म नेपाल !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इतिहासमा नमेटिने नौलो कागजको पाना भएको छू  जति टालेपनि चुहिरहने गरीबको छाना भएको छू ! चुस्न सम्म चुसीसके अब खोक्रो शरीर बोकर  चराचुरुन्गीले पनि मतलब नगर्ने रसविहीन दाना भएको छू ! एउटा कुहिएको आलुले बोरा नै कुहाये जस्तो  चोर, गुंडा अनि लुटेराहरुको पुलिशथाना भएको छू ! जता कोट्टाएपनि भड्खारो सिवाये केहि भेटिन्न रित्तिएको ढुकुटीमाँझ आज निम्ठो माना भएको छू ! प्राण उहिले त्यागीसकेँ लादी पनि छोड़ेनन मेरो  स्वार्थले भरिएको भ्रस्टाचारी अगुवाको स्वादिलो खाना भएको छू ! गज्रने आकाश, उर्लने खोला, नैराश्य प्रकृतिको दुख खेप्दै  विवशतामा संगीतविनाको उराठलाग्दो गाना भएको छू ! इतिहासमा नमेटिने नौलो कागजको पाना भएको छू  जति टालेपनि चुहिरहने गरीबको छाना भएको छू !

rajankoirala · Feb 3, 2010 12:02 PM · 10,584 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all