परेछ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकार,  दबाबमा परेछ ! अदालत, प्रभाबमा परेछ !   दुर्घटना रोक्न कस्तो अबेर? फूर्सदको तनाबमा परेछ !   अब लाज बचाउने कसरि ? अनुहारै, नकाबमा परेछ !   छिमेकीले जाली कुरा उठायो दाजूभाई, मुटाबमा परेछ !   “छिटो गए भन्न सकिन्न” ढीलासुस्ती, सुझाबमा परेछ !

shirish · Jan 13, 2010 10:28 PM · 4,612 views

6 Replies

बहुत अच्छा कबिता सिरिश दाई ! धेरै दिन पछी देखियो नि साझामा ! चिसोले गर्दा गुप्तबास हो कि क्या हो ब्रो?

ritthe · Jan 14, 2010 10:05 AM

ritthe भाई यस्तै माया गरेर त साझाबाट भाग्न सकिएन ! दिनमा एकपल्ट यस्सो चियाई रहेको हुन्छु ! अचेलको साझाको रूप रगं बदलिएको छ ! भाईहरुको रुचीको बिषय बढि छ !

shirish · Jan 14, 2010 10:34 AM

Tom Brady lai trade garni halla le tension bhako jasto chha shirish dai lai :)

himalaya178 · Jan 14, 2010 10:45 AM

वाह् वाह !! शिरिष दाई । वाह् वाह् ! सदा झै उत्क्रिष्ठ प्रस्तुती ।  सुनारको सय चोट लोहार को एक भने जस्तै । एक नै यो हजार बजारमा  बराबर को छ ।

rahulvai · Jan 14, 2010 10:55 AM

शीरिष गुरु, समय साँच्चिकै परीवर्तनशील रहेछ, साझा फरक भयो! उकासिँदो रुचि धेरै थरिका साझापूर झुकाबमा परेछ!

Birkhe_Maila · Jan 14, 2010 10:59 AM

हेहे सिरिश दाई हाम्रै रुची को बिषय बढी छ पनि जस्तो लागेन मलाई चाँही ! चौतारी र कैले काही अरु एक दुइटा धागो बाहेकको अरु धागोमा कैले कमेन्ट देखिन्छ त मेरो? के रैछ भनेर धागो खोलेर हेर्यो मित्रहरुले गरेको कमेन्ट पढ्यो र मुसु मुसु हाँस्दै ब्राउजरको ब्याक बट्न थिच्यो तेत्ती हो ! साझा फरक भएको कुरामा दुई मत छैन ! समयले काँचुली फेरेछ रिट्ठे रणभुल्लमा परेछ ! लोल

ritthe · Jan 14, 2010 11:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all