चौतारी >> मुख्य समाचार >> सरकारले छरेका सलाईका काँटी राजेन्द्र थापा [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); काठमाडौ, २०६६ माघ १२ - आखिर जे डर थियो, त्यही भयो । शिविरमा दुःखान्त नाटक मञ्चन भई नै छाड्यो । सरकारबाट बक्सेको दस हजार र पार्टीले दिएको १२ हजार बोक्दै, घाँटीसम्म आउने युएनका गिफ्ट पाइन्ट र एकजोर जुत्ता भएको झोला, भएभरको सम्पत्ति अटाएको बक्सा च्याप्दै, आँसु झार्दै, धारेहातले सराप्दै, अयोग्य लडाकु नामक जीवका आक्रोशित, अपमानित, अपहेलित मुद्रामा शिविरबाट निस्किए । हुन त ढिलो/चाँडो यी निक्लन्थे नै, तर निकालिँदा यिनीहरूको व्यावसायिक भविष्यको पूर्ण व्यवस्थासहित पुनः हतियारवाला बन्ने कुनै सम्भावना नरहोस् भन्ने ग्यारेन्टीसाथ हुनुपथ्र्यो । तर दीर्घकालीन शान्ति तथा पुनःस्थापनाको तथ्यसँग अपरिचित शान्ति मन्त्रालयबाट अशान्तिको सर्जाम तयार पारी यिनलाई विदावारी गरियो । शान्ति मन्त्रालय 'अन्धोको नाम नैनसुख' भनेझैं देखिएको छ । अयोग्य बाहिरिँदा सबै खुसी छन् । सरकार दंग छ, सरकार अर्थात् मनोनीत मन्त्रीहरू । युएन मख्ख छ, युएन अर्थात् डलर खाने कर्मचारीहरू । दल खुसी छ, दल अर्थात् कांग्रेस र एमालेका माओवादीलाई दैनिक गाली गर्ने गालीविज्ञ नेताहरू । माओवादी पनि खुसी छ, माओवादी अर्थात् सशस्त्र क्रान्ति जारी भन्ने विस्फोटक नेताहरू । तर यी अयोग्य बाहिरिँदा उत्पन्न हुनसक्ने जटिलताबारे कसैले वास्ता गरेनन् । व्यवसाय गरी आत्मनिर्भर बनाउन हरेकलाईर् १० लाख मागिएकोमा त्यो बढी भनियो । कति आवश्यक हुन्थ्यो, त्यो अध्ययन भएन । कुन्नी, कुन देशमा रकम दिएको कार्यक्रम असफल भयो रे भन्ने तर्क जान्ने अबुझले सदाझैं फुस्स छाडे । तर विखण्डन तथा अपराधीकरणसहित सशस्त्रद्वन्द्वका लागि तयार गाउँघरमा यसरी अलपत्र पारी लात ठोक्दै विक्षिप्त मनस्थितिमा खाली हात लडाकु पठाएको चाहिँ कहाँ सफल भएको छ ? त्योचाहिँ कसैले भनेनन् । हातमा पैसा त हालिन्न, तर पैसा उनका लागि होइन, दीर्घकालीन व्यवसायका लागि हो । फन्डलाई बैंक या संस्थामार्फत या सामुदायिक व्यवसाय इत्यादि परिचालन गरी हरेकलाई सफल व्यवसायी बनाई गलत बाटो नजाने कुनै योजना बनाउनेतर्फ कोसिस भयो त ? प्रगतिअनुसार दिइने किस्ताबन्दी रिन र पछि प्रगति हेरेर छुट दिने जस्ता विविध उपाय सोचियो त ? धारापानी, बिजुलीवाला तालिम दिने एकोहोरो नारासँग, भविष्यमा आत्मनिर्भर हुने व्यवसाय गर्न आर्थिक स्रोत या रिन दिने कुरा भए त ? तालिम नै गराउनु थियो भने २/३ वर्ष किन सुत्यो अपांग बनेर मन्त्रालय ? किन गायब भए युएन तथा अन्य सरकारी, गैरसरकारी संस्था र जान्ने-सुन्नेहरू ? तालिम दिई विदेश पठाउने जस्ता विविध विकल्पबारे पनि किन सोचिएन ? एमालेलाई सत्ताको लहरेखोकी खोक्नबाट फुर्सद भए पो । कांगे्रसलाई एमालेलाई पुच्छर हल्लाउन लाउने कसरतबाट फुर्सद भए पो । माओवादीलाई सरकारको दरकार भन्नबाट फुुर्सद भए पो । युएन त युएनै भो, उसै त बुहारी भटमास खाएकी । अयोग्य लडाकुका निराशापूर्ण आँखा र धमिलो अनुहारमा सारा देशले दुःख देखेको थियो, अखबारका फोटाहरूमार्फत, तर मेरा सुरक्षामुखी आँखाले त्यहाँ देश बाल्ने सलाईका काँटी देखेँ । विखण्डनवादी, जातीय तथा क्षेत्रीय सशस्त्र समूहका लागि रेडिमेड आत्मघाती मानवबम तयार देखेँ । अपराधी समूहका लागि तयार, बदलाको आगोले जलेको स्वचालित बन्दुकका आवाज सुनेँ । छापा खोजेर फेरि तस्वीर हेर्नुस्, त्यहाँ हीनताबोध छैन । हामी योग्य छौं, हामी ऊर्जाशील छौं, हामी अग्निशिखा हौं, हामी ज्वालामुखी हौं, पख्लास् देखाइदिन्छौं भन्ने घमन्ड, आक्रोश र बदलाका फिलिंगाहरू स्पष्टै देखिन्छ । निकालिएका ओखलढुंगाका प्लाटुन सहकमाण्डर शिवराम खडका भन्दै थिए, क्याम्प छाडेको हो, क्रान्ति होइन । भैंसी, कुखुरा, बंगुर पाल्ने काम हामलाई सिकाउँछु भन्ने सरकार सचेत हुनु । सरिता विशंखेले उद्घोष गरेकी थिइन्, देशका लागि लडेर रगतका कणकणमा रहेका बमका छर्राको अपमान गरी सरकारले चकलेट दिएर भुलाउन खोज्न्ो । गोठालो बन्न शिविर छाडेका होइनौं, हामीलाई शरणार्थी या विस्थापितको प्याकेज दिनुको अर्थ के ? खोटाङकी गर्भवती चन्द्रकला राईले धरधरी रूँदै भन्दैथिन्, कम्तीमा बच्चा नपाउन्जेल त यस्तो सास्ती दिनु नहुने, कसले स्याहार्ने ? कसले हेर्ने ? निकालेर ठूलो पाप गरे । सम्बन्धित जिम्मेवारहरूका यी भनाइले कस्तो शान्तिको आसा गर्ने डेढ दशक रक्तकुण्डमा डुबेका आम भुइँमान्छेहरूले ? माओवादी नेता बलदेवले माला लाइदिँदै विदाइमा स्पष्ट तरिकाले बममा फ्युज हाले, हामीले तपाईंहरूलाई बालसैन्य र अयोग्य मानेका छैनौं । रोम जल्दा बाँसुरी बजाउने निरोको अभिनय गर्दै शान्ति मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपानेले भने, शान्ति प्रक्रियालाई सबैले इमानदारीपूर्वक अघि बढाएकाले आगामी दिन सुखद र अवसरयुक्त हुनेछ । देश बुझ्न नसकेका, युएनका आवासीय प्रतिनिधि रोवर्ट पाइपरले, नेपाललाई मिस्त्री, प्लम्बर, विद्युत प्राविधिकको जरुरत भएकोले यी युवालाई अन्यत्र नलगी यस्तै काममा लगाउनु आवश्यक छ भनेकाले अब योजना आयोगले सबै योजना त्याग गरी पाइपरले बजाएका पाइपको धुनमा देशभरि मिस्त्री, प्लम्बर र बिजुलीवाला मात्र बनाउने योजना बनाउनुपर्छ । पुनःसंरचना भन्दै निकालिने नेपाली सेनाका सिपाही तथा शिविरबाट निकालिने माओवादी जनसैनिक लडाकुलाई स्वागत गर्न माला लिएर विखण्डनवादी सशस्त्र समूह या अपराधी जत्थाहरू तयार छन् । राष्ट्रिय खतराका विविध तथ्यलाई मध्येनजर राखेरमात्र सेनाको पुनःसंरचना तथा माओवादी अयोग्य लडाकुको पुनःस्थापनाका सन्तुलित, व्यावहारिक, शान्तिसुरक्षामुखी उपायहरू अवलम्बन हुनुपर्छ भनेर सुरुमै सचेत नगराइएको होइन । तर सत्ता हाडको ङ्यारङुरमा व्यस्त तथा राज्यलक्ष्मीमा कसले धेरै र कतिचोटी ठेस्न पाउने लुछाचुँडीमा मस्त नेताजनका हातबाट आखिर यो देशमा फेरि आगो दन्किने भयो । देशभरि गाउँ-गाउँमा दाउरा, खोटा, दियाला, घिउतेल, मइन-मह लगायत ज्वलनशील हर सर्जाम तयार भइसकेको छ । आगो सल्काउन सरकारले अयोग्य लडाकुहरूलाई सलाईका काँटीका रूपमा पठाउन थालेको छ । लेखक पूर्वउपरथी हुन् ।
lovenepalalways · Jan 26, 2010 3:30 AM · 2,082 views
The writer was so true. As he has said, the things has started happening. The unqualified maoist combats will form their own group. हतियारसहित माओवादी सेनाका दुई सेक्सन कमाण्डर पक्राउ प्रदीप मेन्याङ्बो माओवादी सेनाको प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलका राजु मगर 'सम्वेग' र सुमन लुइटेल 'विकास' ।तस्वीरः प्रदीप मेन्याङ्वाे । [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); धरान, २०६६ माघ १४ - माओवादीका दुई सेक्सन कमाण्डरलाई खनार र इटहरीको सिमानाबाट विष्फोटक पदार्थ र हतियारसहित बिहीबार पक्राउ गरेको छ । पक्राउ पछि अपरान्ह चार बजे पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो । धरान-८ बरगाछीका हार्डवेयर व्यापारी नविन राजभण्डारीको ट्याक्टर र चालक कव्जामा लिएर फिरौती लिने प्रयास गरिरहेको बेला प्रहरीले माओवादी सेनाको प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलामा रहेका राजु मगर 'सम्वेग' र सुमन लुइटेल 'विकास'लाई हतियारसहित पक्राउ गरेको कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी मिङकमार लामाले बताए । उनीहरुको साथबाट एक थान प्लाष्टिक हेन्ड गि्रनेट, एक थान पेस्तोल, चन्दा संकलन गर्ने रसिद प्याड, विल, दुई थान मोवाइल र नगद १४ हजार ८ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये लुईटेललाई अनमिनले योग्य लडाकु ठहर्याएको थियोभने मगरलाई अयोग्य । उनीहरु दुवै छ बर्ष अघि माओवादी सेनामा भर्ना भएका हुन् । पक्राउ परेपछि उनीहरुले दुई महिना अघिमात्र क्यान्टोनमेन्टबाट भागेको बतााएका छन् । मगरको घर तेह्रथुमको म्याङलुङ -४ मा होभने सुमनको धनकुटाको मुडेवास-९ केरावारी रहेको उनीहरुको परिचयपत्रबाट खुलेको छ । गरीविको कारण चाँडै धनी बन्ने सपना देखेर व्यापारी अपहरण र लुटपाट गर्ने सोचले राजभण्डारीको ट्याक्टर चालक मिलन मग्रातीलाई धरान-८ तीनकुने स्थित रेडियो नेपालको रिपिटर स्टेशन छेउमा पेस्तोल देखाएर राजभण्डारीको बारेमा उनीहरुले जानकारी लिएको संचारकर्मीहरुलाई बताए । उनीहरुले चालक मग्रातीलाई बारम्बार सम्पर्कमा रहिरहन दवाव दिदै सहयोग नगरेमा परिवारको हत्या गरिदिने धम्की दिएकोसमेत उल्लेख गरे । मुस्किलले अपहरण हुनबाट बचेका नविन राजभण्डारीले पनि आफ्नो चालक मग्रातीले दिएको जानकारी अनुसार तत्कालै आफु र आफ्नो परिवारको ज्यान असुरक्षित भएको भन्दै क्षेत्रिय प्रहरी इकाई कार्यालयका प्रमुख मिङ्मार लामालाई जानकारी दिएका थिए । राजभण्डारी र चालक मग्रातीबाट प्रहरीले जानकारी पाए पछि दुई जना प्रहरीलाई सामान लोड गर्ने मजदुर बनाएर ट्याक्टरका साथ इटहरी पठाएका थिए । उनीहरुको सम्पर्कमा रहेका चालक मग्रातीलाई इटहरी पुगेर दुवैलाई बोलाउने योजना अनुसार बिहीबार उनीहरु पक्राउ परेका हुन् ।
lovenepalalways · Jan 28, 2010 5:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion