An intresting post by Manoj Gajurel

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This made my day. A classic example of  "investigative journalism." :D  http://www.mysansar.com/archiv... ग्रेटर नेपाल-ग्रेटेष्ट नेपाली By मनोज गजुरेल, on February 3rd, 2010 इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं । बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन-कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्यपुर्वका थुपै देशहरुमा दुई शताब्दी अगाडिदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ। बसोबासमात्रै हैन, उनीहरु जहाँ जहाँ बसेका छन् त्यहाँ त्यहाँ हल्ला नै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् । यसपटक भारतमा रहेका ग्रेटर नेपालीहरुको बारेमा मात्र चर्चा गरिदैछ । बलिउड नायक अमिताभ बच्चनका बराजु पनि नेपाली नै हुन् भन्दा खित्का छाड्नु हुन्छ होला ! भारतवर्षको इतिहास पढ्नोस्- बच्चन परिवारको रग रगमा कालिगण्डकी नदीको पानी सिञ्चित भएको छ । भूपी शेरचनको अप्रकासित रचना ‘थाकखोलाको इतिहास’मा उल्लेख भए अनुसार तल्लो मुस्ताङ्का थकालीहरु सदियौंदेखी तिब्बत-गोरखपुर-इलाहाबादको ब्यापार गर्दथे । ब्यापारिक घरानाका ती पांच भाई थकाली मध्ये एकभाईले ब्यापारका क्रममा भारतको अहमदाबादमै घरजम गरे । उनै जौ बिरसिंह बच्चनका छोरा हरिवंश राय बच्चन र हरिवंश राय बच्चनका छोरा अमिताभ बच्चन अहिलेपनि गर्वले भन्ने गर्दछन्- ‘कानुनके नजरमें तो हम हिन्दुस्तानी लगते हैं, लेकिन मेरी शरीरमें शेरचन, गौचन, भट्टचन, और तुलाचनका खुन दौड रहा है-क्यों कि मै हुं अमिताभ बच्चन !!’ जानकारी रहोस्-अमिताभ बच्चनपनि बेलाबेलामा मुस्ताङ्को यात्रामा निस्कने गर्दछन् । सिने म्यागेजिन ‘स्टार-डस्ट’ले २००५ को जनवरी अंकमा लेखेको थियो-’अमिताभ बच्चनले आफु अभिनित चलचित्र ‘खुदा गवाह’को छायांकन आफ्नो पुख्र्यौली थलोमा गर्नुपर्ने शर्त राखेपछि उक्त चलचित्रको अधिकांस छायांकन जोमसोम वरपर गरिएको थियो । परेश रावल अछाम जिल्लाको सांफे बगर वरपर रावलहरुको ठूलो बस्ती छ । त्यतै आफ्नो जन्मथलो भएका हाम्रा गृहमन्त्री भीम रावलका बराजु कर्ण सिंह रावल डेढसय बर्षअघि थातथलो छोडेर एक्कासी बेपत्ता भए । मर्यो – बांच्यो, शताब्दीऔंसम्म केही पत्तो लागेन । पांचबर्षआगाडी बाह्रबुंदे सहमतीको क्रममा भीम रावलको दिल्लीमा बलिउडका एकजना चर्चित कलाकारसंग भेट भयो । कुराकानीको क्रममा ती कलाकारको लवज डोट्याली लवजसंग मिल्दो जुल्दो लागेपछि मन्त्री रावलले सोधखोज गरेछन् । कलाकारले ‘धेरै कुरो आफुलाई थाहा नभएपनि आफ्ना बराजु नेपालकै कुनै गाउंबाट भारत छिरेको’ बताए । खोजबिनको क्रममा पत्ता लाग्यो- उनै कर्ण सिंह रावलका पनाती पो रहेछन् ति कलाकार, अर्थात् परेस रावल ! अहिले भीम रावल र परेस रावलबिच काका भतिजको संबन्ध छ , चाडबाडमा आउजाउ पनि हुने गर्दछ । भीम रावल भन्छन्- ‘म पारिवारिक भेटघाटमा दिल्ली जाने गर्दछु, तर मिडिया चाकडी बजाउन गयो भनेर आरोप लगाउंछन् । ‘ भारतीय नेताहरु नेपालप्रति सधैं गंभीर हुने एउटा कारण मित्रता हो भने अर्को कारण बन्धुत्व हो । यसकार्यमा भाजपा सबैभन्दा अगाडी छ, किनभने त्यस पार्टीका बरिष्ठ नेताहरु नेपाली मूलका रहेकाछन् । यो कुनै शताब्दी पुरानो इतिहास पनि हैन । भोजपुरको गोगनेमा गएर त्यहांका बजगाईंहरुलाई सोध्नोस्- उनिहरुले तपाईंलाई प्रष्ट पार्नेछन् । उहिले गोगनेका मुखिया अक्कल बहादुर बजगाईं जोगमनीको ब्यापार गर्दथे । आउंदा जांदा उनि भारततिरै बसोबास गर्न थाले । रहंदै बस्दैजादा भारतीय राजनीतिमा पनि उनले आफ्नो पहुंच बढाए । भारत छोडो आन्दोलनमा श्री बजगाईंको त्यागको कदर गर्दै सरकारले भारत रत्नले संमान पनि गरेको थियो । भाजपाको बरिष्ठ नेता ‘अटल बिहारी बाजपेयी’ उनै अक्कल बहादुर बजगाईंका जेठा छोरा हुन् । श्री पाजपेयीले आफ्नो आत्म बृतान्त ‘मैं और मेरी तन्हाई’को पेज नं.११८ मा लेखेकाछन्-’हमारे पिता ने मेरा नाम अटल बहादुर बजगाई रखे थे, लालकृष्ण अडवाणीका वास्तविक नाम रामकृष्ण अधिकारी है और उमा भारती ने तो अपना नाम हि नही बदली, क्यों कि बागलुंगसे बंगलोर आए हुए उनका दादा रमानाथ भारतीले उमाको यह नाम दिया था ।’ सोनु निगम २०४५ सालको भारतीय नाकाबन्दी कसैले बिर्सिएको छैन । तर, त्यो नाकाबन्दी हटाउन पहल गर्ने गोप्य शूत्रको बारेमा भने कमैलाई थाहा होला । तत्कालिन भारतीय सत्तालाई झुकाउन बाध्य पार्ने दबाबको नेतृत्व नेपाली मूलका एक भारतीय नागरिक तथा संस्कृतिकर्मी ‘अगम निगम’ले गरेका थिए । स्मरण रहोस्- अगम निगम चर्चित गायक सोनु निगमका पिता हुन् । विकिपेडियाका अनुसार एक शताब्दी अघि पूर्वी पांचथरका नेम्बाङ्हरु नै भारत बसोबास गर्न थालेपछि ‘निगम’ लेख्न थालेकाछन् । निगम परिवारले नेपाल र नेपालीहरुप्रति गरेको सद्भावलाई सम्मान गर्दै २०४६ सालको अन्त्यमा नेपाल सरकारले ‘राष्ट्रिय पेट्रोलियम कंपनी’लाई ‘नेपाल आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को  So, shall we be proud now? :P

Slackdemic · Feb 3, 2010 9:37 AM · 9,219 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all