Clever person playing with words

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

kasto biased article पृथ्वीनारायण र गजेन्द्रनारायण सीताराम अग्रहरि   केही वर्षपछि अहिले जोडतोडले पृथ्वी जयन्ती मनाइयो । लगभग उनलाई प्रतिष्ठापित गर्ने शैलीमा । यसैगरी सङ्घीयताविरुद्ध असङ्घीयता आन्दोलनले पनि सञ्चार माध्यम -मीडिया)मा राम्रै स्थान पायो । मीडिया पनि कता गइरहेको छ, बुद्ध र सीता जयन्ती -सीता नवमी) आदिका बारेमा धेरै चासो हुँदैन उसलाई । सत्यका उपासक 'फेबि्रकेसन' मा बढी तल्लीन छन् । दिशाहीनता सर्वत्र बढ्दै गइरहेको छ । असल समाज बनाउने दायित्व मीडियाको मात्र होइन शङ्का छैन तर असल समाज कसरी बन्छ ? कसले बनाउँछ ? यो यक्ष प्रश्न हो । पृथ्वीनारायण शाह साहसी र सङ्कल्पवान राजा थिए तर उनले सारा राष्ट्रवासीका लागि नेपाल एकीकरण गरे भन्ने यो चाहिँ सत्य होइन । उनले धेरै दुःख गरेको सत्य हो तर नेपाल उनका लागि 'आज्र्याको मुलुक' थियो । उनको सम्पत्ति थियो । उनी विजेता थिए । कस्ता विजेता भन्ने त इतिहासमा आइसकेको छ । उनलाई श्रद्धा र अश्रद्धा गर्ने उत्तिकै छन् । तापनि उनी घृणा गर्ने व्यक्ति भने होइनन् । यसैगरी उनी आदर्श राजा पनि होइनन् । "एक दिन दरौँदीमा पौडी खेलेर थकाइ मारेका समयमा केही पर उखुबारीमा पाकिरहेका उखुका लाँक्रा देखेर श्री ५ युवराज पृथ्वीनारायण शाहलाई लाँक्रा चुस्ने इच्छा भयो र साथीहरूलाई समेत लिई केशवद्वारेको डिहीमा एक एक लाँक्रा भाँची चपाई यिनी सेराब्याँसीमा फर्केका थिए । केशवद्वारे राजदरवारकै एक खवास थिए । उखुबारीका केही लाँक्रा उखु भाँच्चिएको देखेर उनी रानी चन्द्रप्रभासँग होहल्ला मच्चाउँदै फिराद गर्न पुगे र रानी चन्द्रप्रभाले छोरालाई बोलाएर, तिमी त राजा हौ । रैतीलाई राजी रजाइँ गर्नुपर्नेमा यसो किन गर्‍यौ, भनेर हलुका हप्की दिइन् । श्री ५ पृथ्वीनारायण शाहले हप्की चुपचापसँग सहेर केशवद्वारेलाई राजदरवारको ढोका बन्द गरिदिए ।" -श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी ः बाबुराम आचार्य) इतिहासको त्यो एक छुट्टै कालखण्ड थियो । छुट्टै परिस्थिति, छुट्टै सन्दर्भहरू थिए । उनी महìवाकाङ्क्षी थिए । सानो गोरखाका राजा ठूला नेपालका महाराज बने । हारेर पनि उनी हरेस खाने व्यक्ति थिएनन् । उनको दृढताबाट, नेतृत्व क्षमताबाट सिक्नुपर्छ । तर, उनी एकताका प्रतीक थिए, राष्ट्रनिर्माता थिए भन्नु सही होइन । उनको फूलबारीमा केही खास फूलले मात्र फक्रने अवसर पाए । यति हुँदाहुँदै उनीमाथि रिस पोख्नुको तुक छैन । प्रतिकूल परिस्थितिमा सङ्घर्ष गर्न छाड्नु हुँदैन भन्ने सिक्नुपर्छ पृथ्वीनारायण शाहबाट । आˆना प्रजाका उखुबारीमा पस्ने, गुनासो आउँदा दरबारको ढोका बन्द गरिदिने राजा आदर्श राजा हुनसक्दैनन् । यो इतिहासको एउटा अध्याय हो । एक्काइसौँ शताब्दीमा त्यो अध्यायलाई समाएर के, कति लाभ हुनसक्छ, सोच्नु जरुरी छ । आज नेपालीलाई पृथ्वीनारायणभन्दा बुद्धको सूत्र जरुरी छ । पृथ्वीनारायणबाट एउटै कुरा सिक्न सकिन्छ- ठूलो विपत्ति र विफलतामा पनि हरेस खानु हुँदैन । तर पृथ्वीनारायण समाधान हुनसक्दैनन् । पृथ्वीनारायण एकताका 'रोल मोडल' हुनसक्दैनन् । 'रोल मोडल' हुनसक्छन् भने बुद्ध नै । सम्राट अशोकले रक्तरञ्जित कलिङ्ग युद्धपछि बुद्धमा समाधान देखे । आम्बेडकरले दलितहरूको आत्मसम्मान र मुक्तिका लागि बुद्धमा निकास देखे । दुःखको कुरो, नेपालीहरू गम्भीर भएर बुद्धतिर हेर्दैनौँ । थाहा छैन शस्त्र र शक्तिप्रेम, हिंसा र हठवादिताको आधिक्य किन छ नेपालीमा ? अङ्ग्रेजहरूले पददलित भारतलाई जोड्ने कम काम गरेका थिएनन् । रेल, सडक, सञ्चार, आधुनिक शिक्षा विस्तार गरे । सन् १८५७ मा त सानातिना राजा रजौटा पनि बेलायती साम्राज्य अन्तर्गत आए । के यो भारतको एकीकरण थियो ? हाम्रा प्रगतिशील विद्वानहरूमा समेत स्वतन्त्र चिन्तनको अभाव छ । यो राष्ट्र अब पृथ्वीपूजाले एकताबद्ध, सशक्त र सामथ्र्यवान बन्न सक्दैन । उल्टो यसमा कताकता हिटलरवादी हैकमको गन्ध र महेन्द्रवादी रोदनको छनक पाइन्छ । कसैको दिल दुःखाउन यो लेखिएको होइन । खाली यो भन्न कि पृथ्वीनारायण शाहभन्दा पनि हजारौँ वर्ष अगाडि हाम्रा पुर्खाले जुन 'दिव्योपदेश' छाडेर गएका छन् ती सक्कली छन् । तिनमा एकता, करुणा, प्रेम, भ्रातृत्वको सूत्र छ । तरवार, बन्दुकको धार अथवा नाल सहायक मात्र हुनसक्छ । शस्त्र मूल होइन, शास्त्र मूल हो । विचार र सिर्जना मूल हो । आज राष्ट्रमा किन दिशाहीनता व्याप्त छ ? राजनीतिज्ञहरूलाई धेरै भनिसक्यौँ, आचार्यहरू, प्राज्ञहरू परतन्त्र, परमुखापेक्षी, सत्ताकाङ्क्षी भए । यो पनि ठूलो कारण हो । सबैथरिमा स्वार्थ बढेको छ, सङ्कीर्णताले उदारतालाई च्यापेको छ । राजनीतिज्ञहरूको त कुरै नगरौँ । माओवादी अव्यावहारिक विरोध तथा असान्दर्भिक प्रतिरोधमा लागेका छन् । सत्ताकब्जा, जग्गा कब्जा जस्ता कुराले काम दिँदैन । जनता गरिबी, बेरोजगारी र महङ्गीको मारमा पिल्सिरहेका छन् । शान्ति, संविधान, समृद्धि जस्ता धेरै चुनौती छन् । उनीहरू भने अर्कैतिर अल्भिmरहेका, अल्भिmदै गइरहेका छन् । अवश्य भारतीय सेनापतिले बोल्न नहुने कुरा बोले तर त्यसको कूटनीतिक तवरमा प्रतिरोध गरिनुपर्‍थ्र्यो । यता रक्षामन्त्रीले झन् आगोमा घीउ थप्ने काम गर्नुभयो । प्रधानमन्त्री अध्यक्ष रहेको समितिको निर्णय अन्तिम नहुने रक्षामन्त्रीको भनाइबाट प्रधानमन्त्रीको साख, प्रतिष्ठामा आघात पुगेकै छ, मन्त्रिपरिषद्को एकतामाथि पनि प्रश्न उठेको छ । यो पार्टीभित्रको गुटबन्दीको परिणाम हो अथवा गैरजवाफदेही वा संवेदनहीनताको उदाहरण ? माघ १० गते गजेन्द्रनारायण सिंहको नवौँ पुण्यतिथि हो । गजेन्द्रनारायण सिंहलाई कसरी सम्झने ? उनी जीवित रहेको भए अहिले ८१ वर्षका हुन्थे । २००६ सालमा उनले सत्याग्रहमा भाग लिए, कुटाइ खाए । लामो समयसम्म काङ्ग्रेसमा बसे । २०१७ सालमा जेल परे । १८ वर्ष भारतमा निर्वासित जीवन विताए । जनमत सङ्ग्रहको बेला स्वदेश फर्के । मधेशको मुद्दामा पार्टीभित्र टक्कर पर्‍यो । हर्क गुरुङ प्रतिवदेनले सद्भावना परिषद्का नेताको रूपमा नयाँ गजेन्द्रनारायणको जन्म भयो । त्यसपछि झनै दुःख । गिरˆतारी, जेल, राजकाज मुद्दा सामान्य कुरा बन्यो । २०४२ सालमा रामराजाप्रसाद सिंहले बमकाण्ड गराए, पक्राउ परे गजेन्द्रनारायण । गजेन्द्रनारायणको हातमा हत्कडी, पाउँमा सिक्री लाग्यो । हनुमान ढोकाबाट छोडिँदा एक प्रहरी अधिकृतले सोधे, तपाईँ बारम्बार पक्राउ पर्ने काम किन गर्नुहुन्छ ? 'राजा, देश र जनताविरुद्ध मैले केही गरेको छैन ।' अनि किन पहाडे-मधेसे भन्नुहुन्छ ? अधिकृतको प्रश्न थियो । "म सम्पूर्ण मधेशीलाई नेपाली बनाउन चाहन्छु' गजेन्द्रनारायणको जवाफ थियो । गजेन्द्रनारायण विभेदविरुद्धका शान्तिकामी आवाज थिए । मधेसी जनतालाई समानताको हक दिलाउन, तिनको भाषा, संस्कृति तथा पहिचानलाई मान्यता दिलाउने अहिंसावादी, गान्धीवादी नेता थिए । आˆनो एउटा भाषणमा उनले भनेका थिए, 'मधेश र मधेशीलाई यस देशको अभिन्न अङ्गका रूपमा मान्यता दिलाउने मेरो उद्देश्य हो ।' तर शासकवर्गले कहिल्यै उनलाई ठीक ढङ्गले बुझ्न सकेनन् । मिडियाले समेत उनलाई होच्याएर 'गज्जु बाबु' भन्ने गथ्र्याे । साथै विखण्डनकारी र साम्प्रदायिक पनि । यति हुँदाहुँदै पनि उनले आश र धैर्य गुमाएनन् । भारतमा बहुसङ्ख्यकले अल्पसङ्ख्यकको भावना बुझेझैँ स्थिति थिएन यहाँ । तैपनि उनले हिंसात्मक बाटो रोजेनन् । अहिंसावादी गजेन्द्रनारायणलाई नबुझ्दा मधेसमा भित्रभित्रै हिंसावादी आगो सल्कँदै गएको हो । मधेसलाई हिंसाको आगोबाट बाहिर ल्याउने नेताको कमी उनको निधनपछि खट्किँदै गएको छ । आˆना कार्यकर्ता, नेतालाई शान्तिवादी गजेन्द्रनारायणले नियन्त्रणमा राखेका थिए । सद्भावना पार्टीका 'गरमपन्थी' नेता श्यामलाल मिश्रले एकपटक यो पङ्क्तिकारलाई भनेका थिए, गजेन्द्रबाबुले मलाई 'डीप पि|mज'मा राखिदिनुभएको छ । उनका कमजोरीहरू नभएका होइनन्, पार्टीभित्रका चाप्लुसहरूका प्रभावमा उनी नपरेका होइनन् तर उनी कथित राष्ट्रवादीहरूले भनेझैँ अराष्ट्रवादी थिएनन् । आˆनैले नसुनेपछि, बिरानो बनाइदिएपछि उनी भारतीय झोला बोक्न बाध्य भएका थिए । त्यो पनि मधेसीको हक दिलाउन । मधेसीलाई दोस्रो दर्जाका नागरिकबाट मुक्ति दिलाउन उनले केही सम्झौता गरेकै हुन् । त्यो राष्ट्रको हितमा थिएन भने यसमा राष्ट्रियताका ठेकेदारहरू नै दोषी छन् । नेपाल सद्भावना पार्टीको प्रथम अधिवेशनका बेला उनले स्पष्ट शब्दमा भनेका थिए "मधेशीका आशामा कुठाराघात भएमा प्रतिक्रियास्वरूप तराईको नयाँ पुस्ता एक भयावह दिशामा जानसक्छ ।" मधेस आन्दोलनको सन्दर्भमा यो कति सत्य साबित भयो । My analysis about the article 1. He points out one weakness of PNS and says he cant not be a "adarsa raja" 2. He points out many weaknesses of Gajendra Narayan Singh and says he was a great and visionary leader. 3. He blames PNS and says that unification of Nepal was not for its people ( by the way who re living in the country now). Its just playing of words

_____ · Jan 23, 2010 6:26 PM · 11,212 views

2 Replies

No time to read such an article.. sorry.... lot of craps are written in Nepal in the name of journalism.

Ved555 · Jan 24, 2010 9:50 AM

'सीताराम अग्रहरि' जी वाह कस्तो लेखाइ !!! वाइयात logic दियर पृथ्वीनारायन शाहले अल्लारेमा उखु चोरेको द्रिस्टान्त दिदै कुतर्क दिनुभयो । तेस्ता साना-तिना उट्पट्यग् नगरी तपाईंको बल्यकाल पनि बितेन होला ?  पृथ्वीनारायन शाह भन्दा ठुलो गज्जु बाबु बनाउने ध्रिस्टता खेद्जनक छ ।

hos prashad · Jan 24, 2010 11:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all