!! तिमीविना !! नसोध तिमीविना कसरी कटे यी रातहरु नसोध तिमीविना किन अधुरा रहे बातहरु ! ख़ुशीमा पियें दु:खमा पियें, पिउँदा पिउँदै त्येही ढलेछु नसोध तिमीविना किन उर्लिये मातहरू ! नसोध तिमीविना किन अधुरा रहे बातहरु ! जिन्दगीको गोरेटोमा दुस्मन साथी भए, साथीहरु दुस्मन नसोध तिमीविना किन अपराधी भए हातहरु ! नसोध तिमीविना किन अधुरा रहे बातहरु ! तिमी थियौ बहार आयो, छैनौ मेरो संसार उजाड नसोध तिमीविना किन सुके त्यी पातहरु ! नसोध तिमीविना किन अधुरा रहे बातहरु ! नसोध तिमीविना कसरी कटे यी रातहरु नसोध तिमीविना किन अधुरा रहे बातहरु !
rajankoirala · Feb 7, 2010 9:44 PM · 10,855 views
यहाँलाइ नेपालीमा Type गर्न सारै मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com
freedom_writer · Feb 9, 2010 10:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion