काठमाडौं, २०६६ पुस १३ - प्रेमीको विष सेवनपछि मृत्यु भएको खबरपछि ललितपुरमा एक प्रेमीकाले पछि विष सेवन गरि आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार ललितपुरको थेचो घर भएका २२ वर्षिय दिनेश महर्जनले तल्लो जातको केटी बिबाह गर्ने विषयमा घरमा विबाद परेपछि आइतबार राति विष सेवन गरेका थिए । उनलाई उपचारका लागि राती नै बिएण्डबी अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजे तिर मृत्यु भएको थियो । बिहान प्रेमीको मृत्युको खबर पाएपछि २२ वर्षिया सपना मालीले पनि विष सेवन गरेकी थिइन् । ६ बजेतिर सेवन गरेकी उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको पनि बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले जानकारी दिए । http://www.ekantipur.com/np/ne...
pokhari · Dec 28, 2009 8:28 PM · 3,927 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion