सुधाले नपढेको सुधाको कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE SA /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} “रुपेशलाई बोलाइस्यो हो हजुरले ?” मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् ! “किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट आयो गयो ,बिचरोलाई नसुनाएकै भए हुन्थ्यो !” “मान्दै मानेन !” मैले छोटैमा कुरा टुंग्याएँ ! &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; कसरी भनौँ उसलाई यो सानो कुरा हैन भनेर ।डक्टरले तिन महिना छ ,फाइनल स्टेज हो , बिरामीलाई यो कुरा भनेकै राम्रो भन्यो तर सुधालाई सुनाउन आँट आएन । बिस्तारै उसलाई थाहा भइहाल्नेछ , म उसलाई भन्न सक्दिन । उसलाई हेरेँ , हेरिरहेँ आफ्ना आँखाहरुलाई सकेसम्म सुख्खा राख्ने असफल प्रयास गर्दै अनुहार दुब्लाएको थियो तर पनि शालिन थियो सँधै जस्तै कहिल्यै नरिसाउने , कसैलाई हाँस नउठ्ने मेरो जोकहरुमा पनि मुसुक्क मुस्काइदिने । उ उत्तिनै राम्री थिइ , मानौँ उसले आफ्नो सुन्दरता को लागि समय रोक्ने सामर्थ्य राख्छे ।अहँ होइन , सक्ने भए म उसलाई नै भन्ने थिएँ अब समय रोकौँ ,यात्रा रोकौँ अर्को मोडमा दोबाटो आउँदैछ तिम्रो र मेरो साथ छुटाउने ! टिलपिल हुन थालेका आँखालाई अन्ततिर मोडेँ । “म चिया खाएर आउँछु तलबाट !” “हुन्छ दाई त्यतिखेर सम्म म बस्छु !” भाइले मेरो कुरा बुझ्यो । मलाई थोरै समय चाहिएको छ सामान्य हुनलाई । उ मलाई समय दिन चाहन्छ । तर सामान्य कुरा म अब कहिलै सामान्य हुन सक्दिन । मेरो एक्लो जीवन सुधा बिनाको सामान्य हुन सक्दैन ! “दिक्षा कहाँ छे ?” मैले भाइलाई सोधेँ “बाहिर !” उसले मलाई नियाल्दै जवाफ फर्कायो । उ हिजो देखी रोइरहेकी छे ।म उसलाइ नहेरी भर्यांग बिस्तारी ओर्लिएँ । छेउछाउका मलिन अनुहारहरु , भिजेका आँखाहरु नियालेँ । चिनेका आँखा कसैका नपरुन् भनी प्रार्थना गरेँ । &nbsp; &nbsp; हिजो निदाउन नसक्दा मैले एकचोटी सोचेँ पनि दिक्षाले धेर रुनु पर्ने हो वा मैले ? फेरि सोचे म किन दाँजिरहेको छु ! म स्वार्थि बन्न पाउन्न , मैले सुधालाई सकेसम्म राम्ररी बिदा गर्नु छ । उसको हात सुमसुम्याएको थिएँ , उ तिस बर्ष अघि जस्तै कोमल थिइ ! “किन नसुतिस्येको ?” उ निदाएकी थिइन “त्यत्तिकै !” “बिरामी कुर्न आउनुभएको आँफै बिरामी पर्नुहोला ,प्रेशर पनि लो छ खानपान मिलेको छैन हफ्ता दिन देखी !” उसले बिस्तारी रोकिँदै रोकिँदै बोलि !उसलाई कसरी भनौँ म अब कहिल्यै ठिक हुन्न । मेरो मुटुको टुक्रा झिक्दैछ भगवानले ।मुटु नै नभए के को प्रेशर ? “डक्टरले थोरै बोल्नु भनेको छ तिमीलाई सुत अब !” मलाई उसको हात छोड्न मन लागेन । &nbsp; अचानक हात पोल्यो ,गिलासको चिया हातमा धेरै बेर भएछ । सुरुप्प पारेँ ! सुधा चिया मिठो बनाउँछे । बिहानको पत्रिका सुधाको चिया बिना पढ्न रमाइलो हुँदैन थियो ! मैले जहाँ पायो त्यहिँ छोडेको चश्मा पनि कहाँ छ सुधालाई थाहा हुन्थ्यो । यो चिया मलाई तितो लाग्यो अचानक ! “भाइ चिनी हाल्न बिर्सेको हो ?” “हालेको थियो त दाजु !” चिया पसलेले अचम्म मान्दै मलाई हेर्यो , <span style="font-size: 10pt; line-height: 115%; font-fam

fucheketo · Jan 19, 2010 9:18 AM · 25,092 views

15 Replies

“थपौँ त ?” “भइगो !” मलाई त्यो चियामा कुनै मतलब थिएन ! &nbsp; दिक्षा थोरै सम्हालिएकी थिइ ! “ आमाको अघि नरो है !” मैले कुनामा लगेर उसलाई सम्झाएँ ! उसले पनि टाउको मात्रै हल्लाई ! “रुपेशले कल गरेको थियो ,कोरिया ट्रान्जिटमा छ रे !” “नआत्तिइ आइज भनिस् ?” दिक्षा फेरि झ्याल तिर फर्की ! मलाई थाहा छ उ आँशु लुकाउन खोज्दैछे । म पनि त्यस्तै गर्छु ! &nbsp; “तेरो अफिस जाने बेला भो होला !” मसँग भाइसँग गफ गर्न टपिक्सहरु छैन ! “हुन्छ दाइ म बेलुका आउँछु ।“ उसले आफ्नो हेलेमेट उठायो !बेलुका रुंग्नलाई केटा मान्छे चाहिन्छ दिक्षा सुतेकी छैन तिन दिन देखी आज सुतोस् , निदाउन सकी भने ! &nbsp; “दिक्षा कता गइछे ?” “तिमी सुति राख न , बाहिर निक्लेकी होली आइ हाल्छे नि !” “यो स्लाइन कतिन्जेल दिनु पर्ने हो ?” उसले आफ्नो हात हेर्दै प्रश्न राखी ! “ठिक नहुन्जेल !” सुधा मलाई ज्वरो मात्र आउँदा पनि मेरो निधार त्यहि हातले छाम्ने गर्थी , अनि मलाई सँधै ज्वरो आइराखोस् जस्तो लाग्थ्यो । जो सँग मैले आजसम्म आफ्ना कुराहरु लुकाएको छैन ,आज उसैको मृत्यु म उसँग लुकाउन खोज्दैछु । मान्छे किन यति विवश हुन्छ ? शायद अन्तिम शक्ति कोहि आफूसँग राख्न चाहन्छन् शक्ति सन्तुलनको लागि ! &nbsp; “एक छिन यता आइस्यो न !” म बिस्तारै उसको छेउमा गएँ । मलाई डर पनि थियो उसले म भित्रको आँशु देख्छे ! उसले मलाई अनायसै अंगालो मारी , सँधै जस्तै न्यानो थियो ! “नढाँटीकन भनिस्यो त कति दिन भनेको छ ,डक्टरले ? Normal 0 false false false EN-US X-NONE SA /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} उत्तर दिन कता कता घाँटिमा शब्दहरु अड्किए , चाहेर पनि आँशु रोक्न सकिन । म यो कथाको अन्त्य चाहन्न !!!! Last edited: 19-Jan-10 09:28 AM Last edited: 19-Jan-10 09:30 AM

fucheketo · Jan 19, 2010 9:26 AM

पढ्दा पढ्दै आधा पुगेक्ची फेरी सुरु देखी पढेँ। एक्छिन त घुमायो, शायद सानो मगज भएर होला, बुझ्न गार्हो लाग्यो। धेरै पछी देखा परीयो। वेल्कम ब्याक! यो पाली अली धेरै बस्नु हुन्छ भन्ने मान्या छु

perfectionist · Jan 19, 2010 9:32 AM

damn! पढ्दा पढ्दै अर्को भाग आएछ, म पनि यो कथाको अन्त्य चाहन्न !!!! भो यती मै रोकुम्!!!!!!!!!!!!!!! कस्तो बबाल, ऐले छर्लङै भो! क्या कट्क्क भो भन्या, अव्सम!!!! Last edited: 19-Jan-10 09:36 AM

perfectionist · Jan 19, 2010 9:35 AM

हम्म्म! थाहा रहेछ। के के याद आयो के के! धेरै पछि पढ्न पाइयो फुच्चेकेटोको कथा! गजबको प्रस्तुती!

Birkhe_Maila · Jan 19, 2010 9:40 AM

मेरो पनि&nbsp; घाँटिमा केही अड्किए जस्तो भयो , चाहेर पनि आँशु रोक्न सकिन! Awesome writing!

kHusHii · Jan 19, 2010 9:41 AM

:0 · Jan 19, 2010 9:56 AM

katha ko prastuti sarai ramro lagyo.... wow!!

mikha1 · Jan 19, 2010 9:59 AM

mutu nai katakka khayo!!!!! yesto ramro prastuti ko lagi dhanyabad!!!!

santosh1984 · Jan 19, 2010 8:57 PM

सुरु गर्दा गर्दै सकियो ..क्रमस पनी&nbsp;छैन &nbsp;समाप्त पनी ... अरु पानी लेखौम प्रभु ..

शास्वत · Jan 19, 2010 9:27 PM

Thanx to all readers.....

fucheketo · Feb 3, 2010 9:55 AM

Very nice !&nbsp;fuchche! arko story ali romantic lekha hai, yo story le sarai sad banayo kyaa!

crazy_love · Feb 3, 2010 10:02 AM

Whats the status of new episode phuchhe keta? &nbsp;

Ganjadi · Feb 3, 2010 3:01 PM

Fuchhey-keta ji, man nai chasakka bho antya ma , aakha rasaye mera. sarai ghat-lagdo , choto ra meetho bhasa ko katha, dohorawodai padhey. Keep it up, keep it coming.

ThahaChaena · Jul 5, 2011 6:18 PM

Fucheketo bro, you r awesome as always. Your stories r lyk watching 3d movies, everything was right there by me. @thahachaena bro thx for restarting this thread.

cajunboy · Jul 5, 2011 6:44 PM

&nbsp;My dear sudha this is your fan from NYC. I asked all loving, all forgiving, all knowing , supreme almightly in this dark and closet. Sudha, ever since you left i only see the moon and full moon comes once a month darling. Sudha, please come back as your soul never died, I know my love it is pious now pious then, and pious forver. What if you are gone, either accept my physical body from this darkness or i need sunshine, i need rain. I need season so my mood can change. Just make it sawane jhari my love and i will be wet cat for you forever. If you decided to be summer, I will dance in Coney Island for until you make if full moon. Dear, its too much dark till yesterday but today I can't breath. Just give me some illusion so i can sleep and dream re kyaa heehee kathai ta ho je lekhe ni bho ni fuchhe,&nbsp;

sijupanta · Jul 30, 2011 11:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all