मेरो जात नसोध मलाई, म त मात्र खाली नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

By Amber Gurung म बाहुन हुँ कि म क्षेत्री या कुनै एक मतवाली मेरो जात नसोध मलाई म त मात्र खाली नेपाली मञ्जुर छ गरिब म हुँला भूल-चुक भएको होला तर कसले नकार्न सक्छ म विशाल मनको नेपाली तिमी देश प्रवास जहाँ छौ मेरो अन्तरमनमा छँदै छौ कसले रोक्ला भेट्न तिमीलाई मेरो मनको पासपोर्ट नेपाली म गीत पनि गाउने नेपाली प्रीत झ्न् लाउने नेपाली हुन्छ काली भए पनि गोरी तर हुनुपर्छ नेपाली अम्बर गुरुङको आँसु ७३ वर्षको उमेर पुग्नलागेका बेला आफ्नो देशको हालत देखेर नौ लाख तारा गाउने अम्बर गुरुङका आँखा रसाउँछन्। अतीतको त्यो गीतले एउटा पूरै पुस्तालाई म नेपाली हुँ भनेर चिनायो। त्यो गीत सुन्दा अहिले पनि देशप्रेमको भावनाले हामीलाई गर्व हुन्छ; तर देशको गति, शासकहरूको कुशासन र बेवास्ताले गर्दा पीडाबोध पनि हुन्छ। अम्बर गुरुङले सङ्गीत भर्नुभएको नयाँ नेपाली राष्ट्रगान सुन्दा पनि यी दुवै विरोधाभासपूर्ण भावनाहरू मनमा उम्लिएर आउँछन्। गत साता नेपालगन्ज पुग्दा नेपालय र अन्तरालले आयोजना गरेको पलेँटी साङ्गीतिक कार्यक्रममा अम्बर गुरुङले नौ लाख तारा गाएर बिदा लिनुभयो। स्वर अलि कमजोर भए पनि नियाली हेर हामीलाई भिजेको छैन परेला सुन्दा अम्बर दाइको त्यो पुरानो झ्झ्ल्को आयो र पाहुनाहरू सबैका आँखा रसाए। ती शब्द र त्यो लयले हामी सबैलाई एउटा पुरानो नेपाल सम्झ्ायो; जहाँ समस्याहरू यसरी बल्झ्ेर आइसकेका थिएनन्, हिंसाले देश र समाजलाई छियाछिया पारेको थिएन, र नेपाल र नेपाली संस्कृति हिमाल झ्ैँ अटल थिए। नेपालगन्जको कन्सर्टमा अम्बर दाइले लेख्नुभएका र अरुणा लामाले ४० वर्षअघि गाउनुभएका गीतहरू एन्जेलाले दुरुस्तै शैलीमा गाएर सुनाउनुभयो। समालेर राख र फेरि कली फुलेर सुन्दा सबैलाई समयको गति र जिन्दगीको लामो यात्राको सम्झ्ना गरायो। अम्बर दाइका आफ्नै आँखामा टलक आयो, पुराना यादहरूले होला। नेपालयको अम्बर गुरुङ यात्रा नारायणगोपालको ७०औं वार्षिकीको हप्ता भएको थियो र अम्बर दाइले आफ्नो साथीको सम्झ्नामा घामको झ्ुल्का भन्ने गीत महिला स्वरमा कस्तो सुनिँदो रहेछ भनेर एन्जेलालाई गाउन लगाउनुभयो। आभास र एन्जेलाले ए कान्छा जस्ता युगल गीत गाउँदा अम्बर दाइ र सबै दर्शकले ताली बजाएर साथ दिए। त्यसै दिन बिहान नेपालगञ्जमै भइराखेको लडाइँपछि जनता फोटो प्रदर्शनी हेर्न आउँदा अम्बर दाइले आँसु थाम्न सक्नुभएको थिएन,मावादी छापामारको पहिले र अहिलेको तस्बिरहरू हेरेर। मावादी योद्धा जुना राई र तत्कालीन शाही सेनामा कार्यरत भुवन राई युद्धकालमा आमनेसामने लडेका दाजुबहिनी थिए। युद्धविरामपछि जुना र भुवनले आफ्ना बाबु कुमार राईसँग खोटाङमा भेटेर अँगालो हालेको तस्बिरलाई अम्बर दाइले निकैबेर हेर्नुभयो र भन्नुभयो, "यो त दाजुबहिनीबीचको लडाइँ रहेछ।" त्यसको भोलिपल्टै हामीलाई १० हजार होइन १० लाख मानिस मरे पनि केही छैन भन्ने पुष्पकमल दाहालको अभिव्यक्ति सुन्दा मलाई हाम्रा नेताहरूले विगतको केही पाठ नसिकेको भान भयो। नेपालको वर्तमान अवस्थाबारे अम्बर गुरुङमा रहेको चिन्ता उहाँले फोटो प्रदर्शनीको आगन्तुक पुस्तिकामा लेख्नुभयो; अहिलेसम्म नगाएको गीत र आफूले रचेको एउटा कविता वाचन गरेर सुनाउनु पनि भयोः

pokhari · Dec 18, 2009 3:10 PM · 4,691 views

2 Replies

Let me join in and reiterate. I am just Nepali. F##K the caste and the division that it creates.

newlynew · Dec 18, 2009 3:17 PM

काम पाइनस बुहारी  पाडोको कन्डो कन्या

Rodiohead · Dec 18, 2009 4:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all