Literary plagiarism in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

arahat · Dec 10, 2009 2:58 PM · 2,681 views

1 Reply

त्यसो त नेपाली साहित्य चोरहरुको बारेमा मैले यस भन्दा अघी धेरै धागोमा लेखी सकें। हित प्रशाद छोरा को बारेमा पहिलो पल्ट पढ्दै छु। उक्त लेखमा उल्लेखित चोरिका उदाहरणहरुमा थप् केही उदाहरण राख्दै छु । १- कबी शिरोमणी लेखनाथ पौड्यालको "पिंजडाको सुगा" लेखनाथजी ले लेख्नु भन्दा १० बर्ष अगाडि नै भारतीय साहित्यिक पत्रीकामा दुबेदी भन्ने हिन्दी कबिले प्रकाशित गर्नु भएको थियो। प्राज्ञ ज्ञानमणी नेपाल को सोध ग्रन्थमा यसको सबूत प्रमाणहरु छरप्रष्ट छन । २- उसैका लागि र फेरी उसैका लागि का लेखक म बि बि शाह अर्थात स्व राजा महेन्द्रका सबै कबिताहरु ( ती दुई पुस्तकमा समाबेश गरिएका ) बिभिन्न भारतीय कबिको हुबहु सारीएका कबिताहरु हुन भनी सप्रमाण पेश गरेका थिए डा ताना शर्माले । त्यो लेख लेखेको वापत जेल सजाय भोगेका डा शर्मा केही समय पछी मैले त्यसो लेखो छैन, भनेको छैन, राजा महेन्द्र भन्दा उच्छ स्तरको कबी कोइ छैन भनी छोरालाई चोख्याए । ३- प्रगतिशिल कबी स्व रमेश विकल ले २०४६-४७ तिर प्रबीणत प्रमाण पत्र तहको अनिबार्य अंग्रेजी पाठ्यपुस्तक को "दी अर्थ " भन्ने कथा को शब्द शब्द नेपाली मा अनुवाद गरेर आफ्नो कथा भनी प्रज्ञा प्रतिष्ठान् बाट प्रकाशइन हुने समकालिन साहित्य पत्रीका छपाउदा तत्कालिन एक विद्यार्थीले चोरि पक्रेका थिए र समकालिन साहित्य मै प्रमाण सहित पेश गरेका थिए । तर पनि विकलजी अन्तिम समय सम्म मेरै रचना हो, भाव मिल्न गएको मात्र प्रतिरक्षा गरी रहे ।

rahulvai · Dec 10, 2009 3:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all