सर्बस्व छ तिमीलाई उपहार मेरो आफूभन्दा बढी प्राण तिम्रो प्यारो रित्तो घडालाई जसरि जलको छ आस प्यासी छु म तिम्रो नपाई साथ देउ मलाई तिम्रो प्रेमको धारा तृष्णा मेटाइ देउ तिमि मेरो आज एकपटक तिमि मलाई मुटुमा साच तिम्रो रहर पूरा गर्ने मेरो छ बाचा भाबना मेरो बुझिदेउ तिमी म मायामा खेल्ने मायालु हैन तिम्रो मुटुमा मैले आफुलाई पाए हासोमा तिम्रो रमाउन पाए तिम्रो आसू पुछिदिन पाए चाहिन्न मलाई, अरु केहि बाच्न सुखमा खोज दु:खमा खोज हारमा खोज या जितमा खोज झरीमा खोज या घाममा खोज चाहे कोलाहलको माझमा खोज तिमीलाई मेरो सदा छ साथ झरेर जाने पात म हैन झुल्केर निभ्ने म बत्ति हैन जबसम्म सास यो मुटुले फेर्छ यो मनले तिम्रो नाम नै जप्छ फूल झैँ पबित्र छ मेरो माया स्वीकारि देउ यसलाई आज बाचा यो मेरो, तिमीलाई सधै त्यो आँखा रसाउन दिने म छैन चाहे छटपटु चोट ले बरु तिमीलाई चोटले छुने नि छैन मेरो माया कुनै बन्धन हैन तिमीलाई घोच्ने काडा यो हैन थामिदेउ तिमि यी हात आज मलाई केवल तिम्रो मायाको आश फगत तिम्रो मुटुमा बास फगत तिम्रो मुटुमा बास Just a place in your heart…. Just a place …..
gairamailo · Jan 23, 2010 2:35 PM · 4,561 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion