नेवाः राज्यको घोषणा ( Video )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

2009-12-26 ( Avenues Tv ) नेवाः स्वायत्त राज्य संघर्ष समितिले आज काठमाडौंको दशरथ रंगशालाबाट नेवाः स्वायत्त राज्यको घोषणा गरेको छ। घोषणा सभामा नेवार समुदायका राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बुद्धिजिवी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। घोषणा सभा मार्फत नेवाः राज्यको छुट्टै राज्यगान सार्वजनीक गरिएको थियो। त्यसैगरी नेवाः राज्यको झ48डोत्तोलन गरिएको थियो। संविधान सभाबाट राज्य पुनर्संरचना कोरिने प्रक्रियामा त्यस सम्वन्धि आफ्नो अभिमतका लागि नेवाः स्वायत्त राज्य घोषणा गर्न लागिएको संघर्ष समितिले जनाएको छ। घोषणा सभा मार्फत नेवाः राज्यभित्र प्राचिन नेपाल म48डलको भूभाग समेटिनुपर्ने माग गरिएको छ। घोषणा सभामा सहभागि हुन परम्परागत बाजा, झाकी सहित काठमाडौंका कीर्तिपुर, धरहरा पुल्चोक, कालिमाटी, बबरमहल, बसन्तपुर र थानकोटबाट निस्केको र्‍याली रंगशालामा पुगेको थियो।

damikattu · Dec 27, 2009 3:00 AM · 48 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion