जीबनका हरेक मोडमा म आफुलाई बिरानो पाए लक्षहरुको अनेक तोडमा जिन्दगी नै अधुरो पाए। घुम्ती - घुम्तिमा नमोडिएकि म उकाली - ओरालिमा नडोरिए जुनकिरी झै तिम्रो दियो बलेर नै विश्वास लिन्थे म तिमी त मेरै हौ भन्ने दु:खै - दु:खमा नपिल्सिएकी म भञ्ज्याङ देउरालीमा ननाचिएकी कोइलिको जस्तै मिठास थियो स्वर तिम्रै सुनेर बस्थे म तिमी त मेरै हौ भन्ने
Kaledai · Jan 15, 2010 4:20 AM · 15,374 views
राम्रो छ जीबनका हरेक मोडमा म आफुलाई बिरानो पाए लक्षहरुको अनेक तोडमा जिन्दगी नै अधुरो पाए।
simple_keta · Feb 1, 2010 4:43 AM
WOW! कालेदाइ नमस्ते! प्रेम, बिस्वास र समर्पणको सुन्दर रुप "तिमी त मेरै हौ भन्ने" तपाइको कबिता।अरु पनि पढ्न पाइन्छ भन्ने आशामा।
crazy_love · Feb 1, 2010 8:55 AM
कालेदाइ , म त , म मात्रै दिल जले भन्या त यहाँ तो सब दिल जले है भन्या जस्तो भयो । <<जीबनका हरेक मोडमा म आफुलाई बिरानो पाए,>> सुरुवात ले नै मन चुस्स छोयो , Simply Awesome
बैरे · Feb 1, 2010 9:40 AM
राम्रो भाव छ!
Birkhe_Maila · Feb 1, 2010 9:46 AM
******************************************************* राम्रो छ जीबनका हरेक मोडमा म आफुलाई बिरानो पाए लक्षहरुको अनेक तोडमा जिन्दगी नै अधुरो पाए। ********************************************************* सिम्पल जी, धन्यवाद, राम्रो लागेर पढि दिएकोमा। अनि तपाइको कबिताहरु पनि राम्रा छन्। ***************************************************************** WOW! कालेदाइ नमस्ते! प्रेम, बिस्वास र समर्पणको सुन्दर रुप "तिमी त मेरै हौ भन्ने" तपाइको कबिता।अरु पनि पढ्न पाइन्छ भन्ने आशामा। ***************************************************************** नमस्ते क्रेजी ज्यु, कमेन्ट्को लागि साधुबाद, यो एक्काइसौ सताब्दिमा सोझो भएर विश्वास्त हुनु अनि, विश्वाश घात हुँदा तड्पिएर बस्नु सिवाय के नै छ र ? यस्लाई त अहिले फेसन र प्राक्टिकल सम्झिन्छन्। तपाईंहरु जस्तो कथा लेख्नलाई खुबी छ, न त समय नै छ म सँग? यो मेरो ११-१२ बर्ष पहिलेको पुरानो डाइरीबाट लिएको थिए। त्यो डायरीमा अरु रचनाहरु पनि छन्। मैले त यो कबिता किन साझामा पोस्ट गरे भनि आफुलाई नै असजिलो महसुस गरीरहेको थिए। तर तपाईंहरुले कमेन्ट् गरेर अलिकति विश्वाश बढेको छ। मलाई कमेन्ट् मात्रा होइन यसमा भएका गल्तिहरु पनि सुझाइ दिए आभारी हुने थिए। ***************************************************************** म त , म मात्रै दिल जले भन्या त यहाँ तो सब दिल जले है भन्या जस्तो भयो । <<जीबनका हरेक मोडमा म आफुलाई बिरानो पाए,> सुरुवात ले नै मन चुस्स छोयो , Simply Awesome ***************************************************************** बैरे ज्यु, मन जले मा अझ एउटा भोटर बढेको कुरा अवगत भयो नि है अब? मन चुस्स छुनु स्वभाबिक हो यदि यही दिलजले कै स्रेणी बाट गुज्रेको हो भने? अग्रजहरुले यो सुरुवाती रुपलाई कमेन्ट्का साथमा गल्तिहरुलाई पनि पोइन्टिङ् गरिदिनु होला भन्ने बिनम्र अनुरोध गर्दछु। **************************************************************** राम्रो भाव छ! ********************************************************************** बिर्खे माइला, तपाईंको लेखहरु पढ्दा म आँफै पनि केही लेख पोस्ट गरु भन्ने हुन्थ्यो। तर समयभावका कारण त्यतिक्कै मनमा मात्रा इछ्छाएर बस्दै गैरह्यो। आज आएर एउटा कबिता टासेको छु। कमेन्ट् अनि कम्जोरिहरु केलाइदिन अनुरोध गर्दछु। कालेदाइ
Kaledai · Feb 5, 2010 6:59 AM
ramro lagyo malai pani kaledai, lekhdai garnuhola.
kHusHii · Feb 5, 2010 9:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion