भुन्टेको नयाँ माग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

We all know how hollow is the Nepalese journalism. It's bias against federalism and prejudice stinks. The following short story has smartly portrayed the hollowness of nepalese journalism. ------------------------------------ भुन्टेको नयाँ माग - सुरेश किरण भुन्टे र च्यान्टीको फेरि झगडा पर्‍यो । भन्छन्, लोग्ने-स्वास्नीको झगडा परालको आगो । तर, भुन्टे-च्यान्टीको झगडा परालको आगो होइन । यो त ओलम्पिक टर्चको आगो हो । उनीहरूबीच हुने झगडाको रमाइलो पक्ष के भने, झगडा चर्कंदा चर्कंदै भुन्टे अथवा च्यान्टी -जो पराजित हुन्छ) अकस्मात् सडकमा आउँछ र अकस्मातै सडक बन्द हुन्छ । सडक बन्द गर्दा उनीहरूको माग हुन्छ- लोग्ने कुट्ने च्यान्टी -अथवा स्वास्नी कुट्ने भुन्टे पनि हुन सक्छ) लाई कारबाही गर । होइन भने राजमार्ग बन्द । यस्तो बन्दले बटुवा कायल हुनु स्वाभाविकै हो । कायल भएका बटुवा आएर उनीहरूलाई गाली गर्छन्, ‘साले, लोग्ने-स्वास्नीको झगडामा पनि सडक बन्द गर्ने ?’ अर्काको गाली खाएपछि दुवैजना लुरुक्क पर्ने । र, चुप लागेर बन्द कार्यक्रम फिर्ताको घोषणा गर्ने । तर, अस्ति भर्खर उनीहरूले गरेको बन्द कार्यक्रम भने अनौठो भयो । त्यसदिन पनि भुन्टे-च्यान्टीको झगडा परेको थियो । झगडाको कारण थियो- तरकारीमा अपुग भएको नुन । झगडापछि भुन्टे राजमार्गमा ओर्लियो र सदाझैँ बन्दको घोषणा गर्‍योे । यसपालिको बन्दमा उसले त्यहाँ तुल पनि टाँग्योे, जसमा लेखिएको थियो- लोग्ने कुट्ने च्यान्टी मूर्दावाद, संघीय व्यवस्था चाहिँदैन । लोग्ने-स्वास्नीबीचको नियमित झगडामा यो संघीय व्यवस्था फेरि कहाँबाट आयो ? नारा पनि नयाँखालको छ । मैले भुन्टेलाई सोधेँ, ‘के हो भुन्टे ? च्यान्टीलाई कारबाही गर्ने माग सँगसँगै यो संघीय व्यवस्था चाहिँदैन भन्ने नाराचाहिँ कहाँबाट आएछ ?’ भुन्टेले भन्यो, ‘त्यो मिडिया आकर्षणका लागि हो, दाइ । शुद्ध बन्द मात्र भन्यो भने मिडियाले टेरपुच्छरै लाउँदैनन् । उल्टो यस्तो बन्द, उस्तो बन्द भनेर आलोचना गर्छन् । संघीय व्यवस्था चाहिँदैन भन्ने नारा पनि जोडेँ भने पत्रिका, याफयाम, टेलिभिजन सबैले ठाउँ दिँदारहेछन् । त्यसैले राखेको ।’ नभन्दै एउटा टेलिभिजन क्रु त्यहाँ पुगि पनि सकेछ । पत्रकारले माइक तेस्र्याएर भुन्टेलाई सोधिहाले, ‘तपाईंले संघीय व्यवस्थाको किन विरोध गर्नुभएको ?’ भुन्टेले पनि जवाफ दिइहाले, ‘अब यहाँ संघीय व्यवस्था नआउँदा त लोग्ने-स्वास्नीको दिनदिनै झगडा छ, भोलि संघीय व्यवस्था आयो भने झन् कति झगडा हुन्छ होला ? त्यही भएर चाहिँदैन भनेको । संघीय व्यवस्था त च्यान्टीले पनि चाहिँदैन नै भन्छे ।’ टिभीवाला गए । भुन्टेले मनिर आएर सोध्यो, ‘टिभीमा फस्र्टचोटि बोलेको, मिल्या छ होइन त दाइ ? source: onlinekhabar dot com/wp/2010/01/19/41336.html

chanaa_tarkaari · Jan 21, 2010 1:42 PM · 2,958 views

2 Replies

.

chanaa_tarkaari · Jan 22, 2010 7:01 AM

Last edited: 22-Jan-10 07:03 AM

chanaa_tarkaari · Jan 22, 2010 7:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all