Prachandaले यसो बोले ( 2009-12-22 )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

( Avenues TV - 2009-12-22 ) नागरिक सर्वोच्चताका लागि आन्दोलनरत एकीकृत नेकपा माओवादीले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। तेस्रो चरणको आन्दोलन अन्तर्गत तीन दिने आम हड्तालको समापन समारोहलाई काठमाडौंको नयाँ बानेश्वरमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले चौथो चरणको आन्दोलन घोषणा गर्नुभएको हो। चौथो चरणको आन्दोलन अन्तर्गत पुस गते देखि माघ दश गतेसम्म राष्ट्रिय जागरण अभियान र भ48डाफोर कार्यक्रम संचालन गरिने छ। त्यसबाट पनि माग सम्बोधन नभए माघ दश गतेदेखि अनिश्चितकालिन आम हड्ताल गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नागरिक सर्वोच्चताका लागि आफुले भारतसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ। काठमाडौंको नयाँ बानेश्वरमा आयोजित तीन दिने आम हड्तालको समापन समारोहमा बोल्दै अध्यक्ष दाहालले नेपाली कँग्रेस, नेकपा एमालेसँगको वार्ताको कुनै अर्थ नरहेकोले भारतसँग वार्ता गर्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो। वर्तमान सरकार विदेशीको इसारमा चलिरहेको आरोप दोर्‍याउँदै अध्यक्ष दाहालले सत्ताधारी दलहरुसँग आफु हैरान भएको बताउनुभयो। प्रधान सेनापति छत्रमान सिंह गुरुङको भारत भ्रमणको क्रममा भारतीय सेनापति दिपक कपुरले दिनुभएको भनिएको अभिव्यक्ति प्रति कडा रुपमा प्रस्तुत हुँदै अध्यक्ष दाहालले माओवादी लडाकु नागरिकको रुपमा मात्र सेनामा समायोजन गर्ने भन्ने विदेशी हस्तक्षेप भएको आरोप लगाउनु भयो। उहाँले विस्तृत शान्ति सम्झौताको विरुद्धमा बोल्ने हैसियत कसैसँग नभएको बताउनुभयो। कार्यक्रमलाई माओवादी उपाध्यक्ष डक्टर बाबुराम भट्टराई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएको छ। Last edited: 23-Dec-09 12:20 AM

damikattu · Dec 22, 2009 11:57 PM · 2,541 views

1 Reply

Indian Kathputali ho u to.

Ved555 · Dec 26, 2009 8:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all