नव बर्षको शुभ-कामना हिजो राती होइन मैले के देखे सपनी ब्युझिएर उठदा खेर चकित भएँ मैं पनि लौ सुनाउछु म तिमीलाई जे देखे मैले नि के यस्तो सपनी जस्तै, हुन्छ होला बिपनी ? देखें मैले कारखाना हजारौ कामदारले भराभर यस्ता कारखानाहरु रहेछन अनगिन्ति देशभर बनाउदा रहेछन यसमा यिनीहरुले खाद्यान्न कपडा थरिथरि प्रयोग गर्दा रहेछन यिनीहरुले स्वदेशी उपज सधैँ भरि देखिन मैले कुनै बन्द न देखे कुनै हड्ताल गरीखाने नेपालमा रहेछन सबै समृद्ध र खुशहाल त्यसबेला देखे मैले नेपाली परिश्रमी हाथका काम कालिगडी यति निपुर्ण चकित बनेछ लोक तमाम देखें मैले फाँटहरुमा लहलहाएका अन्न बाली छाए रहेछ कृषकका मनमा एउटा नौलो खुशीआली पाएको रहेछ हरेक बालकले आफ्नो पुस्तक पढ्न अवसर रहेछ हरेक नारीलाई पुरुषसंगै अगाडी बढ्न रहेछन् हजारौ युवा आफ्नो काममा तल्लिन काम पाएछन, अनि गरेछन, छैन कोहि मलिन देख्नसक्छु म यिनका मुहारमा हौसला औ आँट सकिएछ मुलुकमा चोरी बेइमानी अनि ढाट अनि देखें मैले व्यापारीले त्यागेछन् क्षणीक लाभ बुझेछन तिनीले पनि विकासको दीर्घकालिन प्रभाव सच्चा बनेछन् ,लगानी गरेछन्, बेचेनछन् आफ्नो इमान अनि संभालेछन् तिनीहरुले नै आर्थिक क्रान्तिको कमान फर्किएछन् सबै बिदेशिएका हाम्रा दाजुभाई ल्याएछन् सिकेका शिप सबै हामीलाई बाढ्नलाई लत्याछन् सबै बिदेशका माया मोह अनि विलास पाएछन् यहाँ हरेक पथमा आफ्नोपनको आभास अवाक भए म जब देखें सरकारी कर्मचारी देशभर अव्वल काम गरेका छन् भइ निर्धक्क र निडर पुष माघको घाम पनि छक्क पर्दो रहेछ देखेर सबै चुस्त अति ब्यस्त फुर्सद छैन पलभर भाषणमा सुने मैले शिक्षा स्वास्थ र रोजगार अब रहेनछ कहिँ यिनमा राजनीतिको बिकार नेताहरुका भेटघाटमा विकास बनेछ सवाल भेटेछौँ हामीले पनि केही योग्य कुमाल सहयोग आएछन्, हामीलाई पत्यायेछन् , बुझेछन् हाम्रो संकल्प हठी हामी नेपालीको रहेनछ अरु केही बिकल्प बाटा बनेछन् , रेल गुडेछन्, भएछन् जीवन सुगम पहाडका कन्दरा अनि तराईका ग्राम, केही रहेन दुर्गम यसो भित्ता तिर पात्रो हेर्दा, म त परे चकित सरद ऋतु जनवरी महिना, साल रहेछ सन् बिस बिस दश बर्ष बाँकी रहेछ, काम जति थाती रहेछ मेरो सपनी पुरा गर्न, अठोट गर्न बाँकी रहेछ यसै बर्षदेखि गरौँ आ-आफ्नो कामको सामना नयाँ बर्ष २०१० को छ सबैलाई मेरो शुभ-कामना !!!
Korean_Soju · Dec 30, 2009 10:07 PM · 4,001 views
Hummm!!!Poem has 12 Stanzas...each stanza for each month...so I will see you back in December 2010 and let you know ab't the poem...Until then Enjoy Your New Year...Best Wishes....
Sexy In Sari · Dec 30, 2009 10:15 PM
An illustrative version of the above
Korean_Soju · Dec 31, 2009 8:31 PM
.
Korean_Soju · Dec 31, 2009 8:32 PM
.
Korean_Soju · Dec 31, 2009 8:32 PM
.
Korean_Soju · Dec 31, 2009 8:32 PM
.
Korean_Soju · Dec 31, 2009 8:33 PM
.
Korean_Soju · Dec 31, 2009 8:33 PM
.
Korean_Soju · Dec 31, 2009 8:34 PM
.
Korean_Soju · Dec 31, 2009 8:34 PM
.
Korean_Soju · Dec 31, 2009 8:34 PM
.
Korean_Soju · Dec 31, 2009 8:35 PM
.
Korean_Soju · Dec 31, 2009 8:35 PM
.
Korean_Soju · Dec 31, 2009 8:38 PM
.
Korean_Soju · Dec 31, 2009 8:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion