कता हो बिपीले भनेका थिए कम्नियुष्टहरु भन्छन एउटा गर्छन अर्को। हैन के भनेको यो जस्तो लाग्थ्यो। माओबादीको तालमाल देखेर कुरो कुथुरो बुझे बुझे जस्तो लाग्यो। जनताको अधिकार चाहियो भनेर जनता कुट्ने गज्जबको रणनिती छ माउबादीसंग। संबिधानमा त यस्तो पो लेखिएको रहेछ : स्रोत:www.dautari.org December 22, 2009 नागरिक सर्वोच्चताका ३ दिन हुन त नेपालमा जहिले पनि नागरिक सर्वोच्चता छ । जसले जसलाई कुटे पनि हुन्छ । सरकार, प्रशासन, नियम, कानुन आदि कार्यकर्ता देखि नेतासम्मका खेलौना हुन। सक्नेले जिल्लाको सिडिओ पिटे पनि हुन्छ, नसक्नेले चाहीं आंफै पिटाई खानु पर्छ । वास्तविक प्रजातन्त्र पनि यहि न हो, जसले भोट धेरै ल्याउंछ उसैले हाली मुहाली गर्छ । अस्ति देखि नेपाल बन्द थियो । सरकारमा हुदा अहिलेका बन्द आयोजकहरु आंफै बन्द नगर्ने संकल्प ल्याउने प्रस्तावका पक्षपोषक थिए । नागरिक सर्वोच्चताको वकालत गरेको ढोंग रच्ने माओवादी नामको पार्टीले नागरिक सर्वोच्चताको लागि नै बन्द गरेको रे । नेपालको अन्तरिम संविधानको भाग ३ को दफा ३ „ङ“ र „च“ अनुसार स्वतन्त्रतापुर्वक सार्वजनिक आवत जावत र पेशा गरेर खान पाउनु पर्ने व्यवस्था गरेको छ (हेर्नुस तस्वीर)। यसै संविधानको खिल्ली उडाउंदै देशलाई रण क्षेत्रमा परिणत गर्ने अनि सभासदहरु समेत अराजक भीडको अगाडि लाग्ने गजबका चटकबाज हैनन त? सडकका लागि पनि अयोग्यहरु सभासद बने पछि के हुन्छ ? के तपाईहरु बसेका अरु देशमा पनि यस्तै सभासद छन ? यी सभासदहरु मनग्य तलब सहित संसद नजादाको दिनको पनि भत्ता खान्छन । यिनका नेताहरु लक्जरी गाडि विना यात्रा गर्दैनन तर यिनिहरु अरुको वर्तमान र भविष्य तहसनहस पार्न कटिवध्द छन । वास्तविक नागरिकहरु जसका लागि लडाई लडेको भनेर भन्नेहरु भन्ने गर्छन, कसरी खाली पेटमा „विजय“ मनाइरहेका छन र कति „खुशी“ छन अर्को तस्वीरले देखाउंछ । अनि अन्त्यमा समापनको दिन प्रचण्डले भनीछाडे „अव वार्ता भारतसित हुन्छ“ । पहिले फोरमका यादवले अरु पार्टीलाई गाली गर्ने बहानामा भारतलाई माथि पारेर उसको अस्तित्वलाई स्विकारेका थिए । तर अहिले सवै भन्दा ठुलो पार्टी र त्यत्रो मासले नै ओपचारिक रुपमा भारतको दासत्व स्विकारेर भारतलाई हसाएको छ । यो प्रचण्डको अज्ञानता हो या ग्रयाण्ड डिजाइनको कडी थाहा भएन तर यसले नेपाली स्वतन्त्रतामाथि खुलेआम लोप्पा ख्वाएको छ । हुन त भारतले नै माओबादि शरण देखि १२ बुंदे संझौता सम्म सबै रेखदेख गरिदिंदै आएको थियो त्यसैले यो प्रचण्डको रोदन सामान्य होला तर नागरिक सर्वोच्चताको पछाडि लुकेको यो „त्वं शरणको घोषणा“ले फेरि पनि नेपाल प्रति गर्व गर्ने नेपालीहरुलाई पक्कै पनि लात हानेको छ । Last edited: 23-Dec-09 04:30 AM
sanas · Dec 23, 2009 3:56 AM · 15,490 views
ye ye ye prachanda le ta bharat sanga barta garne bhaneko hoina re, unkai mukhle bhaneko lau bbc sanga. napattaye you bbc ko link yeha chha: http://www.bbc.co.uk/mediasele...
sanas · Dec 23, 2009 8:08 PM
Maoist Communists are propagandist criminal thugs. They feed on poverty, backwardness and illiteracy . They rouse people's sentiment and seize their brain . They accuse others of doing all the bad while they themselves commit crimes, extortion, seduction and resort to violence all the time but are able to transfer the accusation on others because they have been the propagandists of the world. As Lenin taught them ' 'Repeat an untruth 100 times to make anything in your advantage a truth". The worst thing is that Communists infest a society like bugs and they can't be washed away easily unless flushed with high caliber toxic.
sumedhu · Dec 24, 2009 8:17 AM
Kudos to the interviewer!!! How can a group (I mean a VERY large group) of people follow such a crackhead leader is beyond my comprehension!! पशुपतीनाथले हामी सबैको कल्याण् गरुन!!
MySweetLord · Jan 19, 2010 6:52 PM
Rajesh KC is great. He hit right on the head! Last edited: 19-Jan-10 09:33 PM
sanas · Jan 19, 2010 6:57 PM
Prachanda is the worst bahun ever in Nepal...
Ved555 · Jan 19, 2010 8:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion