के प्रचन्डले आफु जिन्दगी भरी नेपालको प्रधानमन्त्री हुन सक्ने मान्छे भन्ने ठनेको रहेछ त आफुले आफुलाई? यो मान्छे बोउलएको हैन त, यो कमिलोलाई मुतको पैरो भएको हो कि जस्तो पो छ। हैन प्रचन्डको यस्तो कुरा सुनेर बस्ने नेपालीहरु चै को कस्ताहरु रहेछन होउ। मेरो अगाडि प्रचन्डले यस्तो कुरा गरे त खुल्क्याएर देखाइ दिन्थे यार। कसैले पत्याउने कुरा हो त बाचुन्जेल प्रधानमन्त्री हुन्छु भन्ने कुरा? ल हेरौ त यो समाचार: ‘बाँचुन्जेल प्रधानमन्त्री’ बन्ने अफर छाडेँ: प्रचण्ड अनलाइनखबर डटकम-->Monday, January 11, 2010, 15:11 मु्ख्य समाचार 1,072 20 comments --> --> [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); २७ पुस, महेन्द्रनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सेनापति प्रकरणमा आफु झुकेको भए बाचुन्जेल प्रधानमन्त्री बनाइदिने प्रस्ताव आएको दावी गर्नुभएको छ । ‘कुर्सीको निम्ति यदि मैले अलिकति झुक्न चाहेको भए’- प्रचण्डले भन्नुभयो- आज म बडो इमान्दारिताका साथ भन्छु, मैले बाँचुन्जेल प्रधानमन्त्री पाएको थिएँ, यो सत्य हो ।’ बाँचुन्जेल प्रधानमन्त्रीको अफरलाई त्यागेर आफु जनतामाझ आएको भन्दै प्रचण्डले भन्नुभयो- नेपाली जनता र राष्ट्रियता प्रधानमन्त्रीको कुर्सीभन्दा धेरै ठूलो ठानेँ र तपाईको काखमा आउने कुरालाई धेरै ठूलो ठानेँ ।’ सुगौली सन्धीपछि नेपाल अर्धउपनिवेशमा परिणत भएको दोहोराउँदै प्रचण्डले नेपालका दल र यहाँका शक्ति आकाशबाणीबाट चलेको बताउनुभयो । आफुलाई बाँचुन्जेल प्रधानमन्त्री बनाउने प्रस्ताव कोबाट आएको थियो भन्नेबारे प्रचण्डले किटानी गर्नुभएन् । ‘आन्दोलन भारतविरुद्ध होइन’ अध्यक्ष प्रचण्डले भारतमा अंग्रेजहरुको शासन समाप्त भएपनि अंग्रेजसंग भएका असमान सन्धीहरु भने कायम नै रहेको भन्दै सुगौली सन्धी लगायतका असमान सन्धी खारेजीको माग गर्नुभयो । कैलाली र कञ्चनपुरमा मात्रै १० हजार भन्दाबढी हेक्टर जमिन भारतले अतिक्रमण गरेको दावी गर्दै आफूहरु भारतको एक इन्च पनि जमीन नलिने र नेपालको एक इन्चपनि जमिन नदिने बताउनुभयो । भारतसंग गण्डक, महाकाली, कोशी, जलस्रोत, व्यापार परावहनबाट ठगिएको भन्दै प्रचण्डले भन्नुभयो-’२१ औं शताब्दीमा समानता चाहन्छौ, ठूलो दाई र सानो भाईको जस्तो व्यवहार होइन ।’ नेपाली राजनीतिमा आकाशवाणीको प्रभाव रहेको पटक पटक दोहोराएका प्रचण्डले आफुले भारतलाई उत्तेजित पार्न वा युद्ध गर्न नखोजेको बरु असमान सन्धी सम्झौता सच्चाउन खोजेको बताउनुभयो । ’नेपाल एकीकरण जरुरी थियो’ यसैवीच प्रचण्डले तत्कालीन समयमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु जरुरी रहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले अंग्रेजहरुको अतिक्रमणलाई रोक्न पनि नेपाल एकीकरण अत्यावश्यक रहेको दावी गर्नुभयो । पुस २७ गते नै पृथ्वी जयन्ती परेको र सोही दिन माओवादीले स्वाधिनताका लागि माओवादीले आन्दोलन थालेको भन्दै प्रचण्डले पृथ्वीनारायण शाहको प्रशंसा गर्नुभयो । आफुले दशबर्ष जनताका पक्षमा लडेको भन्दै प्रचण्डले शाहले पनि जनताका बीचमा गएर जनतालाई नै संगठित गरि युद्ध गरेको दावी गर्नुभयो । बहादुर शाहसम्म पनि शाह राजाहरु राम्रा रहेको भन्दै उहाँले सुगौली सन्धीमार्फत आत्मसर्मपण गरिएको र राजाहरु सुखसयलमा हराउन थालेको टिप्पणी गुर्नभयो । ‘पृथ्वीनारायण शाह भएका भए सुगौली जस्तो राष्ट्रघाती सन्धी होइन, अंग्रेजलाई लखेटेर दिल्लीमा पुर्याउने थिए ।’ राजा बीरेन्द्र पनि राष्ट्रवादी भएको उनलाई राष्ट्रपति बनाउन माओवादी तयार रहेको र भेटने कार्यक्रम पनि तय भएको भन्दै प्रचण्डले दरवार हत्याकाण्डलाई आधुनिक कोतपर्वको संज्ञा दिनुभयो । मदन भण्डारीमा पनि मुलुक जोगाउने राम्रो स्पिरीट रहेको भन्दै प्रचण्डले पार्टी एकता र स्वाधिनताका लागि छलफल तय भएपनि भेटअघि नै उनी मारिएको दावी गर्नुभयो । सुरक्षाकर्मीहरुलाई आग्रह अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता खतरामा रहेको भन्दै त्यसका रक्षाका लागि सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘तपाईले बोक्ने बन्दुक भारतबाट आउँछ होला, चढने गाडी पनि भारतबाटै आउँछ होला र लगाउने कपडा पनि उतैबाट आउँछ होला’- प्रचण्डले भन्नुभयो- ‘जन्मदिने आमाप्रति वफादार हुनेकि, जन्मदिने आमाको अस्तित्व लुट्नेको रक्षाका लागि वफादार हुने ? ‘माधव नेपालको खुट्टी देखेर पत्याइयो’ माओवादीको हालतपनि श्रीलङ्काको लिट्टेजस्तै हुने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति प्रच्ण्डले आक्रोश ब्यक्त गर्नुभयो । प्रचण्डको प्रतिक्रिया थियो-’खुट्टी देखाएरै पत्याईयो ।’ प्रधानमन्त्री नेपालले केहि समय अघि चितवनमा माओवादी लिट्टे जस्तै पतन हुने चेतावनी दिनुभएको थियो । अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, संविधानका लागि सबै देशभक्ती शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । आफूहरुले पटक पटक नागरिक सर्वोच्चताका लागि समस्य समाधान गर्न वार्ता गरेपनि रोवर्टबाट चलेको कठपुतली सरकारले नसुनेपछि कठपुतली नचाउनेसंग वार्ता गर्नका लागि राष्ट्रिय स्वाधीनताको मुद्धा अघि सारिएको बताउनुभयो । राजनीतिक दलका नेताले बिदेशी भत्ता खाइरहेको भन्दै प्रचण्डले भन्नुभयो- पछिलाई पनि चाहिन्छ अहिले सवै नभनौं । कुन कुन नेताले कुन देशबाट कति भत्ता खाइरहेका त्यसको पनि सार्बजनिक गर्ने प्रचण्डले दावी गर्नुभयो । देशभक्ति शाक्तिहरु एकजुट भएमात्र राष्ट्रिय स्वाधीनताको लडाई सजिलै जितिने उहाँले बताउनुभयो । चौथो चरणको आन्दोलनअन्तर्गत माओवादी आजै सुस्ता, पशुपतिनगर र लक्ष्मणपुरमा बिरोध सभाको आयोजना गरेको छ । जसमा उपाध्यक्षहरु बाबुराम भट्टराई, मोहन बैद्य र नारायणकाजी श्रेष्ठले सम्बोधन गरे । सुन्नुहोस्ः प्रचण्डको सम्बोधनका सम्पादित अंश [Disallowed String for - ] type=text/javascript defer> var WT1_1 = { params : { wmode : "opaque", allowscriptaccess : "always", allownetworking : "all"}, flashvars : { file : "http%3A%2F%2Fwww.onlinekhabar.com%2Fwp%2Fwp-content%2Fuploads%2F2010%2F01%2Fprachandafinal.mp3", volume : "80", bufferlength : "5", quality : "false", title : "%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A4%83%20%E0%A4%A7%E0%A4%A8%E0%A4%97%E0%A4%A2%E0%A5%80%E0%A4%AE%E0%A4%BE%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%8B%E0%A4%A7%E0%A4%A8%20%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88%20%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80%20%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1", linktarget : "_self"}, attr : { id : "WT1", name : "WT1"}, start : function() { swfobject.embedSWF("http://www.onlinekhabar.com/wp...", "WT1_1", "320", "240", "9.0.0", false, this.flashvars, this.params , this.attr ); } } WT1_1.start(); Last edited: 11-Jan-10 11:49 AM
Rodiohead · Jan 11, 2010 11:45 AM · 1,979 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion