संघारमा - A POEM

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न आकार हुन्छ  न प्रकार   कस्तो रहेछ माया अन्धकारमा पनि छोड्दैन मलाई तिम्रो छाया पहिलो हैन तर नौलो छ धेरै पटक माया बस्यो तरपनी  यो सुनौलो छ कती तड्पन दियो कती कम्पन सधैंभर मात्र अड्चन थियो एसपटक भिन्न लाग्दैछ मन मुटु सँग माया माग्दैछ मलाई धेरै बुझेर होकी मेरो कथा सुनेर हो उ हर छण नजिक आउँदै छ अबिरल माया लाउदै छ मन त मैले पहिले नै खनाएको तर ठाउँ छैन बनाएको उ आफ्नो ठाउँ खोज्दै छ जीवन साथी उ मलाई नै रोज्दै छ म चाहन्न बिच बाटो मा हराउन नपरोस उस्लाई रुन, कराउन मायामा पिडा धेरै हुन्छ खै कसरी सक्छु म यो कुरा बुझाउन डर उस्को लागि मात्र हैन चिन्ता मेरो पनि छ दुई चार हारमै आत्ती सके अर्को पछी त पक्कै मरिन्छ म आज बडो धर्म संकटमा छु माया र तिरस्कार को संघारमा छु एकलकाटे जिन्दगी बाट फुत्किनु छ तर अगुल्टो ले हानेको कुकुर झै भा छ एक चोटि फेरी प्रयास गरेर हेर्नु छ माया बिनाको संसार कहाँ छ?   Last edited: 15-Jan-10 11:01 AM

Narayangarh suburb · Jan 15, 2010 10:59 AM · 13,611 views

4 Replies

Narayangarh, Dherai ramro cha . Keep on posting

love life · Jan 15, 2010 11:14 AM

  नारने, अब अगुल्टो र बिजुली बिचको फरक छुट्याउनुपर्छ। मायाको बादला तिरस्कार त पक्कै पनि राम्रो होइन। बिगतका चोटहरु सम्झेर नजिक आउँदै गरेको सुन्दर भबिस्यसँग भाग्नु पनि त हुन्न।  भन्छन् नि मन पराउने हजार भेटिन्छन जुनी काट्ने एउटै हुन्छ, न यही पो हो कि नारनेको जुनी काट्ने साहारा?  

Geology Tiger · Jan 15, 2010 11:14 AM

Thanks GT and love life. thanks you guys. Enjoy the first long weekend of the year! :)

Narayangarh suburb · Jan 15, 2010 4:00 PM

Ramro cha Bro.Keep on going.Do not put Brakes.

countryroad · Jan 16, 2010 12:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all