'राजा'को सम्मान खाएर फर्किए कपुर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'राजा'को सम्मान खाएर फर्किए कपुर Thukka muzee ahileko sarkar भारतीय स्थल सेनाध्यक्ष दीपक कपुर शुक्रबार नेपालको औपचारिक भ्रमण सकाएर आफ्नै देश फर्किएका छन्। उनको यो यात्रा विशेष रह्यो। खासमा उनी नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पद हाम्रा राष्ट्रपतिबाट लिन आएका थिए। तर उनले राष्ट्रपतिभन्दा पनि माथिको सम्मान पाए। त्यति मात्र हो र उनलाई त राजा बस्ने गरेको नारायणहिटी दरबारमा राखिएको थियो, राजाले प्रयोग गर्ने हेलिप्याड उनका लागि प्रयोग गरिएको थियो। हाम्रा राष्ट्रपतिलाई समेत कतै जानुपर्दा विमानस्थलबाट हेलिकप्टरमा राखेर लगिन्छ। तर श्री (कति हो कति) कपुर साबका लागि नारायणहिटी मै हेलिकप्टर पुर्‍याइएको थियो। त्यहीँबाट उनलाई बोकेर हेलिकप्टर मुस्ताङतर्फ लागेको थियो। साँच्चै प्रभु कै सम्मान गरेछ उनलाई नेपालले बाब्बा… [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> कपुरका लागि सुरुमा पाँच तारे सोल्टी होटलको सबैभन्दा महँगो कोठामा बास मिलाइएको थियो। सेना समायोजन गर्न हुन्न भन्ने अभिव्यक्ति दिने कपुरविरुद्ध माओवादीले विरोध प्रदर्शन गरेर बबाल गर्ला कि भन्ने लागेर उनलाई पछि दरबारमार्गको याक एन्ड यति होटलको कोठामा सार्ने निर्णय गरियो। तर रातारात कसको दबाबमा हो कुन्नि, उनलाई त ज्ञानेन्द्र निस्किएपछि अहिलेसम्म कसैका लागि नखोलिएको नारायणहिटी दरबारको राजा बस्ने कोठा नै दिइएछ। बुधबार उनलाई नारायणहिटी दरबारमा लगिएको थियो। त्यति मात्र कहाँ हो र, पहिले राजाले प्रयोग गर्दै आएको टोखाको हेलिप्याड पनि उनैका लागि पहिलो पटक प्रयोग गरियो। कपुर कुन्नि के भित्री कामका लागि हो, मुस्ताङ जानु पर्ने रहेछ। अरु जतिसुकै विशिष्ट मान्छे भए पनि विमानस्थलमा गएपछि मात्रै त्यहाँबाट हेलिकप्टरले लान्छ। तर उनी परे विशेष प्रभु। त्यसैले नारायणहिटी दरबार कै हेलिप्याडमा टोखाबाट उडाएर ल्याइयो विशेष भीभीआईपी सुपर पुमा हेलिकप्टर। त्यहाँबाट सीधै उनलाई मुस्ताङतिर उडाइयो। टोखामा चाहिँ किन भन्नुभएको? बुढानीलकण्ठदेखि माथि डाँडामा रहेको त्यो ठाउँमा बिहान सबेरै घाम लाग्छ। अनि राजधानीलाई कुहिरोले छेके पनि हेलिकप्टर उडाउन सकिन्छ। त्यसैले अघिल्लै दिन हेलिकप्टर टोखा पुर्‍याइएको रहेछ। कपुरलाई राष्ट्रपतिले मानार्थ प्रधानसेनापतिको सम्मान दिँदै थिए। तर अवस्था यस्तोसम्म आइपर्‍यो कि राष्ट्रपतिले भन्दा उनले बढी सम्मान पाउने भए। प्रचण्डले तेस्रो चरणको आन्दोलनको समापन भाषणमा सेना समायोजनको विरोधमा बोल्ने को हो त्यो, के ऊ नेपालको गभर्नर हो? भन्दै गाली गरेका थिए। अहिले देखे होलान् गभर्नर त सानो पदमात्रै हो, उनलाई कति ठूलो सम्मान दिइयो भन्ने कुरा। कपुर मुस्ताङ गएकै दिन राष्ट्रपति चितवनमा जाने कार्यक्रम हुनसक्थ्यो। यदि उनी चितवन गएका भए त्यो विशेष भीभीआईपी सुपर पुमा हेलिकप्टर पाउने थिएनन्। उनका लागि काम चलाउ अर्कै पुमा हेलिकप्टर दिइने थियो। शायद् त्यसैले होला, राष्ट्रपतिले बाहिर जाने कार्यक्रम बनाएनन् त्यो दिन। mysansar dot com bata

lamjung · Jan 22, 2010 12:46 PM · 4,622 views

2 Replies

जाठो लम्जुङे, अनी त्यो सेनाको हाकिमलाई त आफु जस्तई चानचुने सोचिस कि क्या हो? नेपाली मन्त्री सेन प्रधानमन्त्री ईन्डिया गएको बेला कती मोज गरेर आउछन तलाई थाहा छ? भिम रावलले  त ५ लाख भारुको त माल हानेर आयो रे अस्ती भर्खर, ईन्डियाले तिरेको पैसोमा। मोज गर्न दे न कत्ती गेडा जस्तो आरिस गरेको यार।  तेरा भाग्यमा त्यस्तो हुने त कुरै आएन तर पनि कतै कही अलिकती अरुको सित्तैमा खान पएको बेला कसरी duitai haat le खान्छस? सोच्न एक पटक।  moraa  पान्दुरे! Last edited: 22-Jan-10 01:16 PM

Rodiohead · Jan 22, 2010 1:16 PM

Dhoti lai raja banauna lai ta raja hataeka hun ni yiniharule. bastards.

shere · Jan 22, 2010 2:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all