तिम्रो नामसँग आज मेरो नाम जोडियो नाम संग संगै धेरै धेरै बदनाम जोडियो बेप्रसङ्ग झसङ्ग हुने कस्तो सम्बन्ध जस्तो कि राधा सँग श्री राम जोडियो। एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो , हल्ला चल्यो, प्रेम पत्रको खाम भेटियो। सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको हातमा फूल बोकेको लामो लाम देखियो।
rahulvai · Jan 27, 2010 9:11 AM · 10,335 views
हातमा फूल बोकेको लामो लाम देखियो। सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको वाह ठुल्दाइ वाह!
perfectionist · Jan 27, 2010 9:19 AM
rahulvai, ramro lekhai chha, राधा सँग श्री राम bhaneko kina ho ni... radha and ram (if you are implying the religious figure)... are from two different eras.. I apologize for the stupid question.
guchcha chor · Jan 27, 2010 9:23 AM
ठूल्दाई वाह! गुच्चाचोर ज्यू, खै त्यो तपाइँले भन्नुभएको हरफभन्दा माथि ठूल्दाईले "...झसङ्ग हुने कस्तो सम्बन्ध " भन्नुभएको छ नि, तपाइँ पनि झसंग हुनुभएछ। हुनै नसक्ने, संभव नै नहुने र बिश्वास नै गर्न नसकिने ( राधा र श्री राम) सम्बन्ध जोडियो भन्नुभएको होला मेरो बिचारमा!
Birkhe_Maila · Jan 27, 2010 9:31 AM
यता ठुल्दाइ को के के जोडीइसकेछ देख्दै नदेख्या ! ठूल्दाई वाह!
ritthe · Jan 27, 2010 9:53 AM
ठुल्दाइ औरेजी मा भन्ने हो भने Back with a Bang भन्या झै लौ घच्ची गयो
बैरे · Jan 27, 2010 9:55 AM
ठुल्दाइ औरेजी मा भन्ने हो भने Back with a Bang भन्या झै लौ घच्ची गयो
Narayangarh suburb · Jan 27, 2010 10:12 AM
पुरे, धन्यवाद । फूल भनी स्विकार्नु कहिले कहीं भूल हुन्छ जब फूल भित्र लुकाइएको छुरी जो देख्दैनौ। गुच्चाचोर, बिर्खेमाइला ले भने जस्तै राधा र राम को उपमा प्रयोग भाको हो । राधाको नाम कृष्ण संग जोडीए पो केही अर्थ हुन्छ र स्विकार्य । राधा र राम अहं हुनै सक्दैन। बिर्खेबा, शही अर्थ पहिल्याउनु भयो । राधा र राम को । रिट्ठे, धन्यवाद, धेरै ले जोडे होलान, उहिले । आफुलाई बाल भेन। बैरे, धन्यवाद। प्रयत्न जारी छ , राम्रो लेख्ने, राम्रो देख्ने । नारायणजी , धन्यवाद ।
rahulvai · Jan 27, 2010 2:42 PM
प्रश्न ३ - सप्रषंग ब्याख्या गर्नुहोश ! .......................................................................................१० तिम्रो नाम सँग मेरो नाम जोडियो !!! - कवि राहुलभाई तिम्रो नामसँग आज मेरो नाम जोडियो नाम संग संगै धेरै धेरै बदनाम जोडियो बेप्रसङ्ग झसङ्ग हुने कस्तो सम्बन्ध जस्तो कि राधा सँग श्री राम जोडियो। एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो , हल्ला चल्यो, प्रेम पत्रको खाम भेटियो। सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको हातमा फूल बोकेको लामो लाम देखियो। उत्तर ३ मथिका हरफहरुमा कवि राहुलभाईले कलियुगमा मानिसको नामलाई बिभिन्न अवसरबादी ब्यक्तिहरुले अरुका नाम संग जोड़ी कसरी र कुन हद सम्म बदनाम गर्न सक्छन भनी सुन्दर बर्णन गरेका छन | कविका अनुसार सम्बन्ध जोड़ने र बिगार्ने क्रममा सत्य युगको धर्मं छोड़ी कलियुगका मानबहरुले द्वापर यगकी राधा संग त्रेता युगका रामको नाम समेत जोड़न पछी नपर्ने गरेको र नाम जोड़न मुस्कान, हेराई, काल्पनिक प्रेम पत्र र हल्ला प्रयोग गर्ने गरेको ब्याख्या गरेका छन | कविले सुन्दरताका साथ मित्र रूपी शत्रुहरूले फुलका गुच्छा बोकी, पिठ्यु सुमसुमाउदै धरिला छूरी धस्ने कलियुगीहरुको कुनै कमी नभएको बर्णन समेत गरेका छन |
ramprasadneupane · Jan 27, 2010 4:18 PM
प्रश्न ३ - सप्रषंग ब्याख्या गर्नुहोश ! .......................................................................................१० तिम्रो नाम सँग मेरो नाम जोडियो !!! - कवि राहुलभाई तिम्रो नामसँग आज मेरो नाम जोडियो नाम संग संगै धेरै धेरै बदनाम जोडियो बेप्रसङ्ग झसङ्ग हुने कस्तो सम्बन्ध जस्तो कि राधा सँग श्री राम जोडियो। एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो , हल्ला चल्यो, प्रेम पत्रको खाम भेटियो। सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको हातमा फूल बोकेको लामो लाम देखियो। (यस परिक्षामा उत्तिर्ण हुने आकांक्षाका साथ यस पाठशालाका फसभाई राम प्रसाद न्यौपाने ज्यूले उत्तर दिएको लगत्तै म सेकेनभाई बिर्ख बहादुर बोगटी पनि यहि प्रश्नको उत्तर दिने प्रयास गर्दैछु, आशा छ अव्वल अंकका साथ उत्तिर्ण हुनेछु।) उत्तर ३ व्याख्या: माथिका हरफहरु कवि श्री राहुलभाई रायमाझी द्वारा लिखित ‘तिम्रो नाम संग मेरो नाम जोडियो’ शीर्षकको कविताका हरफहरु हुन्। यस कवितामा कविले नाम जोडिनुलाई कपटी मानिसहरुको धुर्तता, दुष्ट्याईँ, वहशीपना, बिश्वाशघातीपन् तथा अवसरवादीपन संग तुलना गरेका छन्। समसामयीक झैझगडा, किचलो, भाँडभैलो, फोहोरी राजनिती तथा घात-प्रतिघातको अनौठो वर्णन पनि कविज्यूले अत्यन्तै कुशलताका साथ प्रस्तुत गरेका छन्। ‘नाम जोडिनु’ कुनै अनौठो कुरा हैन। तर कविज्यूले यहाँ नाम जोडिनुलाई एक किसिमको धोकामा फस्नुसंगको यथार्थलाई प्रस्तुत गरेका छन्, त्यसैले त ऊनि भन्छन- “नाम संग संगै धेरै धेरै बदनाम जोडियो”! साँच्चै, कुनै नामसंग आफ्नो नाम जोडिँदा आऊने त्यो सुखानुभूती, त्यो रोमांच त्यतिबेला तिरोहीत हुन्छ जब नाम संग संगै बदनाम टाँस्सिएर आउँछ। यहाँ बदनाम, सामाजिक र राजनितीक दुबै तहमा जोडिएको छ, यहाँ धोका दुबै तब्कामा भएका छन्, यहाँ मानसिक व्यभिचार दुबै क्षेत्रमा भएका छन् र यहाँ कविज्यू जस्ता सयौँ, हैन कयौँ; जसलाई हामि ‘मात्र मनुष्य’ को रुपमा चिन्छौँ, घाइते भएका छन्, फँसाईएका छन्, थिचिएका छन, मिचिएका छन् र पिल्सिएका छन्। परीवारहरु, खलकहरु, छिमेकीहरु, सथिभाईहरु सबैले बदनामीको माला लगाईदिएका छन्, मात्र केवल एक दुई पटक मुस्कुराईदिएकोमा। यहाँ काङ्ग्रेसहरु, एमालेहरु, माओवादीहरु सबै आफूलाई मनुष्य कम र पार्टी बढि देख्नेहरुले बदनामीको दोसल्ला ओढाईदिएका छन् केवल एक दुई पटक कुनै एउटा पार्टीतिर फर्केर मुस्कुराईदिएकोमा! ईतिहास यिनीहरु बुझ्दैनन्, वर्तमान यिनीहरु जिउँदैनन् र भविष्य यिनीहरु हिँड्दैनन् तर मात्र वर्तमान जिऊने एक साधारण मनुष्यलाई यीनिहरु एक यूगले अर्को यूग थिचेर, एक समयले अर्को समय मिचेर, एक कालमाथि अर्को काल खप्टेर ईतिहासमा नै कलंक लगाऊने गरि बदनामीको तीलक लगाईदिन्छन्! यी ढाड कन्याईदिन काऊसो बोकेर हिँड्नेहरु, यी पिठ्युँ सुम्सुम्याऊन छुरि घोटेर जिउनेहरु, यी सरकार बनाऊन लाश चढेर हिँड्नेहरु; साधारण, सरल, गरिब ‘मात्र मनुष्यलाई’ देश गिजल्ने आफ्नो मतियार बनाऊन, देश रेट्ने आफ्नो हतियार बनाऊन कागजका फूल बोकेर लाम लाग्दै पर्खन्छन् र लाममा नथपिएमा नाम जोडेर बदनाम गराउँछन्। उपसंहार- यस कविताबाट, कवि राहुलभाई रायमाझीले समग्रमा, अति कुशलताकासाथ, अति स्पष्टताकासाथ; यध्यपी: अति कोमलताकासाथ, वर्तमान जिऊनेहरुमाथि वज्रप्रहार गर्नेहरुप्रती आफ्नो आक्रोश पोखेका छन् र साथसाथै आफू लगायत अरु करोडौँ ‘मात्र मनुष्य’ हरुको पिडा पोखेका छन्।
Birkhe_Maila · Jan 27, 2010 5:11 PM
nice Last edited: 27-Jan-10 05:36 PM
santoshgiri · Jan 27, 2010 5:35 PM
धन्यवाद रामप्रशाद जी , निकै भावपूर्ण भाव बिस्तार गरिदिनु भएकोमा । चिलिम ब्रेक को सिर्जनामा यती धेरै भाव लुकेको तथ्य सप्रसँग वाख्या गर्दा थाहा पाएं बिर्खे माइला जी , तपाईं को वाख्या रामप्रशाद जी को भन्दा भिन्न भए पनि कबिताको अभिन्न अंगको रुपमा लिएको छु। एक लाइन कबिताले हजार लाइन सबिता को बयान गर्दछ रे भन्ने सुनेको हो रहेछ । धन्यवाद पुन: एकपटक । सन्तोष गिरीजी ' धन्यवाद Last edited: 28-Jan-10 09:28 AM
rahulvai · Jan 28, 2010 9:28 AM
कविज्यूको धन्यवाद् ज्ञापनले म बिर्खबहादूर बोगटी अत्यन्तै गद् गद्, प्रसन्न तथा पुलकीत भएको यथार्थ यहाँ बाँड्न चाहन्छु। हजारौँ वर्षदेखि यस जगतमा चल्दै आएको उदय-अस्तको राज्यहरु संगसंगै, शताब्दियौँदेखी बग्दै गरेको यस संसारको सुख-दुखका लहरहरु संगसंगै र दशकौँदेखी चम्किरहेका युद्ध-शान्तीका बिजुलीहरु संगसंगै 'कविता' आफैँमा केहि फुक्दै र केहि खुम्चँदै भए पनि आफ्नो अस्तित्व जोगाऊन वर्तमानसम्म सफल नै रहेको तथ्य छर्लङ्ग छ। यही यथार्थमा जिउँदै, यहि सत्यतामा केहि सत्य थप्दै, यहि प्रवाहमा केहि बग्दै कवीज्यूले यहाँ पस्केको कविताले जीवनको यथार्थता, मनको सरलता र वर्तमानको सत्यता बयान गरेकोमा कविज्यूलाई मिठो कविताको लागि बधाई तथा धन्यवाद दिँदै भविष्यमा अरु पनि कविता पढ्न पाऊने कामना गर्दछु। धन्यवाद्।
Birkhe_Maila · Jan 28, 2010 9:43 AM
Gajab chha hai
aman · Feb 20, 2010 11:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion