~ चौतारी १७६ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 176 edition नयाँ चौतारीमा नयाँ तारेमाम। Last edited: 09-Feb-10 08:46 AM
rahulvai · Feb 9, 2010 8:43 AM · 267,471 views
सुन है सुन लौ आयो नुन शहर बजारमा आयो नुन आयो नुन शहर बजारमा आयो नुन शहर बजारमा आयोडिन भाको यो धुलो नुन तरकारी अचारमा मिठो तरकारी अचारमा आयो नुन तरकारी अचारमा डुंग डुंग बैरे डाँका, राम्तोरिया र खुशीया सुन्द्री लाई हेल्लो ! अरु सुड्डाजहरुलाई त छदैछ नि
ritthe · Feb 17, 2010 10:12 AM
नयाँ चौतारी बनाम न कसौं है । यसपाली बलियो , झिलिमिली बनाउनु पर्छ है। बनाइ सके पछी एक टुक्रा रातो खुर्सानी, एक टुक्रा गोल, एक टुक्रा कागती पनि झुन्ड्यानु पर्छ, धेरै को आँखा लागेको छ चौतारी मा ।
rahulvai · Feb 17, 2010 10:15 AM
लोल रिठ्ठे ..... आयो नुन खान नपाएको पनि कत्ती भयो
ramronepal · Feb 17, 2010 10:16 AM
हो हो ठुल्दाइ ले ठीक भन्नु भयो ........ धेरै को आँखा लागेको जस्तो छ ..... मध्यान्न पछी त सुन्सान नै हुन्छ चौतारी त ....
ramronepal · Feb 17, 2010 10:18 AM
एकैछिनमा नयाँ चौतारी आउँदैछ, प्रतिक्षा गर्नुहोस! धन्यवाद्
Birkhe_Maila · Feb 17, 2010 10:19 AM
यसपालीको नयाँ चौतारीमा रिट्ठे बोर फस भएन भने ठुल्दाइले भनेको त्यो कागती र खुर्सानी मै झुन्ड्याउछु कानमा Last edited: 17-Feb-10 10:38 AM
ritthe · Feb 17, 2010 10:23 AM
birkhe bale kaslai bor fas banauchhan ritthe dai? हेँख्ज हेँख्ज हेँख्ज
kHusHii · Feb 17, 2010 10:27 AM
औतारीहरु, प्रतिक्षाको घडि सकिनै लागेको छ, बोरफस हुन तम्तयार भएर बस्नु होला! हेँख्ज हेँख्ज हेँख्ज
Birkhe_Maila · Feb 17, 2010 10:30 AM
यो त ठाडै च्यालेन्ज भयो रिठ्ठे ।
ramronepal · Feb 17, 2010 10:32 AM
khoi ta? refresh garda garda hairanj jula ka.
kHusHii · Feb 17, 2010 10:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion