एउटा कविता: " मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो- सुनेको छु तिम्रो देश त कमल छ सुन्दरताको मिसाल छ मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ अझ सुनाउ न तिम्रो देश बारेमा. अनि मैले सुनाए हो! अनौठो मेरो देश नेपाल छ सुन्दरतामा बेमिसाल छ मनै लोभ्याउने पहाड अनि हिमाल छ उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ नेपालीको मानमा भोलापनको बहाल छ तर अहिले मेरो देशको स्थिति बेहाल छ राजनैतिक समस्या बिकराल छ गरिबी र अकाल छ जता ततै बन्ध र हड्ताल छ दिन रात जुलुश र मशाल छ सोझा नेपाली को हातमा रगतको गुलाल छ विकासको न सुर छ न ताल छ नया नेपाल बनाउने न नै कुनै कुमाल छ यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो- मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.अंशु पुछी उसले फेरी सोध्यो- जुन देश प्रकृतिले यस्तो मालामाल छ त्यसमा के कारणले यस्तो बेहाल छ मैले उत्तर गरे- मेरो देशमा एउटा दाहाल छ मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

Korean_Soju · Dec 24, 2009 12:03 AM · 2,730 views

1 Reply

With some editing- a revised version एउटा कविता: "मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु" मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो- सुनेको छु तिम्रो देश त कमाल छ सुन्दरताको मिसाल छ मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ अझ सुनाउन तिम्रो देश बारेमा. अनि मैले सुनाए हो! अनौठो मेरो देश नेपाल छ सुन्दरतामा बेमिसाल छ मनै लोभ्याउने पहाड अनि हिमाल छ उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ नेपालीको मानमा भोलापनको बहाल छ तर अहिले मेरो देशको स्थिति बेहाल छ राजनैतिक समस्या बिकराल छ गरिबी र अकाल छ जता ततै बन्ध र हड्ताल छ दिन रात जुलुश र मशाल छ सोझा नेपाली को हातमा रगतको गुलाल छ विकासको न सुर छ न ताल छ नया नेपाल बनाउने न नै कुनै कुमाल छ यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो- मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो- जुन देश प्रकृतिले यस्तो मालामाल छ त्यसमा के कारणले यस्तो बेहाल छ मैले उत्तर गरे- मेरो देशमा एउटा दाहाल छ मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

Korean_Soju · Dec 24, 2009 1:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all