आज यो मुटु पिडा पर्खाईका बनेर आँसु घोच्छ किन आज, आज यो मुटु याद मिलनका आएर होकि घोच्छ किन आज, आज यो मुटु | आज यो मुटु… आज यो मुटु आफ्नै पिडामा धड्केको छ ठान्दै निस्ठुरी, बिर्सेको होकि धड्केछ आज, आज यो मुटु | आज यो मुटु… आज यो मुटु धड्केछ आज, आज यो मुटु | पिडा पर्खाईका बनेर आँसु घोच्छ किन आज, आज यो मुटु घोच्छ किन आज… … आज यो मुटु CopyRight Protection By KeTa CopyRight protection मा म फसि सकेको छु | यो लेख्न जरुरि छ रे | (अन्येथा केहि होइन) Last edited: 01-Feb-10 02:44 PM
SimpLe_KeTa · Feb 1, 2010 2:28 PM · 18,392 views
लौ, हेर! यहा पनि मुटु दुख्न थालेछ। कुन चाहि फुलु आयो जस्तो छ साझामा मुटुलाइ असर गर्ने। कहिले कहि ग्यास्ट्रिक ले पनि मुटु घोच्छ भन्छन् नि। Just kidding! अन्यथा नसम्झिनु होला। मेरो मन छुने हरफ चाहि: आज यो मुटु… आज यो मुटु आफ्नै पिडामा धड्केको छ ठान्दै निस्ठुरी, बिर्सेको होकि धड्केछ आज, आज यो मुटु |
crazy_love · Feb 1, 2010 3:05 PM
crazy_love, ज्ञास्टृक होला । हिजो अलिक धेरै नै हशुरेको थिए | मन्परेछ तपाईंलाई, मलाई खुशी लाग्यो । कोशीश जारी छ । कुरो भन्नै परे, एउटा्ले ट्रेजिटी गाना जस्तो लेख्नुश्, गीत गाउन्छु भन्थे । सकी नसकी ताल ताल्को किसिम किसिम्को तरिका तरिकाको के के लेख्दैछु लेख्दैछु । गरीब, नेपालि र बेरोज्गार छु । भोको छु । एक मुठी भात किन्ने पैसा कमाऊँछु कि भन्ने आश त हो । गरीबलाई आश नदेखाउनु भन्छन, लागि परेको छु । खुशी लाग्यो, जरुरि छ, केहि लेख्दै गर्नु होला, राम्रो नराम्रो भन्दै गर्नु होला | धन्येबाद | PS: मुटु नदुखेको छ र कैले कैले भोकले जलायो , कैले प्याश ले | पिरती नदुखेको छ र कैले कैले गरिबीले, कैले गेस्त्रिक ले | नेपली हुने गौरभ पालेकै छु दुइ गांश भाते कोशिश मा छु मुटु र पिरती अनि जलेको नेपाल नदुखेको छ र कैले, आशै मा त छु |
SimpLe_KeTa · Feb 1, 2010 3:50 PM
कपीराईट: सन्तेको छोरि जन्मिँदा, न्वारनमा गाह्रो पर्यो। एउटा जाबो नाम दिन खोज्दा, न्वारनको दिन त्यसै टर्यो। 'सुजाता' नाम राखौँ जजमान; भन्न थाले पण्डित बा! गिरीजाको पत्र आयो, मलाई भाग दे अनि त्यो नाम खा! त्यो नाममा त कठै, गिरिजाको हक लाग्ने, उनले राखेको नाम , हामिले फोकटमा कसरि माग्ने? सोच्दा सोच्दै सन्ते बहुलायो। नाम लेखेको यतिठूलो बहिखाता पल्टायो। 'निरा' बिस्नेकी छोरीको नाम, "सिता' रामकि बुढिको नाम, 'रमिता' नेताहरुको पेवा, 'सुनिता' माडसापको भर्खरको दोश्रो मेवा! जे नाम राखे नि कपिराइट लाग्ने। सबैले आफ्नो भाग माग्ने। बल्ल बल्ल एउटा नाम फुर्यो, न्वारनको आखिर साइत जुर्यो, सन्तेले छोरिको नाम राख्यो 'कविता'! गजक्क परेर कम्प्युटर खोल्यो, बल्ल ठिक भयो मनमनै बोल्यो, साझा खोल्यो तर बिचराको छाति पोल्यो। न्वारन गर्न नभ्याउँदै छोरिको, 'मेरो हो' भनि जिम्मा लिन आएछन, 'कविता'लाई त कपिराइट पो लाएछन्!!
Birkhe_Maila · Feb 1, 2010 4:19 PM
SimpLe_KeTa · Feb 1, 2010 4:55 PM
तिमी तिमी रहेनौ तर पनि तिमीलाई खोजेछ किन आज, आज यो मुटु? आज यो मुटु धड्केछ किन तड्पेछ किन, आज यो मुटु ?
kanchikancha · Feb 2, 2010 12:51 AM
कान्छिका्छा, धडकनु मुटुको काम हो तडपनु जीवनको नाम हो उनि छैनन त के भयो जिन्दगी 'तरुनी'को जाम हो! बालखैँ छँदा, म गुलेली खेलाउँथे रुखभरि चहारु देखेर त्यसै त्यसै टोलाउँथे, एउटा मट्याङ्ग्रा सिधै रुखमा बजाउँथेँ भँगेरा ताकेर हान्दा, एउटा फिस्टो खसाउँथेँ तरुनीको जाम छ साथी नजरको मट्याङग्रा बजाउनुस कालि ताके नि गोरि ताके नि एउटी न एउटी फँसाउनोस!
Birkhe_Maila · Feb 2, 2010 9:49 AM
सिम्पल जि, यस्तै हो पिडा, दु:ख सबै लामो समयको लागि हुन्छ। सुख त आखिर केही क्षण मात्र हो। कालेदाइ
KAledai · Feb 5, 2010 2:57 PM
यहाँलाइ नेपालीमा Type गर्न सारै मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com
freedom_writer · Feb 9, 2010 10:50 AM
:)
SimpLe_KeTa · Feb 21, 2010 3:15 AM
फँसाउछु :)
SimpLe_KeTa · Feb 21, 2010 4:11 AM
Birkhe_Maila बिर्खे दाई लाई मेरो प्रणाम | तरिका गज्जब रैछ दाईको | सिक्दै छु, ताक्दै छु | "एउटी न एउटी फँसाउनोस!" ---> होइन ये दाई, फसाउने कि फसिने ? प्रस्तुत छ, पढी दिनु होला भानु भक्ते शैली मा म चरा जस्तै डाली डाली उड्ने दिन भरि गित मात्रै गाउने बेलुकी चै झ्याप्पै सुत्ने को छ र त्येस्तो, म संग नि आउने? आँखा देख्ने, अंग भङ्ग नभाको कोइ छ र नेपालमा त्येस्तो मलाई जन्मेको ? सद्धे ले मलाई किन हेर्छ र अनि धनि लाई छाडेर आउने कोइ छ र मेरो ? रंग रुप छ कालो अनि पेट चै ठुलो मान्छे छु पुड्को अनि कपाल चै ठुलो बगली छ खाली अनि दिमाग चै रित्तो एस्तो संग नि आउने कोइ छ र मेरो ? द एण्ड | कमेन्ट दिनु होला है |
SimpLe_KeTa · Feb 21, 2010 11:38 AM
KAledai काले दाई, प्रणाम | क्षणिक छ तर माया (जादू) मोहक छ भ्रामिक छ तर जिवन रसिक छ त्यसैले होकी बैँश मेरो मात्तिएको अनि हर कण हर पल सेक्सिएको | द एण्ड | कोम्मेंट्स दिनु होला | धन्येबाद |
SimpLe_KeTa · Feb 21, 2010 11:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion