एउटा कविता: "मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो- सुनेको छु तिम्रो देश त कमल छ सुन्दरताको मिसाल छ मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ अझ सुनाउ न तिम्रो देश बारेमा. अनि मैले सुनाए - हो! अनौठो मेरो देश नेपाल छ सुन्दरतामा बेमिसाल छ मनै लोभ्याउने पहाड अनि हिमाल छ उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ नेपालीको मानमा भोलापनको बहाल छ तर अहिले मेरो देशको स्थिति बेहाल छ राजनैतिक समस्या बिकराल छ गरिबी र अकाल छ जता ततै बन्ध र हड्ताल छ दिन रात जुलुश र मशाल छ सोझा नेपाली को हातमा रगतको गुलाल छ विकासको न सुर छ न ताल छ नया नेपाल बनाउने न नै कुनै कुमाल छ यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो- मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए. अंशु पुछी उसले फेरी सोध्यो- जुन देश प्रकृतिले यस्तो मालामाल छ त्यसमा के कारणले यस्तो बेहाल छ मैले उत्तर गरे- मेरो देशमा एउटा दाहाल छ मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

Korean_Soju · Dec 23, 2009 11:59 PM · 13,364 views

8 Replies

Loved It. Nice.

129lane · Dec 24, 2009 9:34 AM

Mahisasur Dahal

aman · Dec 24, 2009 10:08 AM

Wonderful writing. Its a nice blend of tragedy, humor and satire. I hope you could have omitted the use of word "Gulal", sounds like borrowed form Indian. Correct me If I am wrong here. Keep writing dude..

danphe · Dec 24, 2009 10:59 AM

Firstly the revised first part and then the new second part. Enjoy!! एउटा कविता: " मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु" मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो- सुनेको छु तिम्रो देश त कमाल छ सुन्दरताको मिसाल छ मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ अझ सुनाउन तिम्रो देश बारेमा. अनि मैले सुनाए हो! अनौठो मेरो देश नेपाल छ सुन्दरतामा बेमिसाल छ मनै लोभ्याउने पहाड अनि हिमाल छ उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ नेपालीको मनमा भोलापनको बहाल छ तर अहिले मेरो देशको स्थिति बेहाल छ राजनैतिक समस्या बिकराल छ गरिबी र अकाल छ जता ततै बन्ध र हड्ताल छ दिनरात जुलुश र मशाल छ सोझा नेपाली को हातमा रगतको गुलाल छ विकासको न सुर छ न ताल छ नया नेपाल बनाउने न नै कुनै कुमाल छ यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो- मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो- जुन देश प्रकृतिले यस्तो मालामाल छ त्यसमा के कारणले यस्तो बेहाल छ मैले उत्तर गरे- मेरो देशमा एउटा दाहाल छ मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

Korean_Soju · Dec 30, 2009 11:42 PM

मेरो देशमा एउटा दाहाल छ......(क्रमश:) मेरो देशमा एउटा दाहाल छ उसको एउटा हातमा मसाल छ अर्को हात हजारौ नेपालीको रगतले लाल छ उसको कुरा सुन्नेहो भने बबाल छ शब्द शब्दमा धमाल छ उसको बातमा न आउ तिमी त्यसमा ठुलो जाल छ खोक्रो आडम्बर बिशाल छ बौद्धिकतामा भने कंगाल छ प्रचण्डपथमा समृद्धिको अकाल छ उसले निमत्याउन लागेको समस्या बिकराल छ उसको ल्याएको झोला भित्र विषालु अरिंगाल छ आउ लैजाऊ भन्छौ हामी, खै कहाँ छ कहाँ त्यो काल छ.

Korean_Soju · Dec 30, 2009 11:43 PM

Korean_soju, sarai ramro lagyo. Keep it up.

allegro · Dec 31, 2009 10:13 AM

गज्जब एकदमै राम्रो

serial · Dec 31, 2009 11:12 AM

Thanks guys.. Anyways no offense for other Dahals ..hai ta..

Korean_Soju · Dec 31, 2009 8:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all