१२ वर्षदेखि (जन्मेदेखि) ओछ्यानमै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

So sad, malnutrition has caused this nepali girl to remain in bed since her birth !!! Wish we could help.... पर्वत, माघ २२ -  यहाँकी १२ वर्षीया एक बालिका जन्मेदेखि नै ओछ्यानको ओछ्यानमै छिन् । हातखुट्टा सुक्दै गएपछि उनलाई यस्तो समस्या आइपरेको हो । धाइरिङ ८, मजुवाका आइते र सीता दर्जीकी कान्छी छोरी टुल्की जन्मेको पाँच महिनासम्म तन्दुरुस्त देखिए पनि पछि शरीरको तौल घट्दै गएको हो । गरिब परिवारका दर्जी दम्पतीले छोरीको उपचार गर्न भन्दै बागलुङ र म्याग्दी अस्पताल लगे पनि डाक्टरले उपचार हुन सक्दैन भन्दै फर्काउने गरेको बताए । १५ वर्षको छोरो र १० वर्षकी छोरीको यस्तै प्रकृतिको रोगका कारण उपचार गर्न नसक्दा एक वर्षअघि मृत्यु भएको आमा सीता दर्जीले बताइन् ।  तीनै जना छोराछोरी एउटै बिमारले थलिएपछि उपचार गर्न गाउँमा एक लाख ऋण खोजेर लगिए पनि डाक्टरले उपचार नहुने भन्दै दुःखाइ कम गर्ने औषधि लेखेर दिने गरेको उनीहरूले बताए । 'अस्पताल लगे पनि डाक्टरले उपचार हुँदैन भन्छन्,' सीताले भनिन्, 'दुई छोराछोरीले उपचारै नपाई ज्यान गुमाए, अब यसको पनि कहिले ज्यान जाने हो थाहा छैन ।' डाक्टरले कुपोषण भएको भन्दै भिटामिनयुक्त खानेकुरा खुवाउन भनेपछि केही महिना उक्त खानेकुरा खुवाए पनि शारीरिक बनावटमा कुनै परिवर्तन नआउँदा पोषणयुक्त खानेकुरा खुवाउन छाडेको उनले बताइन् । एक छोरा भने तन्दुरुस्त छन् ।  तीन छोराछोरीमा एउटै रोग देखा परेपछि अवस्था बुझ्न विभिन्न संघसंस्थाका प्रमुख आई फोटो खिचेर लगे पनि कुनै किसिमको सहयोग नगरेको बाबु आइतेले बताए । 'सम्पत्तिको नाममा एउटा घर छ,' आइतेले भने, 'अब कसैले छोरीको उपचार हुन्छ अस्पताल लैजा भने पनि लान सक्ने स्थिति छैन ।' उनले एक पाथी अन्न्ा उत्पादन हुने बारीसमेत नहुँदा अर्काको हलो जोतेर परिवार पाल्दै आएको बताए । प्रस्ट बोल्न सक्ने टुल्कीको तौल सात किलो छ । घर छेउछाउका बालबालिका विद्यालय जान थालेपछि टुल्कीलाई पनि बोकेर विद्यालयसम्म लग्ने गरेको सीता बताउँछिन् । 'पढ्न स्कुल जान्छु भन्छे,' सीता भन्छिन्, 'पहिले बोकेर विद्यालय पुर्‍याउँछु, त्यसपछि घरमा ल्याएर सुताउने गर्छु ।' उनले छोरीको दिनरात घरमै राखी रेखदेख गर्दै आएकी छिन् । छोरीले गर्दा बनिबुतो गर्नसमेत जान नपाएको र ओछ्यानमै दिसापिसाब गर्ने भएकाले स्याहारमै ठीक हुने उनले बताइन् ।  गाविसबाट गएको महिना एक हजार पाँच सय रुपैयाँ सहयोग पाए पनि अरू कतैबाट सहयोग नपाएको उनीहरूले दुःखेसो गरे । 'अरूका छोराछोरी अपांग भएका भए सबैले सहयोग गर्थे होलान्,' आइतेले भने, 'तर मेरा उमेर पुगेका दुई छोराछोरीको मृत्यु भएको र एउटी छोरी मृत्युको दोसाँधमा पुग्दा पनि गरिब भनेर कसैले केही सहयोग गरेनन् ।' http://www.ekantipur.com/np/ne... Last edited: 05-Feb-10 08:54 PM

mohanB · Feb 5, 2010 8:46 PM · 3,501 views

3 Replies

wish , we could help !! kasari hola kasariiiiii .  i am feeling soo bad ! God bless this child ! auta automatic wheel chair ko ni bewostha milauna sakdaina hai hamro sharkarle yesta bekti harulai .......

damikattu · Feb 5, 2010 9:02 PM

Hey, How do we help this beautiful little girl? If we all donate something she'll get a new life.

giordano · Feb 6, 2010 8:40 AM

Even $5-$10 dollars mean so much to these poor fellows, poor dad is surviving on 1000 Rs. given a month back, phew.. what a pity... 

mohanB · Feb 6, 2010 8:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all