राजनैतिक निकाश भनेको यही हो त ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुतेरै भएपनि प्रधानमंत्री चलाउनुस रे !!! माओवादी अध्यक्ष दाहालद्वारा कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव कुलचन्द्र / गंगा वीसी   काठमाडौ, २०६६ माघ १२ -  आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको एजेन्डा बनाउँदै आएको माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान भेट गरी 'कोइराला प्रधानमन्त्री नबन्ने हो भने आफूलाई सहयोग गर्न' आग्रह गरेका छन् । स्रोतका अनुसार, तर कोइरालाले कुनै प्रतिक्रिया नदिई 'सोचेर जबाफ दिने' बताएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण भएर काम सुरु नगर्दै माओवादीबाट आएको प्रस्तावले झन् आशंका बढाएको छ । 'म आज तपाईंलाई दाहिने हात दिन आएको हुँ, तपाईं प्रधानमन्त्री हुन जरुरी छ, नत्र संविधान निर्माण हुन नसक्नेदेखि राजनीतिक गतिरोधले निकास पाउँदैन,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं सुतेरै प्रधानमन्त्री चलाउनुहोस् । म पूरापूर सहयोग गर्छु ।'  उनले कोइरालाले हाल सरकारको नेतृत्व गरे संविधान बनेपछि अन्तरिम सरकारमा आफूलाई सहयोग गर्नसमेत प्रस्ताव राखेको स्रोतको दाबी छ । दाहालले माधवकुमार नेपालको नेतृत्व रहँदासम्म संविधान बन्न नसक्ने पनि बताएका थिए । 'तपाईंलाई सक्दिन भन्ने लाग्छ भने मलाई आशीर्वाद दिनुहोस्, मलाई समर्थन गर्नुहोस् ।'  दाहालको प्रस्तावप्रति कोइरालाले कुनै टिप्पणी गरेनन् । उनले 'सोच्न दिनुहोस्' भन्ने जबाफ मात्रै फर्काएका थिए । कोइरालाले त्यसो भन्नासाथ दाहालले '३६ घन्टाको समयसम्म सोच्नुहोस् गिरिजाबाबु' भनेर निस्केको स्रोतले बतायो । दाहाल कोइरालासँग करिब आठ मिनेट मात्रै बसेका थिए ।  महाराजगन्ज निवासका कर्मचारीलाई पनि दाहाल भेट्न आउने खबर थिएन । स्रोतका अनुसार भेटघाटको चाँजोपाँजो छोरी सुजाताले बाहिरैबाट मिलाएकी थिइन् । उनले केही मिनेटअघि 'दाहाल भेट्न आउँदै हुनुहुन्छ, माथि खबर गरिदिनुहोला' भनेर एक सहयोगीलाई अह्राएकी थिइन् ।  दाहालले भेटवार्ता गर्नुअघि आफ्ना उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग परामर्श गरेको स्रोतको दाबी छ । कोइरालासँगको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति कदम सच्याएर राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेको श्रेष्ठले बताए । 'शान्ति र संविधान बन्ने अवस्था आए हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्छ भन्ने कुरा भएको हो,' उनले भने, 'तर गिरिजाबाबुलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भने होइन ।'  उनले कोइरालासँगको भेटमा 'छिट्टै संयन्त्रको बैठक गरी राजनीतिक समाधान खोज्नुपर्‍यो भन्ने कुरा भएको' बताए । उनले कान्तिपुरसँग भने, 'कोइरालासँग विद्यमान राजनीतिक गतिरोधलगायतका समस्या हल गर्ने विषयमा कुराकानी भएको हो । उहाँ -गिरिजाबाबु) ले सबै कुरा संयन्त्रबाट हल हुन्छ भनेर पहिल्यै भन्नुभएको हो,' श्रेष्ठले भने, 'त्यसैले संयन्त्रलाई कसरी प्रभावित बनाएर लैजाने भन्नेबार छलफल भयो ।'  पुसको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सरकार बन्ने अवस्था आए अध्यक्ष दाहालकै नेतृत्वमा बनाउने निर्णय गरेको थियो । जब कि आन्दोलनको एजेन्डामा राष्ट्रिय सरकार सबभन्दा अन्तिममा छ । कांग्रेसले भने आफ्नै सभापतिको नेतृत्वमा सरकार बन्ने स्थिति भए पनि वर्तमान सरकार विस्थापित गराउने दिशामा सोच्न पनि नसक्ने बताएको छ । 'यो प्रस्ताव कुनै नयाँ होइन, धेरैअघिदेखि प्रस्तावित हुँदै आएको हो,' कांग्रेस प्रवक्ता अजुर्ननरसिंह केसीले भने, 'विभाजनको यो नयाँ संस्करण हो, कांग्रेस र एमालेको संस्थागत निर्णयबिना सरकारको विकल्प सोच्नु निरर्थक र मूर्खतापूर्ण हुनेछ ।'  सिंगापुर भेटवार्तादेखि नै सरकार परिवर्तनको प्रयास माओवादीबाट भइरहेको कांग्रेस संस्थापन पक्षको विश्लेषण छ । सिंगापुर भेटवार्तालगत्तै कांग्रेस केन्द्रीय समितिले 'वर्तमान सरकारको निरन्तरताको पक्षमा कांग्रेस रहेको निर्णय लिएको थियो । 'सिंगापुरमा दाहालले २ सय ३८ को हस्ताक्षर बुझाउँछु, तपाईं अघि बढ्नुहोस्, हामी पनि सरकारमा बस्छौं भनेर प्रस्ताव राखेका हुन्,' एमालेका एक नेताले कान्तिपुरलाई भने, 'त्यसलगत्तैदेखि नै कांग्रेस र एमालेमा उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति अविश्वास जन्मँदै गएको हो ।' उनका अनुसार कांग्रेस र एमालेबीचमा लामो 'दरार' खडा गरेर माओवादीले सत्तामा टिकिराख्ने रणनीति बनाएको हो । source http://www.ekantipur.com/np/ne...

hos prashad · Jan 26, 2010 9:07 PM · 9,748 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all