Alternative name for Mt. Everest

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What is after name? We are changing name everywhere. Even we change our country name. Nepali really like change. Now here is another idea to change the name of Mt. Everest. uffff!!!!!! source: www.dautari.org December 24, 2009 सगरमाथा, माउण्ट एभरेस्ट कि नौबन्धन निर्मलमणि अधिकारी -आयोदधौम्य विश्वको सर्वोच्च शिखर 'सगरमाथा' हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनधिकार एकजना बेलायती जर्ज एभरेस्टको ठप्पा लागेर 'माउण्ट एभरेस्ट' भनेर फैलनु उत्तिकै लाजमर्दो कुरो हो भन्ने मेरो ठहर छ । अनेक कुरा विदेशीबाट नक्कल गर्ने, तर गतिलो पक्ष चाहिँ लिँदै-नलिने मुर्ख्याइँ गर्नमै मजा मान्ने होभने त अर्कै कुरो; नत्र छिमेकी देशमा अर्काले थोपरिदिएको 'मद्रास' नामलाई मिल्काएर आफ्नै पुरानो परम्परागत 'चेर्न्नई' नाम राख्ने, त्यसरीनै 'बम्बइ' नाम मिल्काएर पुरानै 'मुर्म्बई' नाम प्रयोग गर्ने र 'क्यालकटा' जस्तो विकृत नाम हुर्‍याइदिएर 'कोलकाता' कै पुनः प्रयोग शुरु गर्ने जस्ता राम्रा अभियानबाट हामीले पनि सिक्न नहुने भन्ने के छ र ! अनि त्यसको शुरुवात हाम्रो शान सगरमाथा बाटनै गरे अझ राम्रो ! आफ्नो राष्ट्रिय परिचयलाई ठम्याउन र कायम राख्न नसक्ने मुलुकको स्वाधीनताको विशेष अर्थ रहँदैन । भारत बेलायती साम्राज्यवादीको पञ्जामा परेको बेलामा त्यहाँका र्सर्भेयर-जनरल एन्ड्रयु वाघले सनकको भरमा विश्वको सर्वोच्च शिखरलाई 'माउन्ट एभरेस्ट' नाम राखिदिएका थिए । त्यतिन्जेलसम्म 'पन्ध्रौं चुली' नामले र्सर्भेकर्ताहरुले चिनाउने गरेका विश्वको सर्वोच्च शिखरलाई एन्ड्रयु वाघले आफ्ना भू.पू. हाकिम जर्ज एभरेस्टको नामबाट बेलायतको 'माउन्ट एभरेस्ट' नाम राखिदिनु उनको स्वामीभक्ति थियोभने तत्कालीन भारतको इस्ट इण्डिया कम्पनी सरकारले त्यसलाई मान्यता प्रदान गर्नु साम्राज्यवादीहरुको धुर्तापूर्ण कार्य थियो । यस क्षेत्रबाट अंग्रेजहरु लखेटिएको यतिका वर्ष पछि सम्म पनि हाम्रो सर्वोच्च शिखरको नाम त्यही 'माउन्ट एभरेस्ट' नै भिरिरहनु चाहिँ पूर्णतया गुलाम मानसिकताको द्योतक हो र लाजमर्दो कुरो हो । जतिसक्यो यो ठप्पा मेट्नु र आफ्नै परम्परागत नाम विश्वभर प्रचलित गराउने प्रयास गर्नु पर्दछ हामीले । यसबारे मदनमणि दीक्षितले पहिले नै चर्चा गर्नु भएको पनि हो : विख्यात इतिहासविद् बाबुराम आचार्यले एभरेस्ट चुली भनिएकोलाई सगरमाथा भन्ने नाम दिनुभयो । त्यो चुचुरोको स्वामित्वबारे नेपाल र चीन बीच छैठौं दशकमा छलफल चल्दा र्सवदर्शनाचार्य चूडानाथ भट्टरायलाई उक्त शिखरसित सम्बन्धित पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन आग्रह गरिएको रहेछ । सो आग्रह अनुसार उहाँले काम गर्नुभएर हिमवत्खण्डमा उल्लिखित 'व्योमकूट' र 'सगरमाथा' एउटै हुन् भन्ने मन्तव्य दिनुभएको ...... । ..... तर महाभारतको वनपर्व पल्र्टाई हेर्दा अध्याय १८७ को ५० औं श्लोक मैले यस्तो पाएँ( नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्गे हिमवतस्तदा ।। तच्च नौबन्धनं नाम श्रृङ्गं हिमवतः परम् ।। अर्थात्, माछोको वचन सुनेर हिमालयको चुचुरोमा नाउलाई बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको नौबन्धन भन्ने नाम रहेको छ । मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाई छोडेर हेर्दा सर्वोच्च हिमशिखरको नामबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाई जोडेर त्यो सर्वोच्च हिमशिखरलाई 'नौबन्धन' भन्ने नाउँ दिएका थिए भन्ने तथ्य र्छलङ्ग हुन्छ । .... बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन ! -हेर्नु- त्यो युग, पृष्ठ नं. ११(१२) विश्वको सर्वोच्च शिखरको नाम पौराणिक कालमा 'नौबन्धन' रहेको र त्यसलाई 'व्योमकूट' पनि भनिने गरेको देखिन्छ । जस्का नामबाट हाम्रो सगरमाथालाई विश्वभर चिनाइँदै छ ती व्यक्ति र्-जर्ज एभरेस्ट) को बारेमा नालीबेली केलाउँदा के देखियोभने उनी सन् १७९० तिर बेलायतको ब्रेक्नोकसायरमा जन्मी विद्यालयस्तरको पढाइ सकी बुलविच भन्ने ठाउँको सैन्य शिक्षालयमा भर्ना भएका थिए । सेनाका लप्टन भएर भारत आएका जर्ज एभरेस्ट सन् १८१२ मा अहिलेको भारतको मध्यप्रदेश -त्यतिखेरको 'कालिन्जर') कब्जा गर्ने सैनिक टोलीमा सामेल थिए । पछि उन्लाई, भारतीय उपमहाद्वीपलाई क्वाप्पै खाने अंग्रेज रणनीतिको एक भागका रुपमा शुरु गरिएको भौगोलिक र्सर्भेमा खटाइएछ । त्यहीबेला एन्ड्रयु वाघ उन्का सहायकका रुपमा काम गर्थे । जर्ज एभरेस्टले उमेरको हदबन्दीले अवकाश पाएपछि उन्का सहायक एन्ड्रयु वाघ बन्न पुगे 'र्सर्भेयर-जनरल' र उनैले आफ्ना भू.पू. हाकिमको नाममा हाम्रो सर्वोच्च शिखरको नामाकरण गरिदिए । धूर्त साम्राज्यवादी 'इस्ट इण्डिया कम्पनी' सरकारले हत्तपत्त सो नामाकरणलाई मान्यता प्रदान गरिहाल्यो । त्यतिखेर नेपालमा शासनरत राणा शासकले यो कुरा थाहा पनि पाए कि पाएनन् कुन्नि ! थाहा पाएकै भएपनि अंग्रेजका गुलामीमा फसिसकेका राणाजीहरुले के खाएर गर्दा हुन् विरोध ! सगरमाथालाई 'माउन्ट एभरेस्ट'कै रुपमा रहिरहन दिनु साम्राज्यवादको नाङ्गो बलात्कारलाई स्वीकार गरिरहनु हो । यस धब्बालाई मेट्न ढिलाउनु हुँदैन । अब विश्वको सर्वोच्च शिखरको नामाकरण गर्ने क्रममा हामीसँग थुप्रै विकल्पहरु छन् । महाभारतकाल र त्यस अघिको नाम( 'नौबन्धन'; हिमवत्खण्डमा दिइएको नाम( 'व्योमकूट'; इतिहास-शिरोमणि बाबुराम आचार्यले राख्नुभएको नाम( 'सगरमाथा'; बेलायती साम्राज्यवादीहरुले थोपरिदिएको नाम( 'माउन्ट एभरेस्ट' र स्थानीय जनताले चलाउने गरेका अन्य नामहरु । यीमध्ये अरु जुन-कुनैपनि नाम प्रचलित हुँदा हाम्रो राष्ट्रिय परिचयको निमित्त उपयुक्त हुने देखिन्छ; तर माउन्ट एभरेस्ट नामलाई जतिसक्दो चाँडो त्याग्नु राम्रो ! अस्तु

sanas · Dec 28, 2009 7:38 AM · 14,032 views

1 Reply

माउन्ट एभरेस्टलाई हाम्रो नेपालमा त सगरमाथा नै भन्छन नि ... बाबुराम आचार्यले राखेको नाम .. हैन र ? 

jharekopaat · Dec 28, 2009 7:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all