वेबसाइटबाट यौन व्यापार गर्ने पक्राउ मंगलवार, 10 नोभेम्बर 2009 15:47 नागरिक काठमाडौं, कात्तिक २४ (नागरिक)-वेबसाइटमार्फत् खुलम-खुल्ला देह ब्यापार गर्ने गिरोहको विषयमा अंग्रेजी दैनिक 'रिपब्लिका'मा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै प्रहरीले काठमाडौंबाट त्यसमा संलग्नहरुलाई पक्राउ गरेको छ। प्रहरीले ग्राहक बनेर ताहाचलबाट एक युवतीलाई प्रक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धानपछि प्रहरीले गिरोहकी नाइके संगीता श्रेष्ठ सहित ७ जना पक्राउ गरेको छ। ३३ वर्षीया संगीता वीरगञ्ज निवासी हुन्। प्रक्राउ पर्ने अन्यमा इटहरी घर भई ताहाचल बस्दै आएकी वर्ष १८ की ज्योती राई, झापा झुरुङ्गा घर भई ताहाचल बस्ने वर्ष १९ की ममता प्रसाई र नेपालगञ्ज घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष २२ की रुविसिंह ठकुरी छन्। ठकुरी स्नातक तहकी विद्यार्थी भएको प्रहरीले जनाएको छ। पक्राउपछि ठकुरीले आत्महत्या गर्छु भन्दै भित्तामा टाउको हान्न थालेकी थिइन्। त्यसपछि उनलाई हत्कडी लगाएर राख्नु परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवाललेनागरिकन्यूजलाई बताए। युवतीहरुसँगै मोहन ढकाल, ३३ तथा गोठाटार निवासी डिकबहादुर खत्री पनि पक्राउ परेका छन्। ढकाल मेनपावर व्यवसायी हुन भने खत्री शिक्षक भएको प्रहरीले बताएको छ। गिरोहको अनुसन्धान भइरहेकाले वेश्वावृत्ति गर्ने अन्य थुप्रै समातिन सक्ने प्रहरीले जनाएको छ। राजधानीमा साइवरर अवराध र वेब साइटमार्फत् वेश्यावृति भइरहेको प्रमाण फेला परेको समचार रिपब्लिकाले प्रकाशित गरेको थियो। नेपाल सेक्सगाईड डटकम नामबाट नेपाली युवतीहरू पाँचतारे होटल र भिआइपीहरूको घर-घरमा सप्लाई गर्ने गरेको रहस्य खुलेको थियो। साईटमा दिएको जानकारी अनुसार नेपाली सुन्दर युवतीहरू चालीस भन्दा बढी सम्पर्कमा रहेको तथा व्यापारी वर्ग र घरानीया परिवारका व्यक्तिहरूलाई पाँचतारे होटल तथा घर-घरमा पठाउने गरेको छ। साइटको गृहपृष्ठबाट भित्र छिरेपछि साइटले आफ्नो बारेमा लेखेको छ- ‘यो पेशामा लागेका युवतीहरूमा कलेज पढ्ने, स्थापित तथा मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेका मोडल, कम उमेरका व्यवसायी युवती र केही फिल्म उद्योगका युवतीहरू छन्।‘ अझ साइटले सबैभन्दा राम्री युवतीहरू मात्र उनीहरुसँग नभएर सबैभन्दा राम्रो शरीर, अनुहार भएका र ग्राहकलाई जस्तोसुकै चरम आनन्द दिन सक्ने युवतीहरू आफूसँग भएको दाबी गरेको छ। साइटमा दरभाउ समेत उल्लेख थियो। २५ हजारदेखि एक लाखसम्मका पर्ने युवतीहरु आफूसँग भएको जानकारी साइटमा दिइएको थियो। कलेजका युवती २५ हजार, मोडेल ५० हजार र सेलिब्रेटी १ लाख पर्ने जानकारी साइटले दिएको थियो। साइटले उक्त सेवा लिन चाहने जो कोहीलाई सम्पर्क गर्न भन्दै जोन भन्ने व्यक्तिको नाममा ९८४९०५५४५७ नेपाल टेलिकमले विद्यार्थीका लागि दिएको नम्बर साइटमा राखेर नेपाली प्रहरी प्रशासनलाई नै खुल्ला चुनौती दिएको थियो। सामाखुशी घर भएका २१ वर्षे युवक अमित गौतमले 'जोन'को नाउँमा सम्पर्क व्यक्तिको काम गर्दै आएका थिए। गौतमलाई पनि प्रहरीले गिरफ्तार गरेको छ।
aajo · Dec 18, 2009 11:26 PM · 3,620 views
Basi Bhat Dhusi pareko Jutta Selayeko Sel in sajha
daum · Dec 19, 2009 7:05 AM
Last edited: 19-Dec-09 12:59 PM
pacificImm · Dec 19, 2009 12:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion