म बुर्लुक्क उफ्रंछु कुर्लन्छु ,चिच्याउछु ,कराउछु तथानाम गालि गलौज बक्छु किनकि मलाई स्वतन्त्रता छ म बिदेशमा आनन्द संग बसेको छु न बत्ति नआउने टेन्सन ,न पानी नपाउने टेन्सन न त आन्दोलन ,न त हड्ताल अनि त के चाहियो र मलाई बम पड्के जसरि पडकन्छु आ हा कत्ति बहादुर म मलाई लाग्छ मैले धेरै जानेको छु मलाई सुस्ताको बारेमा था छ जात भातको कुरामा त मलाई कसले जित्ने नेपालको सिमाना बिशेसग्य नै मै आपुई के कुरा गर्या मेरै आँखा अगडी त पृथ्वीनारायण शाहले काठमाडौं जित्या मलाई राजनीति था छ,मलाई इतिहास था छ मलाई वर्तमान था छ,मलाई भबिश्ह्य था छ अनि त के चाहियो र म बुर्लुक्क उफ्रंछु कुर्लन्छु ,चिच्याउछु ,कराउछु तथानाम गालि गलौज बक्छु आ हा कत्ति बहादुर म हो हो मलाई पिडा छ तेही भएर कराको हु अब कराउन नि नपाउने भयो तर ....तर... म केवल कराइमात्र राखेको छु मैले कराएर के भो ,नकराएर के भो म परिवर्तन ल्याउने मान्छे नै हैन मैले बोलेर सिमाना नमिचिने,नबोलेर गण राज्य बन्ने नै हैन मेरो केहि औकात नै छैन म बोले नि केहि हुने वाला हैन नाबोलेनी केहि हुने वाला छैन जे हुन्छ तेस्मा मेरो केहि हात छैन म त भगुवा हु भगुवा देश छोडेर भागेको भगुवा आफ्नो लागि मात्र बाच्ने भगुवा अधिकार छैन मलाई सुखसयलमा बसेर उफ्रने ,कराउने तथानाम गालि गलौज गर्ने तैपनि मन यो मान्दैन अनि जे हुदैन गर्नु तेही गर्छु आ हा कत्ति बहादुर म Last edited: 14-Jan-10 10:56 PM
gairamailo · Jan 14, 2010 10:53 PM · 14,344 views
That pretty much sums it up!!
MySweetLord · Jan 14, 2010 11:26 PM
gairamailo, yo kavita saarho ramro laagyo, copy paste garna ta sakchu, timlai credit dinu ko laagi k naam use garnu uchit huncha, bhani deu na.
1987AD · Jan 14, 2010 11:42 PM
Glad you liked it.If you feel it's worth copy pasting somewhere please feel free to do that.You can just give my nickname.
gairamailo · Jan 15, 2010 1:22 AM
baba..kasto affno pidha biyakta gareko hola...feel so sorry for u bro
balat_carey · Jan 16, 2010 5:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion