आज मेरी प्रियेसी को जन्म दिन म कसरि भुल्न सक्छु यो दिन | आकासबाट धर्ति मा कसैको लागि आएको दिन || कति हण्डर खायीन होला, कति सास्ती भयो होला | येस धर्तिमा पयिला टेक्न उनलाई, कसले त्यो भनि देला || म चाहेर पनि भुल्न सक्दिन यो दिन | आज मेरी प्रियसी को जन्म दिन || मुरी मुरी धन्यबाद छ जन्म दिने बाबु आमालाई | जसको कारण मैले पाउन सके मेरी मायालुलाई || म एक्लो भै भौतारी रहेथेए जीवनको खोजिमा | बुझे, भेटे र भोगे जीवन मैले रमौदा उनिमा || कस्तो रमाइलो र कल्कलौदो छ यो दिन | आज मेरी प्रियसी को जन्म दिन || म हाँस्दा रमौछिन उनि, म दुखि हुँदा रुन्छिन उनि | संधै हास्ने-खेल्ने स्वभाबमा हुन्छिन उनि || कहाली लाग्दो सम्झना त्यो दिन को | म दुखि हुँदा उनि धुरु-धुरु रोएको || हो यीनै हास्ने-खेल्ने दिन चरियामा आउछ एउटा दिन | त्यो हो एउटा अमुल्य दिन, मेरी प्रियसी को जन्म दिन ||
hemu · Jan 8, 2010 4:51 PM · 10,602 views
सुन्दर ,,,, अती सुन्दर।
Rodiohead · Jan 8, 2010 4:54 PM
good one hemu bro..very optimistic and romantic buddy!!!!
rofl · Jan 8, 2010 5:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion