अमेरिकामा कसरी नेपालकोझै रसिलो मम र अचार बनाउने होला?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरै कोशीश गरियो, तर पनि त्यो नेपालको जस्तो रसिलो मो मो र अचार बनाउन सकिएन। लौ न कोइ नेपालमा मम पसल गरेर बस्नेले यसो सल्लाह दिनु पर्‍यो। अब त्यो ज्यापुले बेच्ने भैंसीको जस्तो मासु चाइ यहाँ छैन, भये त अती सुन्दर हुने थियो,,,कुखुरो खसी या कालो बदेलको मासुमा बनाउने तरिकाको कुरो है।

Rodiohead · Jan 13, 2010 11:13 AM · 58,450 views

70 Replies · Showing 61 - 70
Page 4 of 4

baucha,  dhanyabad.................aba momo kasari banaune? thuldai le bhane jastai??? I saw thuldai's special momo recipe  somwhere in this thread   

*~Spring~* · Jan 14, 2010 3:34 PM

Check here for few Nepali Recipes

Veer Gorkhali · Jan 14, 2010 3:36 PM

उस्तै तरिका हो बसन्ती। जिम्मालले चाइँ एसो अर्छन- १) बदाम मजाले पाकुन्जेल भुट्छन्। २) पाक्यो कि पाकेन भनेर बेला बेलामा तातो न तातो बदामको गेडा क्वाप्प मुखमा हुल्छन र डामेको जिब्रोमा यताउता छिटो छिटो फाल्दै अलि चपाऊन मिल्ने चिसो बनाएर चपाउँछन्। लहरेलाई गालि गर्छन र पाकेको निर्णय गर्छन्। ३) त्यो बदामलाई एकछिन साह्रो नहुन्जेल बाहिर राख्छन बोक्रा उडाएर फाल्छन् र ग्राइन्ड गरेर सकेसम्म धुलो धुलो बनाउँछन्। ४) फेरि एकदुई गेडा बजाउँछन्। ५) तावोमा तेल तताउँछन्। तेल मज्जाले तातेपछि त्यसमा केहि मेथिका गेडा, केहि जिराका गेडा र केहि रातो सुकेको खुर्सानि संगसंगै हाल्छन्। पड्केको सुनेपछि छोडाएको लसुन २-३ केस्रा पनि त्यहिँ हाल्छन् र झन पड्काउँछन्। ६) त्यसपछि गोलभेँडा हाल्छन् (हाफ बनाएर काटेको), अनि अलि अलि कतै हल्का डढेको, अनि गलेको स्थितीमा भएपछि आगो निभाउँछन्। ७) एक  मुठि जति हरियो धनिया मरक्क लुछेर ग्राइन्डरमा अगिको बदामको धुलो संगै हल्का पानि हालेर 'घ्वाइँयsss' पार्छन्, नून हाल्छन, मन लागे अलिकता टिमुर पनि हाल्छन्। पाए लप्सको धुलो नपाए जुनसुकै अमिलो मजाले हाल्छन। अगि गलेको गोलभेँडा पनि हाल्छन र फाइनल्लि फेरि 'घ्वाइँयsss' पार्छन्। ८) झिकेर भाँडोमा हाल्छन र एक चम्चा मुखमा हुल्छन। नून सुन सबै पुगे मख्ख पर्छन, नपुगे मुख बिगारेर नपुगेको कुरा थप्छन्। ९) अचार तयार भयो...लाsss म:म त पाकेकै छैन, लहरे बजियाले अझै म:म बनाएन भन्दै लहरेलाई सराप्छन्। सकियो

Birkhe_Maila · Jan 14, 2010 3:40 PM

la yo chai daami method rahechha

Rodiohead · Jan 15, 2010 10:49 AM

http://www.amazon.com/Taste-Ne... Last edited: 15-Jan-10 11:24 AM

pokhari · Jan 15, 2010 11:24 AM

lol jimmal ba........daami chha........your narration is more daami Hajur ko masu pakaune ishtyle ni post garnu. You posted that long ago,right? Can you share that again?

*~Spring~* · Jan 15, 2010 11:46 AM

"Hajur ko masu"??? pakchha ra tyo budho maasu?  pressure cooker ma 500 sithti launu parchha hola LOL

ritthe · Jan 15, 2010 12:19 PM

pokhari, tyo magazine ko side ma bhayeko machha dekhera chai yasto ryaal aayo kurai chhoda yaar.

Rodiohead · Jan 15, 2010 1:21 PM

हाहाहहा बसन्ती, मेरो मासु पकाऊने स्टाइल रे!  ५०० सिट्ठिमा त ढुङ्गै गल्ला नि रिट्ठे। जे होस मासुको भेटिएन, माछाको टाँस्छु है त!   ल जाडोमा तातो तातो ताजा माछाको झोल सहित भात खान मन गर्नेलाई माछाको करि बनाउने रेसिपि! J   चाहिने सामाग्रि- १)      २ वटा मध्यम साइजको रहु, अन्य कार्प वा केहि नभेटिए टिलापिया माछा २)     धैर्यता ३)     ४ वटा मध्यम साइजको गोलभेँडा ४)     तेल ५)    ६ केस्रा लसुन ६)      लगनशीलता ७)    एउटा टुक्रा अदुवा ८)     २ वटा धेरै पिरो नभएको हरियो खुर्सानी ९)      आधा प्याज १०)  एक चम्चा सादा दही ११)   आधा चम्चा सरस्युँको धुलो( येलो मस्टर्ड) १२)  नुन,बेसार,भिनेगर वा/अनि कागती, धनियाँको धुलो, मरिचको धुलो, ३-४ वटा तेज पत्ता, २ वटा ल्वाङ्ग, एउटा सानो टुक्रा दालचिनि। ( मन लागे थोरै जिराको धुलो पनि प्रयोग गरे हुन्छ।) १३)  साइडमा हेल्प गर्न हेल्पर लहरे।   बिधी- १)      माछाका टुक्राहरु पार्नुहोस, टाउकोलाई दुई चिरा गर्नुहोस। २)     माछामा नुन, बेसार र भिनेगर हालेर मल्नुहोस र करिब १५ मिनट राख्नुहोस। झिँगा पर्ला कि भनेर लहरेलाई झिँगा धपाऊन स्ट्यान्डबाई राख्नुहोस। ३)     चौँडा फ्राइङ प्यानमा तेल तताउनुहोस र माछा हल्का लाल हुन्जेल फ्राई गर्नुहोस। ४)     माछा फ्राई गर्दा सावधानि अपनाऊनुहोस। टाँस्सिएमा वा पड्केर तेल उछिट्टिन पुगेमा त्यसको रिस लहरेमाथि पोख्नुहोस। ५)    फ्राई गरेको माछा झिक्नुहोस र एक टुक्रा खानुहोस। ६)      मुसुक्क हाँस्नुहोस। ७)    प्याज र हरियो खुर्सानि काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस। अलिकता बेसार मिसाएर दहि र बेसार फिट्नुहोस। ८)     गहिरो भाँडामा तेल तताउनुहोस, तेज पत्ता, ल्वाङ्ग र दालचिनि हाल्नुहोस र एकैछिनमा प्याज र हरियो खुर्सानि हालेर फ्राई गर्नुहोस। ९)      प्याज रातो भए पछि लसुन र अदुवाको पेस्ट हाल्नुहोस र करिब १-२ मिनट फ्राई गर्नुहोस। १०)  धनियाँको धुलो र मरिचको धुलो हाल्नुहोस अनि दहि र बेसारको पेस्ट अनि सरस्युँको धुलो हालेर चलाउनुहोस। ११)   मसलाबाट तेल निस्केको जस्तो लागेपछि गोलभेँडा र नुन हाल्नुहोस र गोलभेँडा नगले सम्म मजाले चलाउनुहोस। १२)   गोलभेँडा गलेपछि २ कप पानि हाल्नुहोस र उम्लन थालेपछि फ्राइ गरिएका माछाका टुक्राहरु हाल्नुहोस। पन्यौले चलाउनुको सट्टा भाँडा नै हल्लाएर चलाउनुहोस अन्यथा माछा टुक्रिने डर हुन्छ। १३)  करिब ५ -७ मिनट हल्का तापमा माछालाई भिज्दै पाक्न दिनुहोस। १४) हरियो धनियाँको पात काटेर हाल्नुहोस। १५) एक टुक्रा माछा र अलिकता झोल झिकेर चाख्नुहोस। यसपाली भने बिचरो लहरेलाई पनि चाख्न दिनुहोस।   माछाको तरकारि झोल सहित तयार भयो। तातो तातो माछाको झोल संग भात निल्नुहोस र काँडा पन्छाउँदै माछा खाने संघर्ष गर्नुहोस।   धन्यवाद्।   Last edited: 15-Jan-10 01:57 PM

Birkhe_Maila · Jan 15, 2010 1:57 PM

यार बिर्खे माइला,, माने गुरु माने। यो संसारमा म नै होला भन्ने सोछेको थिए तर हैन रहेछ गुरु, माने। अती सुन्दर, अतिनै सुन्दर, यो तरिक अपनाएर म माछा पकाएर जरुर खान्छु, माछाको त म पारखी नै हुँ, लहरेको सट्टामा बुडीलाई छेउमा राख्नेछु। 

Rodiohead · Jan 15, 2010 4:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all