अबैध रुख काट्दाकाट्दै माओवादी सभासद पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"Jo aauga, ohi bato haguna" bhaneko yehi go. अबैध रुख काट्दाकाट्दै माओवादी सभासद पक्राउ  पर्सा, २०६६ माघ १२ - राष्ट्रिय वनमा अवैध रुख काट्दै गर्दा नेपाली सेना र बन उपभोक्ताको संयुक्त गस्तीले माओवादी सभासद चन्दादेवी रामलाई पक्राउ गरेको छ । पर्सा बन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको सेनाको नयारणभिर गुल्म र महादेव पट्टिस्थित पन्चमुखी तथा सुवर्णपुरस्थित सुनाखरी वन उपभोक्ता समितिका पदाधिकारीले सोमबार दिउँसो दलबलसहित पक्राउ गरेको हो । सुनाखरी बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाखि्रनले आफू समेत स्तीमा खटिएको बेला गस्ती सकेर र्फकदै गर्दा आरक्षको वन क्षेत्र भन्दा करीब ८ सय मिटर पूर्व राष्ट्रिय वनक्षेत्रमा रुख ढलेको आवाज आएपछि त्यहाँ पुग्दा सभासद राम एक दर्जन जति कामदारसहित रुख काट्दै गरेको अवस्था भेटिएकी बताए । 'हामी पुग्दा सभासद राम ढलेको रुखमै बसेकी थिइन्', पाखि्रनले भने, 'हामीले रुखमै बसेको फोटो खिचेर राखेका छौं ।' गस्तीलाई देखेपछि भागेपनि बाँकीलाई गोली हान्ने चेतावनी दिएपछि सभासदसहित उनीहरु नभागेको उनले बताए । उनीहरुले करम जातको ठूलो रुख काटेका थिए । सभासद रामले 'यी रुख मैले काट्न लगाएको हो' भनेपछि 'यसरी सरकारी वनमा रुख काट्न लगाउने ?' भनी सोध्दा उनले 'म सभासद हुँ' भन्ने जवाफ दिएको पाखि्रनले बताए । 'तपाँई जनताको मतबाट सभासद भएको मान्छेले पनि यसरी वन विनाश गर्न हुन्छ ?' भनि सोध्दा सभासदले आफ्नो घर बनाउन काठ काटेको जवाफ दिएको पाखि्रनले बताए । सभासदका एक सहयोगीले आफूलाई पैसा लेनदेन गरी कुरो मिलाउन घटनास्थलमै प्रलोभन दिएकोमा आफूले 'त्यस्तो प्रलोभन दिए तिमीलाई तत्कालै पक्रेर लग्छौं' भने पछि उनी हच्किएको पाखि्रनले बताए । आफूहरुले तत्कालै सभासदको टोलीसंग रहेको एक थान आरा र चार थान बन्चरो खोसेर लिएको र तपाई सभासद भएकाले तपाईलाई माथिल्लो निकायले कारवाही गर्छ भनी त्यहाँबाट फर्केको र सभासद राम पनि त्यहाबाट फर्केको उनले बताए । समानुपातिकबाट सभासद बनेकी राम शंकरसरैया गाबिस वडा नं २ की स्थाई बासिन्दा हुन् । ढालिएको रुख त्यहाबाट लग्न सक्ने सम्भावना देखेर आफूहरु मंगलबार पनि रुख ढालिएको स्थानमा पुगेको र इलाका वन कार्यालय पोखरीयाका रेन्जर बैजनाथलाल दासलाई बोलाई ढालिएका दुबै रुखको काठ घाट गद्दी गर्न सकार गराई फर्केको पनि पाखि्रनले बताए । पर्साको त्यस क्षेत्रको राष्ट्रिय वन तीन साता यता तस्करहरुको चरीचरन क्षेत्रको रुपमा परीणत भएको छ । दिनदहाडै वन क्षेत्रमा प्रवेश गर्ने गरेका तस्कहरुले साईकल, टायरगाडा, ट्याक्टर आदिमा काठ बोकेर जिल्लाको ग्रामिण क्षेत्रको बाटो हुदै भारत सम्म काठ पुर्‍याउने गरेका छन् । आरोपित सभासद रामले भने आफूले वन फँडानी गर्ने कुनै पनि काम नै नगरेको जिकिर गरिन् । उनले आफू सोमबार वन क्षेत्रमै नगएको बताउँदै आफूलाई बदनाम गराउन सबै आरोप लगाइएको दाबी गरिन् ।  

lovenepalalways · Jan 26, 2010 5:53 PM · 9,701 views

1 Reply

Interesting huh !!!!!!!!  फोटो नै भए, नगएको भनेर कसले पत्याउने ??  थुक्क कस्तो निर्लज्ज "म शबासाद" भन्न सक्या होला ? अझ घुस दिन खोज्या !! ram ram 

hos prashad · Jan 26, 2010 6:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all