मेरो दार्जीलिङ र धरानको केटाहरुसँग सानै देखी दोस्ती थियो। उनिहरुको संगतले धेरै यस्ता शब्दहरु बोलिन्थ्यो सानै देखी। स्कुलमा मन पर्ने केटीलाई "ग्यास" भनिन्थ्यो। ओई त्यो मेरो "ग्यास" हो हेर्ने हैन भन्दै केटाहरुलाई थर्काईन्थ्यो। नेपालमा अझै पनि कोइ छन केटी अर्थात गर्ल फ्रेन्डलाई ग्यास भन्ने कोइ जमात? यो शब्द लोप हुन लागेको त हैन?
Rodiohead · Feb 1, 2010 11:16 AM · 15,819 views
१५-२० बर्ष अघिको "हिट" शब्द हो त्यो, हल्का फुल्का use हुन्छ कि अब त। BTW त्यो त GFको derogatory शब्द होइन र? आफ्नैलाई हैन तर अर्काकिलाई वा third personलाई refer गर्नु पर्यो भने "ग्यास" भन्थे जस्तो लाग्छ। Thanks, for again an interesting thread.
lamjung · Feb 1, 2010 11:38 AM
हैन नि साथी, आफ्नीलाई पनि उस्को अगाडि चै भन्न मिल्दैन थियो। तर साथीहरुसँग कुरा गर्द चै भने फरक नपर्ने। तर अर्काको केटीलाई चै सिधै ग्यास नै भनिन्थ्यो।
Rodiohead · Feb 1, 2010 11:41 AM
"""आबो छब्किहरु बबाsssल थ्यो कि अन्त मेरो ग्यास पनि नुहाईवरि हरिsssप भएर नानि बोकेर बसिराको, आम्बोssss! म त कसको नानि बोक्यो भनेर फिर्केर हेर्नु गएको त भरै कान्छि छ्यामाको छोरि पो बोकेको रैछन्त, रोडियो पाट लाई भन्नु आएको म!"" यस्ता वाक्य र शब्दहरु अलि अलि सुनिन्छ आजभोली पनि
Birkhe_Maila · Feb 1, 2010 11:45 AM
आँच क्या दियो ! BTW म डिजे शिशिर हैन है।
lamjung · Feb 1, 2010 11:55 AM
आम्बो बिर्खे माईला, अन्त होउ हरिप खाल्को दियौ नि त आम्बो ,,,,, पाट पनि तेतै तिरको जस्तो छ नि त होउ अन्त,,,आच अन्त कस्तो खुशी लाग्यो नि त बिर्खे दज्जु धेरै पछी भेट भएर होउ अन्त। Last edited: 01-Feb-10 12:00 PM
Rodiohead · Feb 1, 2010 11:59 AM
आँssच! यता साझाहुँदि हाम्रो तोर्पे सन्ते छन्त। पहिले पहिले आइवरि बेस्सि रेला गरिवरि हिन्थ्यो कि अन्त एकदिन सानदाईको दह्रो भेट्यो हौ पाटले, सोम डो' लेस भएको रैछन्त हैन, " रड्डिज भयो पाट, डो नभएर लाsssस्ट सिक भयो" भन्यो कि अन्त मोइले चौरीमा बसाइवरि घाम छेलेर स्टिक भरिवरि दिएको डल्लै फुक्यो हौ, म त सेन्टिफ्ल्याट्! भरै कतिबेला माइनस भयो थाहा भएन। बेस्सि खोक्ने कि त्यो पाट त फिरि।
Birkhe_Maila · Feb 1, 2010 2:19 PM
हा हा हा हा सोमले रड्डिज हान्देछ नि अन्त पाटलाई, ला~~~स्टै सिक परेछ। डो' लेस पाटहरुपनी डल्लई बडेको रईछन्त अन्त दज्जुको तिर। फिरी आजु भोली स्टिक भरिवरी ठिक्क्क पारेर कोल्ले दिन्छ र अन्त, लास्स्स्स्स्टै मोज गरेछ नि त एम्म्म्म्बो।
Rodiohead · Feb 1, 2010 3:12 PM
आंsssच... , हैनानी हो... ब्रोजहरु त क्या रड्डी तालले बी टी दी' राको' नि- साझामा... आब्बो !!! बिर्खे भानिच पनी हाउ .. क्या सटिस जस्तो छ नि आजा.., बूचले फिट भा हो ? मलाइ चै घरमा सूडडोले पढेर बस भनेर क्या रयाक गरि रा'को... सुको नभा'र बिजोक भाको बेला फिलिम हापेको हिजोको सो ... ग्यास त क्या बिच्केको नि हो फेरी..
ANS · Feb 1, 2010 6:08 PM
Sathi ho.. Dharan ma gf lai gas ra keti jiskaunu paryo vane "season Khelne" vaninthyo.
jaynir · Feb 1, 2010 8:56 PM
JPT BIGREO KO DHARANE HARU.....
kitab ko kira · Feb 1, 2010 9:19 PM
lau som bigreko Dharaney re....Jeans pant ko suruwat Dharan baata vaako rey ;)
JayNir · Feb 2, 2010 8:26 AM
किताब को किरा ब्रो, अन्त बडी हैन ल, खैनी को बट्टा कुचये जस्तो कच्याक होला ल फेरी ब्रो, फिरी रड्डिज हुन्छ है धरानेहरुको कुरा काट्यौ भने, भन्देको छु ल ब्रो अन्त कुरा काट्ने चै हैन ल फिरी। म त अन्त धराने पनि हैन दार्जीलिङको पनि हैन के फिरी तर कुरा काट्ने चै फिरी हैन ल, रड्डिज ताल्ले सुड्डोले भेट्ला के फिरी।
Rodiohead · Feb 2, 2010 8:51 AM
आम्मामामा...बुढासुब्बाको बाँसमा लेखेजस्तो बब्लालै लेखिवरि गएछन्त सोमहरु। मो ब्यान भानुचोक गइवरि फिर्केको कि सन्ते पाट त म्याङ्गो टार्ट चाटिरको रैछन्तनि। सुड्डाको २०० बक्स झ्याप हान्देछ कि सोमले फिरि सुड्डाकै खिया लागेको राइफल ६ बोतल 'पि' सित ट्रेड हान्देछ ईटहरीको झारपातहरुले जोगबनि गईवरि ल्याएकोरैछन्त खित् खित् खित्। तोर्पे त 'पि' को ट्रिपमा म्याङ्गो टार्ट दि राको!
Birkhe_Maila · Feb 2, 2010 9:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion