बिश्वासघात (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) "एक रथका हामी दुई पङ्र्ग्रा" भने जस्तै गरी कयौ सुख दु:ख, उकाली ओरली, हण्डर,ठक्कर घाम अनी पानी एकै साथ पार गर्दै हाम्रो दम्पत्य जिबनले आज ५ बर्ष पुरा गर्यो। आफ्नो परिवारमा जे-जस्तो आपत बिपत आइपरे पनि हामीले हातमा हात राखी त्यस्को सामन गर्थियौ र गर्दैछौ पनि। जिबनमा केही गर्नुपर्छ भन्ने सोच बोकेका हामी पर्देशी जोडी आफ्नो सपना रुपी सुन्दर फुलहरु फुलाउनको लागि रात दिन लगिपरिरहेका छौ। अझ भनौ जिबन जिउनेकै नाममा हरेक दिन कडा भन्दा कडा सँगर्श गरिरहेका छौं, परिवारको सुखको खातिर आफ्नो आफ्नो मुहार हँसिलो परेर। अग्नी साक्षी राखी प्रणयसुत्रमा बाँधिदाको समय देखी मेरो सर्बोस्व भन्नु नै मेरो श्रीमान हो र उहाँको सर्बोस्व भन्नु नै म हुँ भन्ने ठानेका छौ हामीले। मेरो सर्बोस्व नै उहाँ अनी उहाँको सर्बोस्व नै म भएपछी तन, मन र धनको त के कुरा गर्ने र! यही अटल विश्वाशमा नै हामीले हाम्रो अथाह सुखको अनुभुती गरेका छौ, जुन सुख अनी विश्वाशले हाम्रो दम्पत्य जिबन अझ बढी बलियो बनाएको छ। रहंदा बस्दा साथीभाई अनी छर-छिमेक चिनिनु स्वाभाबिक नै हो। त्यस्तैमा मेरो पनि एकजना छिमेकीसँग चिनापर्ची भयो। बाङ्लादेशका रहेछन उनिहरु। उनिहरु हामीसँगै त्यस अपार्ट्मेन्टमा बस्न आए पनि भर्खर भर्खर नै हाम्रो बोल्चाल सुरु भएको थियो। बच्चा कै कुराको सिल्सिलाबाट नै हाम्रो बोलचाल सुरु भएको थियो। पहिलो बच्चा-छोरी जम्मा ३ महिनाको भएकी रहेछ उनिहरुको। मेरो हुर्किसकेका हुनाले प्राय भेटमा उस्ले बच्चाकै कुरा सोध्थी, स्कुलको कुराहरु हुन्थे अनी आक्कल झुक्कल बैवाहिक जीवनको। म कामबाट फर्केको बेलामा सधैं जसो उ उस्को कोठा बाहिर नै हुन्थि, कहिले बच्चिलाई खेलाउदै त कहिले खुवाउदै हुन्थि। उनिहरुको धेरै जसो पारीबेस र रहनसहन हाम्रोसँग मिल्ने भएकाले केटी चाँही अली बढी म सँग घुलमिल हुन खोजेको जस्तो मैले महसुश गरेकी थिए। उस्को श्रीमानसँग "हाइ - हेल्लो" मात्र हुन्थियो मेरो। सधैं झै म कामबाट फर्किदा उ आज पनि आफ्नी बच्चालाई खिचडी खुवाउँदै थिइ। मलाई देख्ने बित्तिकै उस्ले आज तँ बिजी छस भनेर सोधी। मैले त्यती छैन, किन र भन्ने। मेरो औषधी लिन जान थियो, तँ मलाई औषधी पसल सम्म लगिदिन्छस भनेर सोधी। आफ्नो नातागोता-छरछिमेकहरुलाई परेको बेलामा सकिन्छ भने हरहिसाबले सहयोग गर्नुपर्छ भन्ने मान्यता मेरो थियो। मेरो खासै काम पनि नभएकाले मैले पुराइदिए। फर्किदा गाडीमा मैले औषधी किनेको कुरा मेरो श्रीमानलाई नभन है भनी। मैले झट्ट किन र भनी प्रश्न गरें। उ भाबुक बन्दै गइ। आँखा भरी आँशु लिएर मलाई एकछिन गाडी पार्क गर्न भनी, मैले पनि सोही अनुसार गरें। आँसुका भेल बगाउँदै ५ मिनेट जती मज्जाले रोइ उ। अनी आँशु पुस्दै उस्ले भनी - "मेरो जिन्दगी बर्बाद भयो। मेरो श्रीमानले मेरो जिन्दगी बर्बाद गरिदियो।" "किन के भयो र त्यस्तो? मैले जहाँ सम्मा तिमीहरुलाई बुझेकी छु, मलाई लाग्छ तिमीहरुको परिवार खुशी छ, सुखी छ, सम्पन्न छ। होइन र?" मैले सान्तोना दिने हिसाबले भने उस्लाई। "होइन ! त्यो बाहिरी देखावोटी रुप हो हाम्रो परिवारको। म त एउटा चटक खेल्ने पात्र जस्तै बनेकी छु त्यो परिवारमा। चटकी मेरो श्रीमान !" उस्ले भनी। एकछिन दुबै जना मौन भयौ। मलाई सार्है अफ्ठ्यारो महसुश भईरहेको थियो। के गरु कसो गरु भईरह्यो। उनिहरुको घरको कुरा- अझ भनु उनिहरुको व्यत्तिगत जीवनको कुरा मलाई किन भन्दै छे अहिले उस्ले। म को हो उनिहरुको यी सब यस्ता कुरा सुन्ने ? किन विश्वाश गर्छे मलाई उस्ले यसरी? आखिर के नै गर्न सक्छु र म उनिहरुको व्याथा सुल्झाउन? "हामी सङ्गै स्कुल म पढ्थियौ। त्यतिखेर नै हाम्रो प्रेम बसेको थियो।" -मेरा मनमा उब्झिएका कयौ प्रश्नहरुमा हराइरहेकी म उस्को बोली फुट्न थालेपछी उही तिर केन्द्रित भएं। "New york बाट पढ्न छात्रब्रिती पाएर यता सरेकी थिए म। १ बर्ष जती हाम्रो प्रेम प्रसँग चलिरहयो। त्यस्पछी उस्ले विवाहको प्रस्ताब रख्यो। मैले पढाई नसिद्दी नगर्ने भन्दा पनि उस्को जिद्दिले गर्दा हाम्रो विवाह त्यतिखेर नै भयो। त्यो अबधीमा हामी यती नजिक थियौं कि उस्लाई मेरो बारेका हरेक कुराहरु थाहा थिए अनी मलाई उस्का। तर विवाह भएपछी थाहा पाए उस्ले भनेका उस्का कुराहरु एउटा पनि साँचो रहेनछन। एक बर्ष जती हाम्रो बैबाहिक जीवन एकदमै रमाइलोका साथ बित्यो। हामी दुबैको स्कुल चलिरहेको थियो तर उ चाँही अन्तिम सेमिस्टरको अन्तिम तिर आइसकेको थियो। यतिखेर नै उस्ले अब काम खोज्न पर्ने तर Work Permit नभएकोले अफ्ट्यारो भएको भनी रहन्थियो। आफ्नो घरको समस्या सुल्झाउने सोचले र उस्की श्वासनी यस देशको नागरिक भएको हैसेतले मैले उस्को सम्पूर्ण कागजातमा सही गरिदिएकी थिए त्यतिबेला। तर……..तर क्रमश… Last edited: 23-Dec-09 10:34 AM
Sufal · Dec 23, 2009 10:26 AM · 16,565 views
ल कथा राम्रो होला जस्तो छ शुरुवात गजब छ! त्यसपछिको भागको प्रतिक्षामा....
Birkhe_Maila · Dec 23, 2009 10:30 AM
Waiting for more!!!!
santosh1984 · Dec 24, 2009 5:48 PM
Thank you so much all of you! I will post the next part as soon as possible. thanks, Sufal
Sufal · Dec 29, 2009 9:20 AM
तर जती बेला उस्को हातमा हरियो पत्ता पर्यो या भन्नु उस्को चाहना पुरा भयो त्यस पछी उस्का हरेक कृयाकलापहरुमा परिवर्तन आए। चुपचाप सहेर बसें म। त्यही सहेको फल भोग्दै छु म अहिले। किन आईमाईहरु सहन्शिल हुन्छन? अझ बढी त एसिया तिरका आईमाईहरु सहन्शिल हुने। यो नारी मनलाई किन कुल्चिन्छन यि पुरुषहरु? हुन त सबै पुरुषहरु त्यस्ता हुँदैनन, मेरो चाँही त्यस्तो पर्यो।" उ आफ्नै सुरमा आफ्नो सारा ब्रित्रान्त कहँदै गइ। मलाई अब उसँग के भन्नुपर्छ भन्ने नै थाहा थिएन। केबल सुनिरहें उस्का जीवनका वास्तविक काहानीहरु। कल्पनिक पनि हुन सक्छन, एक तर्फी कुराको भरमा मात्र मैले उस्ले भनेका सबै कुरा साँचो नै हो भनेर भन्न मिल्दैन्न। म बिचमा परेको जस्तो भान भइरहेको थियो मलाई। त्यसैले केही पनी बोलिन म त्यतिबेला। उ अली सम्मालिएको महसुस गर्ने बित्तिकै मैले घर जाने आग्रह गरें। घर पुगेपछी पनि अनेकौ कुराहरु खेलिरहे मेरा मनमा। घर गृहस्थिमा कतिपय मन नपरेका कुराहरु अन्यत्रीलाई नदेखाउनु पर्ने हुन्छ। किन भनी उस्ले यी सब कुरा मलाई? के उस्ले भनेका सबै कुरा साँचो हुन त? होइन भने मलाई किन उस्ले कल्पनिक काहानी भन्नु थियो र! यदी साँचो हो भने कत्ती निस्चल छ उस्को मन, कत्ती अबोध छ उस्का कामकुराहरु उस्को परिवारका खातिर। त्यस्ता अबोध नारिलाई नै झूटो प्रेम जालमा फसाएर, उसको जीवनसँग खेल्ने मानिसको अबतारमा जन्मिएका त्यस्ता पशूहरूले गर्दा नै सम्पूर्ण पुरुषहरू बदनाम भएका छन आज, होइन्न र? हुन त नारिहरु पनि त्यस्ता नभएका त होइन्न। तर पनि नारिहरुको दाँजोमा पुरुषहरुको अनुपात बढी नै छ जस्तो लाग्छ यस्ता कुराहरुमा। श्रीमान श्रीमतीका लागि र श्रीमती श्रीमानका लागि दरिलो खम्बा बनेर उभिनु नै दाम्पत्य जिबनमा विश्वासको सम्बन्ध प्रगाढ बनाउने सूत्र हो भन्ने बुझेकी छु मैले। आपसी समझदारी, सहयोग र प्रेम नै सम्बन्ध टिकाउने कुराहरु हुन्। एकले मात्र यी कुराहरुबाट आफ्न हात झिकिदिएमा उनिहरुको दाम्पत्य जिबन तहस-नहस हुने पक्का छ र पनि त्यही हरियो पत्तोको लागि आफ्नो अनी छोरीको जिन्दगी अनी उस्को भबिस्य सँग किन खेलबाड गर्दै छ उस्को श्रीमान। आखिर उस्को केही गल्ती नै नभइ उस्को श्रीमानले यी सब काम कुरा गरेको होला त? उस्को कोठासँगै कोठा जोडीएको छिमेकीसँग भेट हुँदा पनि "यो कोठाका लोग्ने-श्वासनी साह्रै झगडा गर्छन्" भन्दै थिइ केही हप्ता पहिला। सँगै बस्ने क्रममा श्रीमान्-श्रीमतीबीच ठाकठुक पर्नु स्वाभाविक हो। यसबाट जुनसुकै दम्पती पनि अलग छैनन। लोग्ने-श्वासनीको झगडा परालको आगो। कस्को पो हुँदैन र। बरु लोग्ने-श्वासनीको बेला मौकामा सानो तिनो ठाकठुक परेन भने डर हुन्छ। त्यती ठुलो बोझ मनमा हुँदा पनि पछी पछीका भेटमा उ मसँग मुस्कुराएकै देखेकी थिए। जती सुकै दु:ख कस्ट पर्दा पनि त्यस दु:ख कस्टलाई आफु भित्र नै गुम्साइ अरु सामु किन मुस्कुराउनु पर्ने होला? हुन त आफ्नो दु:ख कस्टमा झेलिएको कुरुप अनुहार कस्ले पो देखाउन चाहन्छन र अरु सामु । त्यसैले मुस्कानमा आफ्नो दु:ख कस्ट लुकाउने शक्ती छ जस्ले लाग्छ मलाई। मैले आज सम्म कुरुप मुस्कान कसैको देखेकी छैन। मुस्कान कस्को पो नराम्रो हुन्छ र ? हाँस्दा सबैलाई राम्रै देखिन्छ। अरुको जस्तै उस्को पनि मुस्कान नराम्रो छैन होला र उ आफ्नो दु:ख, कस्ट लुकाइ आफ्नो परिवारको खातिर सधैं मुस्काँउदै सबैलाइ उज्यालो छर्न खोज्दै छे, मुस्कानसँगै फूल र ताराहरुको बर्षा गर्न खोज्दै छे। समय आफ्नै गतिमा चल्दै थियो। एकदिन म मेरो छोरीलाई daycare बाट लिएर फर्कदै थिए। उस्को Apartment को बाहिर केही पुलिसहरु देखें। मनमा अनेक शंकाहरु तल माथि गर्न थाले। म एक सुरले आफ्नै Apartment तिर लम्कदै थिए। अचानक उस्ले मलाई ग्वर्लाम्म अँगालो हाली अनी आँखाबाट आँशुका दानहरु खहरेका भेल सरी फुटाउन थालि। “२ दिन भयो मैले मेरो छोरी नदेखेको। मैले छोरी राम्ररी नहेरेको बाहना बनाएर उस्ले म सँग divorce मग्यो। त्यसपछी हाम्रो भनाभन हुन थल्यो। उस्ले हातपात पनि गर्यो। मैले ९११ कल गरें अनी यिनिहरुले मेरो छोरी social serviceमा लगिदिएका छन।“ उस्ले एकै श्वासमा यि सब कुरा मलाई भनी। त्यसपछी दुई हात जोड्दै उस्ले मलाई "तँलाई मेरो सबै कुरा थाहा छ। बिन्ती! मेरो छोरी मैले राम्ररी हेर्थे भनेर मेरो लागि जमानत बसिदे न” पो भन्छे। म त वाल्ल पर्ये उस्का कुरा सुनेर। के गँरु कसो गँरु भयो। हामी दुईको वार्तालाप हुँदै गर्दा पुलिस पनि हाम्रो नजिक आइसकेको थियो। झ्वाट मेरो मुखबाट निक्लिहल्य्यो -"मलाई तैले जे भनिस मलाई तेती मात्र थाहा छ। तेरो श्रीमान तर्फका कुराहरु अथवा तेरो घरयसी बातावरण मलाई के थाहा छ र? तिमीहरु श्रीमान श्रीमती हिंडेको, तँ गर्भवती भएको, बच्चा भएको कुरा मलाई थाहा छ अनी तैले आस्ती भनेको कुरा मलाई थाहा छ। तिमीहरु दुईको सम्बन्ध के कस्तो छ म ५ मिनेट भेट्ने मान्छेले कसरी मुल्यंकन गर्न सक्छु र। को मान्छे सही हो को गलत हो म कसरी छुटाउन सक्छु र यती कुराहरुको आधारमा। मलाई यतिकै तिमीहरुको लफडामा नमुछ, I am sorry भनेर म हिंडे।" Apartmentमा आए। सार्है नरमाइलो लाग्यो। मेरा मन दो-मन भइ एक्-अर्कामा द्रोन्द गर्न थाले। एकले भन्छ - सबै मान्छेहरु स्वार्थी हुन्छन् यस्मा तँ पनि अछुतो छैनस्। तँ आफु पुलिसको लफडाबाट पंछीन तैले एउटा नारिको हारगुहार सुन्न चाहिनस्। तँ स्वर्थी होस् ! कती विश्वाश गरेर उस्ले तँलाई सबै कुराहरु भनेकी थिइ। तर तैले उस्लाई वश्वासघात गरिस्। आर्को मन भन्छ - त्यसो होइन! वास्तवमा भन्ने हो भने मलाई के नै थाहा छ र उस्को बारेमा ? के आधारमा म बिस्व्सत हौं कि उस्ले मलाई भनेका सबै कुराहरु सत्य हुन भनेर। आफ्नो लोग्नेसँग छुटिन उस्ले नै गरेको षड्यन्त्र पनि त हुन सक्छ। उस्ले नै आँफै आफ्नो लोग्नेलाई वश्वासघात गरेकी पनि त हुन सक्छ ? म उस्लाई कसरी विश्वाश गरी हल्न सक्छु? धेरै बेर पछी दुइटै मन एकै भएर भने - भगवान जाने यहाँ कस्ले कस्लाई वश्वासघात गरेको छ - मैले उस्लाई, उस्ले उस्को श्रीमानलाई या त उस्को श्रीमानले उस्लाई ! *अस्तु* Last edited: 25-Feb-10 01:26 PM Last edited: 25-Feb-10 01:31 PM
Sufal · Feb 25, 2010 1:08 PM
Wishing you all wet and slippery Holi! Add more colors of joy to your life To make it happy and worthwhile HAPPY HOLI!
Sufal · Feb 26, 2010 8:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion