अमेरिकामा मेरो जिन्दगी हरिभक्त कटुवाल को मुक्तक जस्तो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । - हरिभक्त कटुवाल

bigbang10 · Dec 16, 2009 5:03 PM · 13,451 views

7 Replies

Sahi sahi

daum · Dec 16, 2009 6:27 PM

i love to read muktaks. where can i read them?

jhapaliketo · Dec 16, 2009 6:42 PM

I got this one from : http://www.nepalikavita.com/1/... This link also has some good one: http://www.sahityaghar.com/Lis...

bigbang10 · Dec 16, 2009 9:17 PM

कतै आउला कि कुनै यस्तो दिन हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा,  दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि मलाई लाग्यो- म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई, कतै आउला कि कुनै यस्तो दिन, जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् ! - हरिभक्त कटुवाल

bigbang10 · Dec 17, 2009 11:04 PM

Thank you for Sharing. Very nice one.

pokhari · Dec 18, 2009 2:55 AM

यो जिन्दगी खै के जिन्दगी !                           -हरिभक्त कटुवाल यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के विन्दगी बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी पसलमा सोकेशभित्र सजाएरराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी! यो जिन्दगी खै के जिन्दगी !!!

bigbang10 · Dec 19, 2009 4:38 AM

wah wah, wah wah. Aru jaos

soaltee · Dec 19, 2009 5:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all