म बुर्लुक्क उफ्रंछु कुर्लन्छु ,चिच्याउछु ,कराउछु तथानाम गालि गलौज बक्छु किनकि मलाई स्वतन्त्रता छ म बिदेशमा आनन्द संग बसेको छु न बत्ति नआउने टेन्सन ,न पानी नपाउने टेन्सन न त आन्दोलन ,न त हड्ताल अनि त के चाहियो र मलाई बम पड्के जसरि पडकन्छु आ हा कत्ति बहादुर म मलाई लाग्छ मैले धेरै जानेको छु मलाई सुस्ताको बारेमा था छ जात भातको कुरामा त मलाई कसले जित्ने नेपालको सिमाना बिशेसग्य नै मै आपुई के कुरा गर्या मेरै आँखा अगडी त पृथ्वीनारायण शाहले काठमाडौं जित्या मलाई राजनीति था छ,मलाई इतिहास था छ मलाई वर्तमान था छ,मलाई भबिश्ह्य था छ अनि त के चाहियो र म बुर्लुक्क उफ्रंछु कुर्लन्छु ,चिच्याउछु ,कराउछु तथानाम गालि गलौज बक्छु आ हा कत्ति बहादुर म हो हो मलाई पिडा छ तेही भएर कराको हु अब कराउन नि नपाउने भयो तर ....तर... म केवल कराइमात्र राखेको छु मैले कराएर के भो ,नकराएर के भो म परिवर्तन ल्याउने मान्छे नै हैन मैले बोलेर सिमाना नमिचिने,नबोलेर गण राज्य बन्ने नै हैन मेरो केहि औकात नै छैन म बोले नि केहि हुने वाला हैन नाबोलेनी केहि हुने वाला छैन जे हुन्छ तेस्मा मेरो केहि हात छैन म त भगुवा हु भगुवा देश छोडेर भागेको भगुवा आफ्नो लागि मात्र बाच्ने भगुवा अधिकार छैन मलाई सुखसयलमा बसेर उफ्रने ,कराउने तथानाम गालि गलौज गर्ने तैपनि मन यो मान्दैन अनि जे हुदैन गर्नु तेही गर्छु आ हा कत्ति बहादुर म Last edited: 14-Jan-10 10:55 PM
gairamailo · Jan 14, 2010 10:49 PM · 6,951 views
गैरामाईलो ज्यू लाई साझाका थ्रेडहरुले राम्रोसंग छोएछ, त्यसैले त यति मजाको कविता बनेछ! ईम्प्रेसिव!
Birkhe_Maila · Jan 15, 2010 8:45 AM
Good one ! Very realistic and touchy !
ritthe · Jan 15, 2010 9:19 AM
राम्रो
*~Spring~* · Jan 15, 2010 9:35 AM
धेरै राम्रो - अती उत्तम
serial · Jan 15, 2010 9:47 AM
साची साझाको धागोहरुबाट आजित भा जस्तो रे'छ। हुन त हामी नेपालीको बानी देखेर लेख्या होलान्। मलाई त सार्है मन पर्यो! सुपर्ब
perfectionist · Jan 15, 2010 10:04 AM
Really Nice!!!! निकै राम्रो । बिर्खे बा को जस्तै मेरो नि भनाई , साझा को धागोहरले छोएछ जस्तो छ ।
बैरे · Jan 15, 2010 10:20 AM
मन छोयो तपाईं को कबिता ले तर एउटा line ले मन पोल्यो साह्रै नै म त भगुवा हु भगुवा देश छोडेर भागेको भगुवा आफ्नो लागि मात्र बाच्ने भगुवा किन किन मलाई घोचे जस्तो लाग्यो त्यो कुरा ले, म पनि तेसमै पर्छु , म मात्र हैन यहाँ साझा को सबै साथी हरु तेसमै पर्छन , हामी नेपाल मा केइ गर्न सकेनौ य भनु गर्छु भन्दा केइ गर्न दियेनन तर यहाँ हामी सिमना का कुरा गर्छौ , जात को कुरा गर्छौ , देस बिकास को कुरा गर्छौ । तर हामी सब लाई थाहा छ , हमले यहाँ बोलेर हुने वाला केइ छैन , सुन्ने koi छैन , बुज्ने कोइ छैन , हामी आफ्नो मन बहलौछौ , देस को लागी केइ सोचेउ भनेर फुर्ती लौछौ , तर हामी त भगुवा होउ । आनो निजी स्वार्थ को लागि देस छोडेर भाग्ने भगुवा
amricane · Jan 15, 2010 12:17 PM
अहो खुशी लाग्यो जे भये पनि तपाईं बोल्न त सक्नु हुदो रहेछ। म तपाईं लाई साथ दिन्छु नपुङ्सक हुनु भन्दा बोल्नु राम्रो हो। पट्मुर्ख र डाँका हरुले पनि यदी प्रयास र कोशीस न गरेका भये कालिदास र बाल्मिकी बन्दैनथिए। माहज्ञानी र महाध्यानि सर्बत्र उपलब्द छन् जस्ले अरु लाई बोल्न नि दिदैनन र बुज्न नि दिदैनन। तपाईंको दिमाग मा भैरब अर्यल को बास भये जस्तो छ। अब एस्तो गहिरो कबिता रचन कस्को श्रेय प्राप्त भयो तपाईंलाई कुन्नी तर जे भये पनि कबिता दरो छ। तपाईंलाई चै बहादुर नै मान्नु पर्छ।
raju161 · Jan 15, 2010 4:07 PM
nice !
Rodiohead · Jan 15, 2010 4:16 PM
Thank you all for liking the poem. धन्यबाद Last edited: 16-Jan-10 03:15 PM
gairamailo · Jan 16, 2010 11:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion