त्यो नेवा राज्य मेरो होइन।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म एक काठमादौ बासी नेवार हु। सबभन्दा पहिला म नेपाली हुँ त्यसपछी मात्र म नेवार हुँ। मेरो घर काठमाडौंमा हो तर नेवा राज्यमा होइन। मलाई त्यो नेवा राज्य चहिदैन। म मेरो नेपाली दाजुभाईहरु सँग झगडा गर्न चाहन।

Micky_Mouse · Jan 22, 2010 1:36 PM · 39,494 views

30 Replies · Showing 21 - 30
Page 2 of 2

सबै जना आफ्नो आफ्नो डम्फु बजाउन मा ब्यस्त छन मानौ नेपाल तिन्को बौको सम्पत्ति हो र आज अन्स्बन्डा गर्न चहान्चन् ल पढ्नुस् भबिस्यको स्मस्या आजै संविधान बन्छ; बनाएरै छाड्छौं अक्कलबहादुर थिङ सभासद्, एकीकृत नेकपा मावादी, काभ्रे-२ संविधानसभा त स्थगित छ। समय कसरी बित्दैछ? संविधानसभामा बिजनेस नभए पनि व्यवस्थापिका चाहिँ चलिरहेको छ। त्यसैले जिल्लातिर विकास-निर्माणको काममा भनसुन गर्ने र पार्टीको साङ्गठनिक गतिविधिमा बढी ध्यान केन्द्रित गरेको छु। तपाईको पार्टीले घोषणा गरेको ताम्सालिङ र नेवाः राज्यबीच विवाद बढेको हो? हाम्रो पार्टीले सैद्धान्तिक रूपमा मात्र गणराज्यहरू घोषणा गरेको हो। सिमाङ्कन गरेको छैन। सिमाङ्कनका बेला विवाद पनि हुनसक्छ। जिल्लाको हिसाबले काभ्रे ताम्सालिङ राज्यभित्रै पर्छ। उहाँहरूले बनेपाको दाबी गरे जस्तै तामाङहरूले स्वयम्भूको दाबी गरे भने के हुन्छ? काठमाडौँ वरिपरिका तामाङले काठमाडौँ दाबी गरे भने त्यसलाई मान्ने कि नमान्ने? नेवार जाति बसन्तपुरमा मात्र सीमित भएको प्राचीनकालमा यहाँका फाँट ह्याङ्लाबू अर्थात् हाम्रो खेत हुन्। ताम्सालिङ राज्यको सदरमुकाम कहाँ राख्ने सुरमा हुनुहुन्छ? त्यसबारे कुनै निणय भएको छैन। सबैको सल्लाहले जनतालाई सुविधा हुने गरी राज्यको सदरमुकाम राख्नुपर्छ। त्यसो गर्दा जनताले तीन घण्टामा राज्यबाट सेवा पाउनुपर्ने कुरामा ध्यान दिनुपर्छ। तर, तपाईहरूले घोषणा गरेको ताम्सालिङ राज्य त गणेश हिमालदेखि गौरीशंकरसम्म फैलिएको छ। कसरी तीन घण्टामा सेवा दिने? राज्यभित्र स्वशासित इलाकाहरू बनाएर तिनै इलाकामार्फत काम गराउँदा यो समस्या हल गर्न सकिन्छ। अन्य राज्यका हिसाबमा भने यस्तो भौगोलिक विषमता छैन। तपाईहरूले घोषणा गरेको राज्यको विरोधमा हेल्मो र चेपाङहरूले आवाज उठाएका छन् नि? राज्यका लागि चाहिने सबै कुरा हेल्मो र चेपाङसित छैन। उनीहरूको राज्य बन्ने प्रक्रिया पुग्दैन। यहाँभित्र जिरेल, थामी, दनुवारको कुरा पनि छ। यी सबैलाई स्वशासन दिनुपर्छ। १५ जेठमा संविधान बनेन भने तपाई सभासद् रहनुहुन्छ कि रहनुहुन्न? संविधानसभाको महलमा संविधान जारी नहुँदासम्म सभासद् रही नै रहने व्यवस्था छ। अहिलेसम्म जे-जति छलफल भइरहेका छन् ती सबै राम्रो संविधान बनाउनकै लागि हो भन्ने दृष्टिकोणबाट पनि हेरिनुपर्छ। त्यसैले संविधान जारी नभएसम्म संविधानसभा कायम रहन्छ, भङ्ग हुँदैन। हामी संविधान बनाएरै छाड्छौँ।

_____ · Jan 23, 2010 5:31 PM

Don't you guys understand... your nepal is being sold to India... these sanghiyeta fanghiyeta.. are all just show..... Nepal is almost sold.. be prepared to call yourselves "DHOTI"

Ved555 · Jan 24, 2010 9:54 AM

I totally agree that we do should not divide our country on the basis of jaat, I am even against the creation of states on any basis. The old system of Zone and District is much better.

pokhari · Jan 24, 2010 10:53 AM

मलाइ यो थ्रेडले हांसो उठायो । किन कि यस थ्रेडमा एक नेवारले हालै प्रस्तावित नेवा राज्य आफ्नो हैन भनेर विचार राख्नासाथ तिनलाइ तारीफ गरेर उचाल्नेहरुको भीड जम्मा भएको छ । जब कि यो संघियताको खाकाले संघियता पक्षधर वा बिपक्षी कसैलाइ पनि सन्तुष्ट नबनाउने हुनाले जो कसैले पनि यो संघियताको खाका आफ्नो हैन भनेर भन्न सकिने अवस्था छ । म त यो नेवा राज्यलाइ पूर्ण रुपमा नकार्ने पक्षमा छु । किन कि, संघियताको आधार ऐतिहासिकतालाइ मान्ने हो भने नेपालमा नेवा राज्यको अस्तित्त्व इतिहासमा कतै छैन । यदि  संघियताको आधार भाषालाइ मान्ने हो करीब समान संख्यामा रहेको तामाङ र नेवार बीच भू-बितरण अत्यन्तै असमान छ, उति नै जनसंख्या भएको तामाङलाइ नेवार भन्दा २० गुणा बढी क्षेत्रफल ओगटेको लागा कोरेर संघियताको खाका संगै बिबादको बिऊ रोप्न खोजेका छन । जसले यो षडयन्त्र गरे तिनीहरुले संघीयताको अवधारणालाइ असफल गराउने दाऊ राखेका छन । यस्तो षडयन्त्रमुलक संघीयताले कुनै हालतमा सकारात्मक परीवर्तन ल्याउने छैन । संघियताको एउटा प्रमूख भावनात्मक पक्ष छ - त्यो हो अपनत्त्वको भावना । बिगतमा जनसंख्याको ठूलो पंक्ति मुलधारभन्दा बाहिर रहनु पर्दा त्यसले जनतालाइ यो देश मेरो पनि हो मैले पनि देशको पतनको जिम्मेवारी लिनुपर्छ भन्ने भावना जाग्दैजागेन । फलत देश भ्रष्टाचार र कुशासनले चुर्लुम्म डुबुञ्जेल पनि खबरदारी गर्न कोहि अगाडि सरेनन । राजनीतिक नेताहरुले त्यो अबस्थामा जनअसन्तोषलाइ टिपे र आन्दोलनहरु सफल बनाए - राजनीतिक फाइदा उठाए । अहिले पनि मुलत नेपालको राजनीति बिगतभन्दा केहि फरक छैन, नाम बाहेक । त्यसैले हामी त्यहि बिकृति बिसंगतिको भद्दा उदाहरणहरु दिनदिनै देख्दै छौ । जति समय जनताको सर्वसहभागितालाइ रोक्न सकिन्छ यी गिद्धजस्ता नेताहरुलाइ देश लुछ्ने मौका मिलिरहन्छ । जनताको सर्वसहभागिता सहित स्थापना हुने संघियताले यो क्रमलाइ रोक्ने छ भन्ने मेरो बिश्वास हो - किनकि यसले स्थानीय जनतालाइ अपनत्त्वको महशुस गराउने छ र जनताको खबरदारी प्रभावशाली हुने छ । तर नामांकन र सिमांकन दुबैमा जालझेल गरेर हाल प्रस्तावित संघियताको खाकाले नेवारहरुलाइ अपनत्त्व महशुस हुने आधार समाप्त पार्ने खोजेको देखिन्छ । यसमा प्रभावशाली राजनीति पार्टीका नेतृत्त्वले नेवार समुदाय बिरुद्ध ठूलो षडयन्त्र गर्न खोजेको देखिन्छ । चित्त बुझाउने ठाउँ नै नहुने यस्तो नेवा राज्य मेरो हो भन्न त म सक्तै सक्तिन । यो नेवा राज्य त्यहि गिरीजालाइ होस, त्यहि माकुनेलाइ होस, त्यहि प्रचण्डेलाइ होस, त्यहि उपेन्द्रे, गच्छदारे, ठाकुरे, बाबुरामे, ओलि, खनाले जो जो छन काठमाण्डौमाथि गिद्ध दृष्टी राखेर बसेका तिनीहरुकै होओस । मलाई त्यो नेवा राज्य चहिदैन।

chanaa_tarkaari · Jan 24, 2010 5:52 PM

Dear Nepalese Fellows, I cannot refrain anymore from witing my responses to this thread.  I am so glad to see the responses in this thread built around the love for the motherland.  Yes, indeed, there are Nepalese like you who are proud to say "Nepalese" first and everything else is secondary. We are watching the division, disintegration and destruction of our beautiful motherland in a name of change.  I hope the change is not designed by the failed political leadership to hijack democracy in Nepal.  I have no interest to see a labor camp in Lumbini.  I have no interest to see ethinc cleansing like in Kosovo in my motherland. Hang on, my fellow Nepalese!  A great leader shall born, new political variables will come in the political arena and new equations will be written.  We will prevail!  Let's believe it. I am a person who will turn the words into action.  I knew back then when I followed the so called leaders to bring a political change in Nepal, these leaders were not going to do much for the people.  That's what happened. Yes, it was my fault as well like many others, I left Nepal 19 years ago.  I am a naturalized US citizen, but feel like I am just a drop in a sea of people.  Nepal, that's where my heart is. I am happy for my academic and professional achievements, but not satisfied and I am still a Nepali.  Please do not respond to me with negative ideas and I have no interest to be draged in senseless debate here. We shall come united as Nepali in such a difficult time of our country.  Let's unite our voices to sing the songs of liberty and nationality. So long, fellows!

ChitraP · Jan 24, 2010 6:47 PM

  चना दाई, माफ गर्नु होला मलाई यहाँको कुरा पढेर त झन् धेरै हाँसो उठ्यो। मेरो एउटा प्रश्न छ यहाँको अपनत्वको भावना सम्बन्धमा; नेवार राज्य अथवा जुन सुकै पनि जातिय राज्य घोषणा गर्नुको उद्देस्य कस्तो किसिमको अपनत्व जगाउनु हो? यो राज्य मात्र हाम्रो हो, हामीले यसलाई मात्र बनाउनु पर्छ अरु सब भाडमा जाउन् भन्ने हो? त्यसो भए आफु बसेको राज्य मात्र आफ्नो बाँकी नेपाल चाँही आफ्नो होइन? सिङो नेपाल प्रतिको अपनत्व चाँही नचाहिने भयो है हामीलाई? धेरै पढेलेखेका भनिएका र नेपालका बौदिक बर्ग भनिएका यहाँहरु अझै जातिय नामांकन र सिमांकनको चक्करमा ठक्कर खाएको देखेर मलाई अलिकति भने पनि सन्तोष लाग्यो, कारण: लगभग पाचँ बर्षअघि आफु भने अली तल्लो जातको केटीसँग मेरो मायाप्रेम बस्न गएको थियो, पछी घरमा आमालाई म यो केटी बिहे गर्छु भन्दा घरमा कोलहाल मच्चियो, दिनदिनै रुवाबासी, महिनौ सम्म बोलचाल बन्द, मलाई वाध्य भएर त्यो केटी त्याग्नु पर्ने अवस्था आयो। मैले आफुलाई धिक्कारे, आफ्नो पढाईलाई धिक्कारे, मैले पढाईमा हासिल गरेका सर्टीफिकेट र मार्कशिटहरु जम्मै आगो लगाइ दिउ जस्तो लाग्यो, हरे मैले यत्रो पढेर पनि आफ्नो बाबुआमालाई यो जातभात भन्ने हुँदैन भनेर सम्झाउन सकिन है, धिक्कार छ मलाई भनेको जस्तो लागेको थियो। तर हिजोआज जती जती साझाको थ्रेड हेर्छु, जती जती हाम्रा क्रान्तिकारी नेताहरुको बिचार पढ्छु, अनी लाग्छ, ए मेरो आमाबाबु मात्र त होइन रहेछन् है जातभात मान्ने, यत्रा पढेलेखे भनेका मान्छेहरु पनि त मान्दा रहेछन् जातभात। तर यसो भन्दैमा म मानवीय भेदभाब बिरुद्दको लडाँईमा भाग लिन चाँही छोड्दिन, एक दिन त कसो नहट्ला त यो जात र म यो जात भन्ने भावना! भन्नुहोला 'बड जान्ने हुन्छस् हामीले कहाँ जातभातको कुरा गरेका छौ? यो त आफ्नो पहिचान को कुरा मात्र हो, यो त अपनत्वको कुरा मात्र हो, आफ्नो कलासंकृति फैलाउने कुरा मात्र हो,' तर म भन्छु जब तपाईं अपनत्वको लागि सिमांकन र नामांकन भएको जातिय राज्य चाहनु हुन्छ, तपाईंमा नेपालको अरु जातीप्रती मात्र होइन तपाईंको जातिय राज्यमा नपर्ने देशको अरु भुगोल प्रती पनि सद्भाब रहेनछ भन्ने कुरा प्रस्ट देखिन्छ, यो त जातिबाद भन्दा पनि एक कदम अझ अगाडि....... उफ्फ्, के होला सारा नेपालीको भबिस्य? मेरो देशको भुगोलको भबिस्य?   

Geology Tiger · Jan 24, 2010 6:59 PM

*ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल,अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल  बहुल जाति, भाषा, धर्म, संस्कृति छन् बिशाल  अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल. *How ironic is it? Last edited: 24-Jan-10 08:11 PM

soullesseye · Jan 24, 2010 8:10 PM

छिमाबू रावण !! कति झगडा गारी राख्या भन्या | मिलेर बसे भई हालयो नि !!! मामपखा मस्त

dalle_momo · Jan 24, 2010 9:33 PM

क-कसलाई आफ्नो राज्य चाहिएको रहेछ/ अथवा यो खाली माओबादी (आतंकबादी) नेताहरु र उनीहरुको चम्चाहरुलाइ मात्र / सबैले यौटा कुरा के बुझौ भने “दाहाल” भनेको नेवार हैन/ प्रचण्ड दाहालले नेवारी लुगा लगाएर “नेवा राज्य” घोसणा गर्दैमा नेवा राज्य बन्दैन / म पनि पक्का नेवार हुँ, घरमा र भेटाएसम्म साथीहरुसंग नेवार बोल्छु / तर मलाई छुट्टै नेवार राज्य स्वीकार्य छैन /

Gwachaquarian · Jan 24, 2010 9:39 PM

जिटिजु, संघियता हुनेबित्तिकै सबै आफ से आफ ठीक हुने होइन, यसले अहिले बिग्रेर भताभुङ्ग भएको देशलाइ बिस्तारै बनाउने प्रक्रियामा हुल्ने छ, त्यसको निमित्त अपनत्त्वको भावना एकदम जरुरी छ । खोक्रो आदर्श छाँटेर समग्र नेपाल मेरो हो भन्नु पर्छ, क्षेत्र र जाती नभनी सिङगो देशको भलाइ हेर्नु पर्छ, परीवार र समाज हैन सम्पूर्ण जनताको लागि मर्नु पर्छ भनेर भन्नेहरु धेरै देखियो, तर खोइ त नतीजा ? नेपाल बिग्रेको खोक्रो आदर्शले गर्दा हो । त्यसैले यस्ता आदर्शका कुराहरु सुन्नलाइ मिठो मात्रै हो - मैले त्यस्ता फोस्रा कुराहरुको पछि लाग्न छोडिसके । संघियता देश बनाउनलाइ चाहिएको हो, बिगार्नलाइ हैन । तर अपनत्त्वको भावना नहुने संघियताले बनाउने हैन बिगार्ने छ । संघियतालाइ बिद्रुप बनाएर बिगार्न चाहनेहरु शायद आफ्नो पकड गुम्ला भनेर अनेक अस्वाभाविक कदम चालीराखेका छन । त्यसको पहिलो कडी नामांकन र सिमांकनकि घनचक्करमा यसलाइ फसाउन खोज्नु हो । त्यो बेठीक छ भन्ने मेरो बिचार हो । करीव ५.६% जनसंख्या भएको नेवारलाइ टापु जस्तो ०.१५% क्षेत्र, र उत्ति नै ५.६% जनसंख्या भइको तामाङलाइ १२रु% भन्दा बढी क्षेत्र, यो कसरी कुन हिसाबले जायज भयो? म अचम्ममा पर्छु, किन देश बिकासमा इमान्दार प्रयास गर्ने, अग्रणि सहभागिता जनाउने, तथा देशको अर्थतन्त्रमा उच्च योगदान पुर्याउने नेवार समुदायलाइ शासक बर्ग सँधै थिचोमिचो नै गर्न चाहन्छ ?  "तर म भन्छु जब तपाईं अपनत्वको लागि सिमांकन र नामांकन भएको जातिय राज्य चाहनु हुन्छ, तपाईंमा नेपालको अरु जातीप्रती मात्र होइन तपाईंको जातिय राज्यमा नपर्ने देशको अरु भुगोल प्रती पनि सद्भाब रहेनछ भन्ने कुरा प्रस्ट देखिन्छ, यो त जातिबाद भन्दा पनि एक कदम अझ अगाडि......." अब नीजि विचारमा टेकेर आरोप प्रत्यारोप लगाउनाको काम छैन । सद्भाव के कति छ भन्ने कुरा बोलीको भरमा तौलिने कुरा पनि हैन । भोको पेटले डाँडावारी खाँउ अघाएको पेटले डाँडापारी खाँऊ भन्छ भन्ने त हाम्रो उखानै छ, त्यसैले तपाइलाइ गैर-खसको पीडा र मर्का जति नै ब्याख्या गरेपनि बुझ्नुहुन्न । एउटा कुरा चै सच्याउनोस, नेवार जात हैन, त्यसैले नेवारले खोजेको संघीय राज्य जातीय आधारको राज्य चै हैन । Think Global Act Local  भन्छौ नि हामी । हाइटीको बिनाशको थुप्रोमाथि बसेर ग्लोबल वार्मिङ वा ग्रीनहाउस ग्यास वा नानोटेकको कुरा गर्न किमार्थ सकिन्न । जुम्लाको अभाव मेट्न जुम्लीलाइ ने सर्वेसर्वा नबनाइ बनाएको योजनाले कुनै काम गर्दैन, संघीयता नेवारलाइ मात्र चाहिएको हैन, पिछडिएको सबैलाइ अगाडि आउन चाहिएको हो । संघियता  Act Local  को निम्ति हो । जुम्लाको बिकासको निम्ति जुम्लीलाइ अधिकार दिनु पर्छ भन्नु उनीहरुप्रति सद्भाव नहुनु हुन्छ ? संघियताको बिरोध गर्नु भनेको जुम्लाको बिकास पनि मैले भनेजस्तै, काठमाँडौको बिकास पनि मैले भने जस्तै हुनु पर्छ भन्नु हो, जुन खस एकाधिकार सहितको एकात्मक केन्द्रीयताले बिगत २५० बर्षदेखि गर्दै आयो र देशलाइ तन्नम बनाएर छोड्यो । बहस गर्ने क्रममा संघियताले केन्द्र सरकारको मातहतमा रहि काम गर्छ भन्ने किन बिर्सिइन्छ ? Think Global को काम केन्द्रीय निकायले गर्छ, र  Act Local  को काम संघिय निकायले । यस्तो बिचार राख्नु तपाइको दृष्टीमा "अरु भुगोल प्रती पनि सद्भाब नरहनु" हुन्छ भने मलाइ त्यस्तो सद्भाव पनि चाहिएन ।  रह्यो कुरा जातभात बिरुद्ध तपाइको अनुभव । तपाइ त बयस्क उमेर पुगेपछि नितान्त ब्यक्तिगत स्वार्थले प्रेरित भइ एउटी केटीको निम्ति जातभात बेठीक देख्न पुग्नु भएको रहेछ । मैले त बाल्यकालमै यो उचनीच छुवाछुत बेठीक हो भन्ने बुझेर निस्वार्थ बिद्रोह गर्ने दुस्साहस गरेको थिएँ । स्कुलमा सँधै लास्ट बेञ्चमा बस्न बाध्य गराइने कथित तल्लो जातको साथिलाइ साथ दिन उसँगै बस्ने, हिड्ने गरेको थिए । टोलका अछुत मानिने परीवारको घरको पिंढीमा बसेर सबैको सामू चिया खाजा खाएर देखाएको थिए । कसाहि, दमाइ, सार्कि, पोडेहरु छानि छानि मित्र बनाइ हिडेको थिए । एउटा होटेल, जसका साहु पनि मेरै साथिको बुबा थिए, मा चिया खान जाँदा मेरा अछुत मित्रलाइ उहाँले गिलास माझेर दे भन्नु भयो, मैले सरक्क टिपेर माझिदिएँ, उहाँको रीस कुन पारामा चढेको थियो, त्यो भोग्ने म आफुलाइ मात्र थाहा छ । टोलको धार्मिक भजन किर्तन र सामुहिक उपस्थितिबाट बहिस्कृत जस्तै भएँ । यी कुरा झेल्नु क्षणिक परीवारीक तनाव झेलेर केटी परित्याग गर्नु भन्दा धेरै फरक छ । तर तपाइ त्यो जातभात र बिभेदको कुरालाइ जबरजस्ति संघियताको मुद्दामा किन हुल्दै हुनुहुन्छ मैले बुझिन, जब कि संघियता त्यस्तो छुवाछुतलाइ बढावा दिने उद्देश्यले अगाडि बढेको मुद्दा हैन भन्ने तपाइले नबुझेको हैन जस्तो लाग्छ । 

chanaa_tarkaari · Jan 25, 2010 5:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all