माओवादीको अनिश्चितकालीन हड्ताल स्थगित------- बल्ल आनान्द हुने भयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रहपछि माओवादीले आइतबारदेखिको अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको छ ।  यसैबीच माओवादी अध्यक्ष दाहालले शुक्रबार नै प्रेस विज्ञप्ती जारी गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रबाट सहमति हुने विश्वासका साथ वन्द स्थगित गरेको जनाएका छन् । 'संयन्त्रबाट राजनैतिक गतिरोधको अन्त्यकालागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० गते देखिको अनिश्चितकालीन आम हड्ताल हाललाई स्थगित गरिएको छ,' दाहालले बिज्ञप्तीमा भनेका छन्, 'राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताकालागि देशव्यापी सञ्चालित अभियानात्मक कार्यक्रमहरु भने जारी रहनेछन् ।'   दाहालले गतिरोध अन्त्यकालागि सहमति निर्माण भएन र राष्ट्रिय स्वाधीनता, शान्ति र नयाँ संविधान निर्माणविरोधी षड्यन्त्र जारी रहेमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रेस वक्तव्यको पूर्ण पाठः हाम्रो पार्टीले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चतालाई केन्द्रमा राख्दै शान्ति र नयाँ संविधान निर्माणको कार्यभारलाई सुनिश्चित गर्नका लागि चौथो चरणको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ । यसैक्रममा हाम्रो पार्टी समेत संलग्न राजनैतिक पार्टीहरुबीचको उच्चस्तरीय संयत्रको आज बसेको बैठकले यसको प्रभावकारी कार्य सम्पादनकालागि कार्यविधि एवं कार्यक्षेत्राधिकार (TOR) पारित गर्नुका साथै राष्ट्रपतिको कदमबाट उत्पन्न विद्यमान राजनैतिक गतिरोधको अन्त्य गर्ने विषयलाई पहिलो कार्यसूचीमा राखी छलफल शुरु गरेको छ  । यस स्थितिमा संयन्त्रबाट राजनैतिक गतिरोधको अन्त्यकालागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० गते देखिको अनिश्चितकालीन आम हड्ताल हाललाई स्थगित गरिएको छ । राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताकालागि देशव्यापी सञ्चालित अभियानात्मक कार्यक्रमहरु भने जारी रहनेछन् । विद्यमान गतिरोधलाई अन्त्य गर्नकालागि सहमति निर्माण गरिएन र राष्ट्रिय स्वाधीनता, शान्ति र नयाँ संविधान निर्माण विरोधी प्रतिक्रान्तिकारी षडयन्त्र जारी रहेमा भने हाम्रो पार्टी अझ सशक्त रुपमा स्थगित कार्यक्रमलाई नयाँ उचाईमा सञ्चालन गर्न बाध्य हुने कुरा पनि स्पष्ट गर्न चाहान्छौं । मिति: २०६६ माघ ८ (प्रचण्ड) अध्यक्ष एकीकृत नेकपा (माओवादी) www.nbsansar.blogspot.com

fxcmnabin · Jan 23, 2010 1:46 AM · 8,652 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all