युवतीसँगै भेटिए तपस्वी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

युवतीसँगै भेटिए तपस्वी पवन यादव बारा, २०६६ पुस ९ - बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन् । बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो । 'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए । बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए । गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए ।

khoikkhoik · Dec 24, 2009 4:20 PM · 14,957 views

9 Replies

अच्च्म्म ! यो मधेशी आतंकवादी र माओबादी को षडयंत्र पो हो की?

ramprasadneupane · Dec 24, 2009 5:12 PM

1.  Why we have to believe everything media says? 2.  How many girls you see in that area walking on an open road hugging boys?   Last edited: 25-Dec-09 05:38 AM

b.shrestha · Dec 24, 2009 5:18 PM

Bomjan also has his TURPEDO...so  chakka mannu parne k cha ra sathi ho....enjoy Bomjan enjoy..

paisachor · Dec 24, 2009 5:37 PM

why do we even care.

NightElf · Dec 24, 2009 5:38 PM

what car?

kalopani · Dec 24, 2009 5:40 PM

This only proves even 'tapaswi's have ..........and need ..........Haina ra ?

maalpaani · Dec 24, 2009 5:46 PM

  Last edited: 25-Dec-09 05:38 AM

b.shrestha · Dec 24, 2009 5:54 PM

lau jaa  Last edited: 25-Dec-09 06:23 AM

khaobaadi · Dec 25, 2009 6:23 AM

Even Buddha had lots of fugss...... may be bomjom thinks he is still one step behind Budhha.

Ved555 · Dec 25, 2009 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all