उमेर पैसठ्ठी भाको , मलाई बैंस फर्की आको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको   तर जत्ती गर बराजै गेडा   बहिरै भाको     नत लुतो नै आयो ,  न कन्याउनै पाए    हिस्स चाउरे  बुढा  ,  हरिया दात भाको   घर जङल मेलापात , सबै तिर धाए गाली  कुटाइ  ढुङ्गा बाहेक अरु  खै के पो पाए छिमेक मा पनि हिंड्न नसकिने भा'छ सबैका हजुरामा को जुत्ता चप्पल खा'छ            उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको आइते   कि आमा लाई सुसेली हाने छोरा नाती सबै मिली ,  गुलेली ले हाने  यौटो को हजुर आमोइ लाई, स्यानो ढुङ्गा ले हान्दा  उस्का साखा सन्तान ले मलाई डोरी ली बाने           उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको जाड बेच्ने कान्छी  साऊनी ,   मस्केर हासी दुई बोतल् के खाइदेको मोरिले ,गालामा ओठ  टासी कडप्प टोकीदीइ  ,गाला मा  काउकुती लाग्यो साऊनि रैछ दात  बिहिन  गिजा मात्रा भाकी          उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको मंगला कि सेउसी आमा , खोला मा गाकी पछी लागे सुटुक्क म खौरिएर दारी मिचिमिची नुहाएको लुकी लुकी हेरे पत्तो पाइछ कसो गरी अन्त पेटिकोट ले छोपी         उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको अगेनु मा आगो ताप्दा मस्किन्थी  दमाइनी बिचार  गरे हात पसाएर सुटुक्क चिमोट्नी  भोली पल्ट कैची लिएर आयो माइलो दमाइ जथाभावी खौरियो टाउको मलाई डोरी ले बानी         उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको उमेर पैसठ्ठी भाको , मलाई बैंस  फर्की आको तर जत्ती गर बराजै गेडा  बहिरै भाको    नत लुतो नै आयो  न कन्याउनै पाए   हिस्स चाउरे बुढा ,   हरिया दात भाको Last edited: 09-Jan-10 10:58 AM

budobaaje · Jan 9, 2010 10:54 AM · 7,937 views

2 Replies

क्या गज्जब को लेख बुडोबाजे,,,माने गुरु। मन पर्‍यो !

Rodiohead · Jan 9, 2010 12:42 PM

baa dhogg gare ...sanchai

8848m · Jan 9, 2010 6:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all