"Maobadis are Indian Agents"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 Maobadis are Indian Agents----Comrade Mohan Bikram Singh/Source-Nagarik12/18/09       रुद्र खड्का, नेपालगन्ज, पुस ३- लामो समयदेखि 'अर्धभूमिगत' भई कम्युनिष्ट आन्दोलनमा तल्लीन नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नयाँ संविधानका बाधकका रुपमा भारत र एकीकृत माओवादी देखा परेको आरोप लगाएका छन्। माओवादी नेताहरूका गुरुसमेत मानिने सिहले जथाभावी संघीयता घोषणा गर्दै हिँड्नाले माओवादीको भित्री चाहना संविधान बनाउनु पर्छ भन्ने नरहेको आरोप लगाए। 'संविधान सभामा राज्यको शासकीय स्वरुप र संरचना निर्माणको कसरी गर्ने भन्ने काम गर्नका लागि समिति छ। तर माओवादीले आफनै पाराले जथाभावी संघीयता घोषणा गरेर द्वन्द्व बढाउन खोजेको छ, शुक्रबार नेपालगन्जका सीमित पत्रकारहरूसँग उनले भने, 'द्वन्द्व बढ्दै गएपछि संविधान बन्दैन। माओवादी द्वन्द्व बढाउन चाहन्छ।' भारतको चाहना पनि नेपालमा अस्थिरता फैलाएर आफनो स्वार्थ पूरा गर्नु रहेको सिंहले बताए। माओवादीले जातीय र क्षेत्रीय आधारमा संघीयता घोषणा गर्नुले देशलाई द्वन्द्व र विखण्डनतिर धकेल्ने काम गरेको उल्लेख गर्दै उनले भारतको चाहनामा एकीकृत माओवादी र मधेसवादी दलहरूले संघीयताको माग गरिरहेको आरोप लगाए। नेपालमा भएका कुनै पनि आन्दोलनमा जनताले संघीयता नमागेको उल्लेख गर्दै सिंहले २०६२/०६३ मा भारतको चाहना अनुसार माओवादी र मधेसवादी दलले संघीयताको नारा लगाएको बताए। २०६२/०६३ अघि माओवादी र अन्य कुनै पनि कम्युनिष्ट पार्टीको घोषणा पत्रमा संघीयता उल्लेख छैन उनले भने, 'संघीयताको चर्का कुरा गर्नेहरू भारतीय चाहना बोलिरहेका छन्।' जातीय र क्षेत्रीय रुपमा हुने संघीयताको विरोधमा आफनो पार्टीले विरोध तथा जनमत तयार गर्न अन्तरक्रियामुलक कार्यक्रम गरी रहने सिंहले जानकारी दिए। संघीयताविरोधी अभियानकै लागि सिंह यतिखेर देशका विभिन्न स्थानमा पुगिरहेका छन्। माओवादीलाई जातीयता र क्षेत्रीयताका कुरा गर्न छोडी वर्ग संघर्षका कुरा गर्न उनले आग्रह गरे। भारतले कास्मिरलाई आत्मनिर्णयको अधिकार कहिल्यै नदिने तर नेपालमा भने आत्मनिर्णयको अधिकार माग्न लगाएर देशको अस्तित्व खतरामा पार्न खोजेको सिंहले पटक पटक दोहोर्‍याए। द्वन्द्व बढ्दै जाँदा नेपाल असफल राष्ट्र बन्ने दिशामा उन्मुख भएको सिहको ठहर छ। विगतमा जस्तै पछिल्लो पत्रकार सम्मलेनमा पनि सिंहले तस्विर खिचाउन चाहेनन्। 

Morange · Dec 18, 2009 2:23 AM · 4,548 views

1 Reply

Maoist New Tactics : मैदान जोत, खेत कब्जा गर Last edited: 18-Dec-09 02:25 AM

damikattu · Dec 18, 2009 2:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all