फुल्न नपाही झरेका फुलहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौंको अनेक चोक मध्ये कुनै एक | चिया र चुरोटको चुस्कीसगै अन्योल भबिस्य नाप्ने प्रयासमा नयाँ पुस्ता | लाग्थ्यो देशमा कुनै पनि रोल मोडेल नहुँदा समय भन्दा अगाडि नै दार्सनिक  हुदैछ नयाँ पुस्ता उसैमा म पनि एक |आज एक्लै छु ,पुस्को चिसो बिहान  बाक्लो तुहालोले गर्दा पचास मिटर परको आक्रिती पनि आफैमा बिलिन थिए |ढोका छउको हरियो पर्दाबाट आहुने चिसोले गर्दा पर कुनामा बस्न वाध्य थिए म | पर्दा खोल्ने बितिकै उही भाई सुन्दर अनुहार अली नमिलेको कपाल चिसोले फुटेका गाला त्यो भन्दा बडी कक्रक परेका हातहरु |हेर्दा लाग्थ्यो वाध्यता र बिबस्ताले एक फुल फुल्न खोज्दा खोज्दै झर्न लगेको थियो |तेस्मा ए फुचछे र कान्छा जस्ता शब्दहरु सैनिक लवजमा उस्लाई अरहुँदा उस्लाई त अभ्यस्त  बनाहिसकेको थियो होला तर म भने असहज गरिराखेको थियो |धेरैचोटी उसग नजीकिने प्रयास कहिले उस्को कामको बाध्यता कहिले उस्को अनुहारमा झल्किने रेखाहरु जो प्रस्ट भन्दैइ थिए ईनीहरु उपल्लो बर्गका मान्छेहरु हुन नजीक हुनु  कुनै फाईदा छैन |   आज अलिकती सफल ,उस्को पृष्‍ठभूमी केलाउने प्रयास ,यो सुक्रबार हो अन्तिम दिन यहाँ काम गर्ने ,बर्सदिन भयो यहाँ काम गरेको पैसा नै जम्मा हुदैन फेरी सदै एस्तो काम गरेर पनि हुदैन नि ,उ योजना बुन्दै थियो अब गाडीमा काम गर्ने पैसा पनि आठसय दिन्छ भनेको छ तर विश्वाश छैन तर डाईभीएङ सिक्यो भने पछी लाईफ चेन्ज होला नि हैन दाई ,मा उसलाई निरस बनाउन चाहन्न्थ्ये ,बिषय मोड्ने प्रयास गरे स्कुल गहेनौ त तुरुन्तै जवाफ आयो पहिलै गको तीन कक्षामा नै दुई चोटि फेल भये ,बाहुले पनि अर्की आमा बिहे गर्‍यो अनी सिदै काठमाडौं , बिचार  गरे  तीनमा दुई चोटि फेल हुनु उस्को गल्ती कि सरकारको |   गाउँमा पहिले पढेको भरमा शाउहरुले तमसुक्मा सुन्य थप्थेरे अनी शहरका पढेका मान्छेहरु र नेताहरु त दाई ले  पनि देखी हालनु भएको छ नि तेसैले नपढ्ने | लाग्थ्यो पडेको मान्छे लाई निसना बनाहुदै थियो जस्मा म पनि थिए ,समयले उस्लाई निकै चाडो  परीपक्क बनाएको आभास भयो ,चिया जती चाडो  पिहुँदै थिए त्यो भन्दा चाडो  सेलहुँदै थियो ,चुरोट असट्रयेमा निभी सकेको थियो | बाहिर  आहुँदा अझ  बढी  चिसो बढेको भान भयो |बाहिर गमलामा फुलन खोज्दा चिसोले कक्रक परेर झर्न लगेको तेही फुल्मा उस्को अनुहार देखे |परिस्थितीले लाचार प्राणी म चुरोट सल्काहुदै कलेज तिर लागे फुल्न नपाही झर्न लागेका फुलहरुमा मात्र एक पात्र थियो |बटोमा नेताको कुनै ब्राण्डेड गाडी कुनै बालअधीकार  को गोस्टीतिर जादै थियो,गाडीको झोकाले झ बडी चिसो बनायो , आँखा  मात्र देखेने गरी मखलरले टाउको  पुरै बेरे |मनमा कुरा खेली रह्यो धेरै पढ्यो भने  मान्छे बिग्रिन्छ रे हो दाई |    सुजाब र प्रतिकृयाहरुको  आसामा :  

countryroad · Jan 4, 2010 4:45 AM · 14,459 views

2 Replies

Nice plot! Keep it up!!

crazy_love · Jan 4, 2010 9:38 AM

Dherai nai ghat lagto lagyo!!!!! Abbal lekh ko lagi dhanyabad!!!!!

santosh1984 · Jan 4, 2010 7:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all