा आघात पुर्याएको भन्दै यस्ता खालका क्रियाकलाप नगर्न अपील गरेका छन् । अपील जारी गर्नेहरुमा इस्लामीक सङ्घका राष्ट्रिय अध्यक्ष मौलाना मन्सुर, अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष चन्द्रनाथ योगी, फूलवारी मदरसा इस्लामिया संघका केन्द्रीय सदस्य मौलाना मोहम्मद यूसुफ, मदरसा मोहिनिया फाइनेगाजी जयसपुरका मौलाना मोहमद समिउल्ला लगायत छन् । त्यसबाट उत्पन्न असहज परिस्थिति सम्हाल्न सोमवारनै सामाजिक सदभावको लागि नागरिक समितिले विभिन्न धर्मगुरु, अधिकारकर्मी, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरु बीच छलफल कार्यक्रम गरेको छ ।

harikancha · Feb 9, 2010 11:34 AM · 12,808 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all