Interesting read for prevailing politics in Nepalese Associations in the US मैले राजीनामा दिनुको १० कारणहरु कार्यसमितिमा विवाद हुदा विवादित समूहलाई मोड़रेट गरेर निस्कर्सतीर लानु, कंसेन्सस बिल्ड गर्नु सट्टा सभापति आफै एउटा समुहलाई च्यापेर विवादलाई चरकाउन अग्रसर हुन्छ , बहुमत आफू संग भएको हुनाले होला, सधै भोटिंग गरु भन्छ भने यस्तो स्थितिमा कसैलाई पनि काम गर्न गाह्रो हुन्छ / तल उल्लेखित छन १० कारनहरू :- १. नया कर्यसमितिलाई स्वागत गर्ने कार्यक्रममा ल्याइएको " डि जे " लाई दिनु पर्ने पारिश्रमिक हामीले भुग्तान गर्नु पर्ने भन्ने जानकारी भएपछि मीटिंग मा राखियो / भुतपूर्व उप-सभापति तेज राइजीले ईमेल गरेर भुग्तान नभएको र हामीले गर्नु पर्ने जानकारी दीदा दिदै पनि, लिखित आउनु पर्ने भन्ने अडान सभापति यान राइजीले गर्नु भयो / यसो किन भयो, हामी आफैलाई थाहा भएन जसको फलस्वरूप डि जे पृथ्वी राज उप्रेतिजीले २-३ महिना पछि मात्र पैसा पाउनु भयो / २. नेपाली नयाँ वर्स मनाउने क्रममा " चौतारी " नामक कार्यक्रमको संयोजक, कार्यसमितिको सदस्य रेशम तामांगजीलाई कार्य समितिको सामु प्रगति विवरण पेश गर्न आग्रह गर्दा नमानेको अवस्थामा पनी सभापति यान राइजीको तर्फबाट कुनै निर्णायक कदम चाल्न असफल हुनु भनेको सभापतिको कमजोरी थियो / मैले संयोजक नै फेर्नु पर्छ भनेको थिए / उप-सभापति सागर कोइराला र मेरो सुझाबको बिपरीत जादा कार्यसमिति अफैले खाना पकाउन खोजेको दृश्य त तपाईहरु सबैले देखिहाल्नु भयो / कुनै पनि सब कमिटी कार्यसमिति प्रति उत्तरदायी हुन्छ भन्ने पनि ज्ञान थिएन / ३. " हिमालयन फेर " मा २ जना सदस्य नआउनु भनेको सभापतिले "व्हिप " जारी गर्न अस्क्ष्यम हुनु हो / नेतृत्व को कमजोरी थियो / ४. " ए एन ए " को सवाल मा सभापति यान राइजी सहित अरु केही साथीहरुले न्यांसले आयोजना गर्न नपाएमा क्यालिफोर्नियाको गवर्नरलाई छिट्ठी लेखेर ए एन ए विरुध मुद्दा हाल्ने जस्ता विचार अगाढी राखे / कारन सोध्दा मेरील्यांडमा रजिस्टर गरिएको ए एन ए ले क्यालिफोर्नियाको ट्याक्स एगजेमसन नपाउने / त्यसैले यहाँ न्यांस संगनै गर्नु पर्ने बाध्यता जाहेर गरे / कुरा हास उठ्दो पनि थियो मुर्खतापूर्ण पनि / त्यसबेला मीटिंग मिनेटमा यो नलेखनु को कारन मिनेट अनलाइन पोस्ट गरिन्थ्यो, अरु हांसला भनेर त्यहा लेखिन / न्यांसको प्रतिनिधि गर्न सभापति यान राइजी लाई नै आग्रह गर्दा, इछ्या नदेखाए पछि, उप-सभापति सागर कोइराला र म आफैले त्यों काम गरे / तर सकेसम्म, यानजिले कार्यसमितिबाट नभएर बाहिरको मान्छे ल्याउन कोसिस गरे / किन हो थाहा भएन / ५. सल्लाहकार छनौट गर्दा सल्लाहकारको परिभासा नबुझेको जस्तो मलाई लाग्यो / सदस्य संतोष प्रधान लगायत सागरजी र मैले ३ जना कुनै पनि भुतपूर्व सभापतिहरुलाई ल्याऊनु पर्ने विचार राख्दा बिष्णु गुरुंगको नाम सभापति यान राइले अगाढी सारे / मैले बिष्णु गुरुंगको " चुनाब समिति " मा बस्दा कार्य सम्पन्न गर्नु अघि नै विचमै छोड़नु भएको कुरा ल्याए र पछि पनि यो हुन सक्ने देखाएर हामीले त्यो क्यांनडिडेसीलाई अस्वीकार गर्यौ / मैले गुरुंग महिलाको क्यांनडिडेसीलाई रोक्यो भन्ने कुरा हल्ला चलाएछ / त्यस पछि भुतपूर्व उप-सभापति मिली गुरुंगको नाम आयो / चयनको कारनमा उहाको अनुभब , त्यो त ठीकै थियो, प्लस महिला हो र वर्तमान महिला कोषधक्ष्यलाई साथी हुन्छ रे / दोस्रो गुरुंग महिलाको क्यांनडिडेसीलाई मैले सामाजिक हिसाबले पनि फेरी पल्ट हुदैन भन्न सकिन / तर एउटा पनि मीटिंगमा सहभागी नभईकन मिलीजीले राजीनामा दिनु भयो, समयको अभावले / उप-सभापति सागर कोइराला र अरु कार्यसमितिका मित्रहरुले उहालाई चीनने मौका पनि पाएनन / मूलार्थ, सभापति यान राइले सल्लाहकारको परिभासा नबुझेको जस्तो मलाई लाग्यो / यहाँ महिला र जातको चर्चा गर्न खोजिएको होइन, परिभासा, काम कर्त्तव्य, अधिकार र प्रोसेस औल्याउन खोजेको हु / ६. दशैं / नेपाल सांझ - (क) चलन अनुसार नेपाल सांझको लागी एउटा चर्चित आमंत्रित कलाकार ल्याउने सन्दर्भमा सभापति यान राइले नेपालबाट इंदिरा गुरुंगलाई ल्याउने कुरा राख्यो / कार्यसमितिका मित्रहरुले अमेरिकामा नै बस्ने अरु कोही ल्याऊदा खर्च पनि कम लाग्ने विचार राखे / तर अरु साथीहरुको विचारलाई बेवास्ता गरेर इंदिरा गुरुंगलाई नै झिकाऊने कुरा भयो / इंदिरा गुरुंगको भिसा प्रोसेसिंगको लागी " न्यांस को आमंत्रण पत्र " का साथ फेड एक्स फी र नोटरी फी समेत न्यांस ले बेहोरेको छ / यसको बिरोध गर्ने अल्पमतमा थिए / थप त्यस माथि, भिसा लागेको भए कलाकार को " हवाई टिकेट " समेत बेहोरने भनियो / त्यो मीटिंगमा सल्लाहकार गोपाल खड्गी पनि हुनु हुन्थ्यो, उहाले कुनै बिरोध गरेन / किन हो थाहा भएन/ भिसा लागेको भए न्यांस ले $ १५००- $ २००० सम्मको खर्च बेहुर्नु पर्ने हुन्थ्यो / कलाकार इंदिरा गुरुंगलाई नेपालबाट किन झिकाऊन खोजीएको हो, त्यो चाही सभापति यान राइलाई नै सोध्नुहोस / ख) नेपाल सांझको लागी म लगायत केहि साथीहरुले गम गुरुंग र संगीता शर्मासंग सहयोग लिनु पर्ने कुरा राख्दा सभापति यान राइले कोषधक्ष्य खेनडू लामाले सोम्योजन गर्ने प्रस्ताब राख्यो / पछि अशोक गौतमजीको सहयोगबाट पनि कार्यक्रम सम्पन्न भयो/ अशोकजी आफैमा कलाकार नभए पनि कलाकारहरु जूटाउनु भयो / ए एन ए जस्तो ठुलो थलोको सांस्कृतिक कार्यक्रममा समेत सफल योगदान दिइसकेका स्थानीय कलाकारहरु गम गुरुंग र संगीता शर्माको अभावमा सांस्कृतिक कार्यक्रमको स्तर खस्केको महसूस मैले गरेको छू / कलाकार गम गुरुंग, संगीता शर्मा र अरु कलाकार साथीहरु जो न्यांस संग धेरै अघि देखि आबध्ह छन, किन किनारा लगाईदैछन, यो प्रश्न को जवाफ पनि सभापति यान राइ संग नै सोध्नु होस / (ग) नेपाल सांझको लागी भनी बोलाईएको मीटिंगमा बे एरियाको सबै लोकल संघ संस्थाहरु सित " कोरडीनेटिंग " ढंगबाट भबिस्यमा काम गर्ने निर्णय भएको थियो / " वार्षिक कयालेंडर " बनाउने सहमति पनि भएको थियो / मैले यो मीटिंग बोलाउन बारम्बार रिकुएस्ट गरे तर यसलाई नजर अंदाज़ गरियो / सायद नेपाल सांझ पछि ती साथीहरुसंग गफ गाफ पनि नभएको मलाई लाग्छ / न्यांसको छाता संगठनको भूमिका पनि कमजोर हुदै गयो र त्यों " आर्ग्युमेंट " मा पनि कुनै दम बाकी भएन / (घ) नेपाल सांझको हलको "डीपोजिट" कार्यक्रम सकेको २-३ महिना पछि सम्म पनि फिरता नपाएको कुरा भरकरको मीटिंगमा थाहा भो / संस्थाको कुनै पनि कागज पत्र सचिवको हातमा हुदैन थियो / न त " चौतारी " को थियो न त " चायनिज कलचरल सेण्टर " को / कार्यसमितिमा कसको भूमिका के हो, कसको काम, कतव्य र अधिकार भित्र पर्छ त्यो पनि जानकारी नभएको मैले महसूस गरे / त्यो "डीपोजिट" फिर्ता भएको छैन / ७. बिधान संसोधनमा नया डिपार्टमेंट बनाउने बिसयमा सभापति यान राइले " Women Empowerment Department " प्रस्ताब ल्याउनु भयो / उप-सभापति सागर कोइराला र मैले त्यो तर्क पछाड़ी लुकेको भावलाई बुझेर न्यांसको काम कुनै पनि नेपालीको घरायसी झगडा सुल्झाउने नभएको हुदा, थप यो अमेरिका हो र यहाँ महिला पुरुस सबै बराबर भएको हुदा यसो नगरेर बरु " Women's Forum" बनाऊ भनेर मिलायौ / संस्थालाई पुलिसको काम गराउन पनि खोजिएको थियो / ८. सलाहकारलाई मीटिंगमा हावी हुन दिनु भनेको सभापतिको कमजोरी हो / सलाहकारलाई कुनै पनि निर्णयमा अधिकार नहुने कुरा पनि सभापतिलाई थाहा भएन / दुइटा उदहारण दिन्छु / (क) भुतपूर्व सभापति गोविन्द शाहीजीले " ए एन ए " को सरटीफिकेट बितरण गर्न "नेपाल सांझ" मा जम्मा १० मिनेट मागेका थिए / कार्यसमितिका धेरै साथीहरुले सहमति जनाइसकेको अवस्थामा पनि सल्लाहकार गोपाल खड्गीजीले हामीले ए एन ए लाई धेरै गरिसक्यौ / अब केहि गर्नु नपर्ने भन्ने बित्तिकै त्यो रिक्वेस्टलाई पूरा गर्न हामी असमर्थ भयौ / (ख) संस्थालाई धेरै कंट्रीब्यूट गरिसकेका ३ मित्रहरु राजन बर्तौला, सुभास सिंह र भक्त थापालाई " lifetime membership " दिने प्रसंग र नेपालमा कार्यरत २ नन प्रफिटलाई सहयोग गर्ने कुरामा समेत पोजिटिभ विचार सल्लाहकार गोपाल खड्गीजीले नदीदा मैले त्यहा अली चर्को स्वरमा सल्लाहकारलाई कार्यसमितिले गर्ने निर्णयमा दखल नदीन आग्रह गरे पछि मात्र ती अजेंडाहरु पारित भए / ९. " देउसी " बाट संकलन भएको रकमले " स्वयं सेवक दिवस " मनाउने कुरा सभापति यान राइले राखे / त्यसो गर्दा अर्को वर्स देखि देउसी खेल्दा नेपाली समाजले संस्थालाई सहयोग नगर्न सक्छ भन्ने कुरा कर्यसमितिका सदस्य डेन्डी शेरपाले राख्नु भयो / फेरी संस्थाको अधिवेशनको दिनमा " स्वयं सेवक दिवस " मनाउने सिलसिलामा निशुल्क खाना, नाचगान र डि जे हुने सूचना पठाएर अधिवेशन र विधान संसोधन कार्यक्रमलाई फितलो बनाउने काम सभापति यान राइले गरे / १०. नेपालमा काम गर्ने अमेरिकी नन प्रफिटहरु संग न्यान्सले सम्बन्ध राख्नु पर्ने हुन्छ / " Global Family Village " ले न्यांस संग धेरै पल्ट सम्बन्ध बिस्तार गर्ने रिक्वेस्ट गरे, नेपालीहरु मांझ विचार राखने प्ल्याटफर्म मागे / तर यस्तो कुरामा सभापति यान राइले कहिले विचार पुराएनन / धेरै पल्ट मीटिंग मा कुरा उठाए, बेवास्ता गरियो / यहाँ सम्म की " ए एन ए ", र " नेपाल अमेरिका काउंसिल (एन ए सी) " जसको " एन आर एन " संग सीधा सम्पर्क छ, ती संस्थाहरुसंग पनि सम्बन्ध बिस्तार गरिएन / हामीलाई निमंत्रना आएको थियो / न्यांसलाई कतै बाट पनि घाटा थिएन, बरु संस्था को प्रोफाइल बढ़थ्यो / " हिमालयन फेर " मा समेत हाम्रो प्रतिनिधित्व छैन / त्यति मात्र गर्न सके पनि हुन्थ्यो / केहि भएको छैन / नेपाली समाजलाई टेवा पुराउने रचनात्मक कार्यक्रमहरु गर्नुको साटो सधै नाचगान, डि जे, जांड रक्सी पार्टी मात्र गर्ने भएको हुदा र जून सभापतिको विचारमा कोषमा रकम जमा गर्नु नै सफलता बुझिन्छ, त्यस कर्यसमितिमा मेरो स्थान नरहेको आभास हुदै मैले राजीनामा दिएको हु / धन्यवाद ! Santos Blon Last edited: 26-Jan-10 07:17 AM
grgDai · Jan 26, 2010 7:06 AM · 2,079 views
Is this what they call doing your dirty laundry in public?
newlynew · Jan 26, 2010 8:11 AM
Sorry didn't mean to do any dirty laundry. Someone forwarded me this email and I thought it was interesting ...
grgDai · Jan 26, 2010 8:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion