Dr Shah No More

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dr. Saubhagya Jung Shah who was a sajha contributor in the past, passed away this morning. I find the news hard to believe, but ..such is life. Nepal has lost a brilliant young anthropologist. May his soul rest in peace. My heartfelt condolences to Dr Shah's family.  

isolated freak · Dec 16, 2009 9:26 AM · 28,595 views

12 Replies

He was just 45 and had a fatal heart attack. What a loss to the country ! I always found his articles thoughtful and brilliant.  Shah passes away THT Online KATHMANDU: Professor of Tribhuvan University Dr Saubhagya Jung Shah, 45, died in the capital on Wednesday. According to sources, he was admitted at Alka Hospital in Lalitpur when he complained of a heart attack on Tuesday evening.  Renowned scholar Shah had a PHD from the Harvard University, USA. He was serving as the programme coordinator of the Conflict, Peace and Development Studies in TU. His last rites are being performed in Pashupati Arayaghat today.

shirish · Dec 16, 2009 11:55 AM

May his soul rest in peace. I forgot his sajha nick name, but I remember he was very active sajha member! My sincere condolences to his family.

Rusty · Dec 16, 2009 12:30 PM

http://www.nagariknews.com/soc... Deep condolences to bereaved family.

pokhari · Dec 16, 2009 3:22 PM

What?????????????? Oh, well, whatever life beholds, we all MUST submit to. May his soul rest in peace. ***************** Iso, It's been a while; I hope life's treating you fairly well.

Poonte · Dec 16, 2009 8:35 PM

That's terrible news - totally shocking. May he rest in peace.

Captain Haddock · Dec 16, 2009 9:00 PM

Dr. Shah. Definitely a terrible loss for our country. He had so much potential to contribute to Nepal.

pokhari · Dec 18, 2009 2:35 AM

सौभाग्यलाई सम्झँदा शुक्रवार, 18 डिसेम्बर 2009 11:08 रवीन्द्र मिश्र गत बुधवार कार्यालय प्रवेश गर्नेबित्तिकै सहकर्मी पत्रकार शरद केसीले 'सौभाग्य शाह आज बिहान हार्ट अट्याक (हृदयाघात) बाट बितेछन्' भन्दा मैले जीवनमा कसैको मृत्युबाट कहिले अनुभव नगरेको झड्का महशुस गरेँ। मेरो सम्पूर्ण शरीर शिथिल भयो र म एकछिन निशब्द भएँ। जन्मजस्तै मृत्युलाई पनि सहज र स्वाभाविकरूपमा ग्रहण गर्नुपर्छ भन्ने धारणा राख्ने यस लेखकले कतिपय निकटका व्यक्तिको मृत्युलाई सहजतापूर्वक नै ग्रहण गरेको थियो। तर शाहको मृत्युको असर नितान्त फरक रह्यो। म मनमनै सोचिरहेको थिएँ, 'यो के भएको? देशलाई ध्वस्त पार्ने चोर, फटाहा, भ्रष्ट अनि आदर्श र चेतनाहीनहरू चाउरी परुन्जेल बाँच्नुपर्ने, अनि सौभाग्य शाह चाहिँ ५० वर्ष पनि नपुग्दै मर्नुपर्ने?" धिक्कार छ विधिको यस विधानलाई!" मैले टेबलमा झुकाइरहेको शिर उठाएपछि, शरद केसीले भने, 'कर्णालीका नक्षत्र थिए, गए!' शाह मेरा विश्वविद्यालयकाल देखिका मित्र थिए र अघिल्लो दिन मंगलबारमात्र मैले उनलाई संयोगवश खाजा खाने बेलामा भेटेको थिएँ। हामीले एकैछिन, राजनीतिक कुरा गर्‍यौँ र १०-१५ मिनेटको पैदल दूरीमा बसेर पनि हाम्रो भेट नभएकोमा दुख मनाउ गर्‍यौँ। 'तिमी बिहान अलि ढिलो अफिस जाँदा रहेछौ, म एकदिन फोन गरेर आउँछु। अहिले म जान्छु है त' भनेर उनी एक छिनमा गए। अहिले मलाई लाग्छ, ममा उनीप्रति भएको श्रद्धाका कारणले मात्र सायद उनी साँच्चिकै जानुअघि हाम्रो त्यो संयोगपूर्ण भेट भएको रहेछ। मुगुको विकट गाउँमा जन्मिएका ४८ वर्षीय मानवशास्त्री डाक्टर सौभाग्य शाहले जिल्लास्तरीय प्रतिष्पर्धामा उत्कृष्ट भएर त्यति बेला बृटिसहरूद्वारा सञ्चालित काठमाण्डौंको बूढानीलकण्ठ स्कूलमा पढ्न पाएका थिए। त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा सर्वोत्कृष्ठ स्थान हासिल गरी स्नातकोत्तर पूरा गर्दा उनी राम्रा पत्रकार बनिसकेका थिए। त्यसपछि फुलब्राइट छात्रवृित्त अन्तर्गत उनले अमेरिकाको विश्व प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयमा मानवशास्त्रमा विद्यावारिधि गर्ने मौका पाए। फुलब्राइट छात्र वृत्तिको नियमअनुसार सो छात्रबृित्त पूरा गर्ने व्यक्तिले कम्तीमा दुई वर्ष आफ्नै देशमा गएर काम गर्नुपर्छ। तर सो छात्रवृत्तिमा जाने धेरैले मौका पाएभने त्यो सर्त पूरा गर्दैनन्। त्यसमा पनि हार्भर्ड विश्वविद्यालयको उत्पादन भएपछि, सो सर्त उल्लंघन गर्न चाहने हो भने, धेरै बाटा खुला हुने गर्दछन्। तर आठ वर्ष हार्भर्डमा बिताएर विद्यावारिधि पूरा गरी शाह केही वर्षअघि उनीजस्तो पृष्ठभूमी भएका धेरैले हेय दृष्टिले हेर्ने त्रिभुवन विश्व विद्यालयमा आफ्नो पुरानो जागिर सम्हाल्न फर्किएका थिए। 'शाह' रे'छ, बेस्कन सम्पत्ति थियो होला अनि फर्कियो, नत्र काँ फर्किन्छ?' भन्लान् उल्टा नजरधारीले। भन्दिइहालौं, उनी अत्यन्त सामान्य स्तरका नेपाली थिए। 'हार्भर्डको डिग्री, मन्त्री, राजदूत हुने आशामा फर्किएको होला", भन्लान् कलुषित सोच हुनेले। त्यो पनि भन्दिइहालौँ, उनले कहिले कसैलाई खुसी पार्न लेखेको या काम गरेको यो स्तम्भकारलाई थाहा भएन। उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत 'द्वन्द्व, शान्ति तथा विकास अध्ययन' का कार्यक्रम संयोजक थिए। विद्यार्थीहरूलाई पढाउँथे, प्राज्ञिक, पत्रकारितामूलक लेखन गर्थे, एउटा इमान्दार प्राध्यापकको जीवन बिताउँदथे र जीविकोपार्जनका लागि विदेशी दाताका लागि केही काम गर्थे। उनका सहकर्मी समाजशास्त्र विभागका उपप्राध्यापक सुरेश ढकाल भन्छन्, 'शाहको त्रिभुवन विश्वविद्यालय र प्राज्ञिक क्षेत्रप्रतिको लगाव उदाहरणीय थियो।' त्रिविको नियमले अध्ययन बिदा आठ वर्षभन्दा बढी मिल्दैनथ्यो तर विद्यावारिधि सक्ता शाहले आठ वर्षको समय अलिकति नघाएका थिए। त्यसैले उनलाई लामो समयसम्म विश्वविद्यालयमा हाजिर गर्न पनि दिइएन। ढकाल भन्छन्, 'त्रिविको नियम नियतवश तोडेर, आफ्नो जागिर कायम राख्दै बाहिर काम गर्ने प्राध्यापक थुप्रै भएको ठाउँमा शाहलाई जे गरियो, त्यो उनको अपमान थियो। उनको स्तरीय प्रकाशन र हार्भर्डको डिग्री लिएर उनी कहीँ पनि जान सक्थे तर त्यति हुँदा पनि उनी त्रिविमै रहन चाहे। उनको मृत्यु वास्तवमै एउटा ठूलो क्षति हो। उनी इमान्दार प्राद्यापकहरूको एउटा पुस्ताका प्रतिनिधि पात्र हुन्।" सौभाग्य शाह वास्तवमैं 'नेपाली प्राज्ञ' भनेर विदेशीहरू माझ गर्व गर्न योग्य थोरै नेपाली विद्वानहरू मध्येका थिए। उनकी बूढी आमा र आफन्तहरूको मन चिर्ने रोदन र उनका दर्जनौं विद्यार्थीको अश्रुपूर्ण उपस्थिति छिचोल्दै आर्यघाटमा मैले उनको पार्थिव शरीरप्रति मनमनै श्रद्धाञ्जली अर्पण गर्दा, मृत्यु शैयामा पनि उनी जीवित छँदाजस्तै मुस्कुराइरहेको, शान्त र सौम्य देखिन्थे। शाह लोकप्रियताका लागि कहिले भिडसँगै बहकिएनन्। उनले नागरिक समाजको नाममा कहिल्यै राजनीति गरेनन्। पक्का प्राज्ञका रूपमा आफ्नो ब्रम्हले जे ठीक देखे, त्यही लेखे। उनले परिस्थितिलाई सधैं शान्त र सौम्य ढंगबाट निश्चित् दूरीमा बसेर मूल्यांकन गरे। प्रािज्ञक र पत्रकारितामूलक लेखहरू उनले धेरै लेखेको भएपनि, पुस्तकाकारमा उनको एउटा मात्र कृति प्रकाशित छ। तर, सन् २००८ मा प्रकाशित सो पुस्तक 'सिभिल सोसाइटी इन अनसिभिल प्लेसेजः सफ्ट स्टेट एण्ड रेजिम चेञ्ज इन नेपाल' नेपालको गणतान्त्रीक रूपान्तरणका वर्षहरूको एउटा सबभन्दा वस्तुपरक, वास्तविक र गहकिलो विश्लेषणका रूपमा रहिरहने छ। उनका लेखहरू पढ्न नपाएकाहरूले उनलाई चिन्न यही पुस्तकमात्र पढ्दा पनि हुन्छ। यसमा नेपालको परिवर्तनबारे उनको दृष्टीकोण राम्रैसँग प्रतिविम्बित भएको छ। पुस्तकमा निहित नागरिक समाजको भूमिकाको आलोचनालाई नागरिक समाजका कतिपय अगुवाले आग्रहपूर्ण अभिव्यक्तिका रूपमा हेरे। तर आफैँ भीडको आग्रहबाट निर्देशित भएकाहरूले भिडभन्दा पर बसेर स्वार्थविहीन ढंगबाट गरेको विश्लेषणलाई 'आग्रहपूर्ण' भन्दा त्यसबाट आफ्नै पूर्वाग्रह प्रतिविम्बित भएको बिर्से। जे होस्, कुन वस्तुनिष्ठ र कुन आग्रहपूर्ण भन्ने सापेक्षित विषय हो। तर यो श्रद्धाञ्जलीको मूल उद्देश्य शाह गलत थिए या ठीक भन्नुभन्दा पनि उनी नेपाली समाजका लागि उदाहरणीय थिए र उनीबाट हामी सबैले प्रेरणा लिन सक्छौंँ भन्ने जिकिर गर्नु हो। उनको पृष्टभूमि र क्षमताको व्यक्तिले आदर्श र इमान्दारीको खडेरी परिरहेको यस देशमा जस्तो आचरण प्रस्तुत गरे, त्यसले देशप्रति जिम्मेवारी बोध गर्न चाहने भावी पुस्तालाई सधैं ऊर्जा प्रदान गरिरहने छ। Last edited: 18-Dec-09 03:54 PM

pokhari · Dec 18, 2009 11:27 AM

very sad news and a big loss to the country. may his soul rest in peace.

dipulata · Dec 18, 2009 3:48 PM

I feel sad to hear of the untimely demise of Saubhagya Shah. He was a Sajha stalwart while he was here in the US. His asked tough questions, made poignant observations and his writings were articulate, thought-provoking and well-argued. My condolences to the bereaved family. May his soul rest in peace.

Chip_of_the_OldBlock · Dec 18, 2009 4:43 PM

what a loss! I feel really sad.

kanchu! · Dec 18, 2009 8:07 PM

    My heartfelt condolences to Dr. Shah’s family. May his soul attain higher worlds and eternal bliss.   TRIKAL...

TRIKAL · Dec 19, 2009 11:57 AM

My condolences to his families. May his soul rest in peace. What was his Sajha nickname?

doctorbee · Dec 19, 2009 3:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion